Home Blog Page 79

आलुसंगै सामूहिक स्याउ खेतीमा ढोरपाटनका दुई युवा ।

0

 ढोरपाटन साउन १८

बागलुङको ढोरपाटनका दुई युवा सामूहिक स्याउ खेती तर्फ आर्कषित बन्दै गएका छन । परापूर्व कालदेखि ढोरपाटन उपत्यका तथा आसपासको क्षेत्रमा रैथाने स्याउ खेती हुने भएपनि व्यवसायिक रुपमा स्याउ खेतीतर्फ आर्कषित भएका स्थानीय चिरण घर्ति मगर र होमलाल भुसालले ६० रोपनी क्षेत्रफल जग्गालाई चक्लाबन्दी गर्दे स्याउ खेतीतर्फ आर्कषित भएका हुन ।

२०६८ सालदेखि कृषि पेशामा सामूहिक लक्ष्य लिएर होमिएका दुई युवाले विगत १० वर्षसम्म व्यवसायिक आलु उत्पादन, आलुको बजारीकरण र ढोरपाटन क्षेत्रमा आलु खेतीको व्यवसायिक सम्भावनाका विषयमा सचेतना जगाउँदै आएका थिए । पछिल्लो समय आलु खेती सँगै स्याउ खेतीमा होमिएका उनीहरूले ढोरपाटन नगरपालिका ९ को भुजी क्षेत्रमा पहिलो चरणमा १६ रोपनी क्षेत्रफलमा १ हजार ३ सय स्याउका बिरुवा रोपेर अगाडि बढेका हुन ।

युवा जनशक्तिको बढ्दो वैदेशिक पलायन, र कृषि व्यवसाय तर्फ युवाको आर्कषण कम हुँदै जाँदा आफूहरूले विगत १२ वर्षदेखि निरन्तर रुपमा कृषि पेशालाई पहिलो प्राथमिकता दिएर अगाडि बढिएको र आफूहरू अब सफलता तर्फ अगाडि बढेको कृषक चिरण घर्तिले बताउनु भयो ।

राज्यले समेत कृषि र पर्यटनलाई प्राथमिकता दिइरहेको अवस्था छ । राज्यले लिएको अवधारणालाई टेकेर आफूहरूले व्यवसायिक र सामूहिक कृषिबाट अगाडि बढिएको बताउँदै २०८० सालमा रोपिएका स्याउका बिरुवाले यस बर्षदेखि उत्पादन दिन थालेसँगै उनीहरू मख्ख देखिन्छन ।

इटालीबाट ल्याइएको फुजी, गाला, गोल्डेन र रेडवाइन प्रजातिका स्याउका बिरुवा लगाएका उनीहरूले २५ लाख बढि लगानी स्याउ खेतीमा गरिसकेका छन । गण्डकी प्रदेश कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदान र कृषि ज्ञान केन्द्रबाट स्याउलाई अट्याउने टेका तारबार समेत पचास प्रतिशत अनुदानमा प्राप्त गरेका उनीहरूले यो व्यवसायलाई विस्तार गर्दे ६० रोपनी क्षेत्रफल जग्गालाई चक्लाबन्दी गर्दे स्याउको विस्तार गर्ने लक्ष्य लिएका हुन ।

आफूहरू दुई सहित अन्य ४ जना युवालाई समेत सामेल गरेर अगाडि बढ्दै गरेका उनीहरूको उद्देश्य आफ्नै देशमा पौरख गर्ने र युवा रोजगारीको सृजना गर्ने रहेको होमलाल भुसालको भनाई छ । उत्तरगङ्गा अर्गानिक एग्रो फार्म स्थापना गरेर कृषि गर्दे आएका उनिहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, ढोरपाटन नगरपालिकाबाट समेत सहयोग हुँदै आएको छ । गत बर्ष रोपिएका स्याउका बिरुवाले एकवर्षदेखि उत्पादन दिन थालेपछी अब आफूहरूको मिहिनेतको मुल्याँकन हुने कृषक चिरण घर्तिको भनाई छ । उनीहरूले सयौँ रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती समेत गरेका हुन ।

ढोरपाटन उपत्यकामा आलु पर्याप्त हुने भएका कारण उनीहरूले स्थानीय जातको विउलाई नै मध्यनजर राख्दै सयौँ रोपनी क्षेत्रफलमा आलु उत्पादन गरेका हुन । बाँझो रहेको खाली जग्गालाई भाडामा लिएर आलु उत्पादनमा लागेका उनीहरूले व्यवसायिक र व्यवस्थित रुपले उत्पादन सुरु गरेका हुन । आलुको पर्याप्त बजार माग रहेका कारण ढोरपाटन क्षेत्रमा सयौँ कृषकले आलु खेतिको उत्पादन गर्ने गरेका हुन । प्रधानमन्त्री कृषि परियोजनाले समेत बाँझो रहेका जग्गामा ६० रोपनी सम्म क्षेत्रफल भएको जग्गा छनौट गरेर चक्लाबन्दी गरेर स्याउका बिरुवा लगाएको हो ।  

आलु र स्याउ दुबैको राम्रो बजार सम्भावना रहेका कारण आफूहरूले उक्त व्यवसायलाई प्राथमिकता दिएको उनीहरूको भनाई छ ।

गतबर्ष २४ सय स्याउका बिरुवा बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा कृषकलाई अनुदानमा उपलब्ध गराएकोमा यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने कृषि ज्ञान केन्द्र बागलुङ बागबानी अधिकृत कुमार पुनले बताउनु भयो । 

प्रभु बैँकले खोल्यो पश्चिम बागलुङका चार स्थानमा एकैदिन शाखा ।

1

 बुर्तिबाङ साउन १४ गते

सोमबार बागलुङको पश्चिम क्षेत्रका तीनवटा पालिकामा एकैदिन प्रभु बैँकका चार वटा शाखा विस्तार गरिएको छ । जिल्लाको बडिगाड गाउँपालिका २ स्थित खर्बाङ, वडा नम्बर ७ को भिमगिठे, ढोरपाटन नगरपालिका ७ स्थित बोबाङ र निसीखोला गाउँपालिका ५ निसीमा शाखा विस्तार गरिएको हो ।

दुर्गम गाउँ बस्तीका नागरिकलाई सहज बैङ्किङ सेवाको प्रयोग गर्नका निम्ती बैँकले शाखा विस्तार गरिरहेको बताउँदै घर नजिकैको शाखाबाट सहज रुपमा आर्थिक कारोबार गर्न बैँकका अध्यक्ष देवी प्रकाश भट्टचनले आग्रह गर्नुभयो ।

३ करोड पुँजीबाट सुरु भएको बैँक आज बैँकको चुक्का पुँजी २३ अर्ब ५४ करोड रहेको र पुँजीको हिसाबले निकै अब्बल रहेको बताउँदै शाखा सञ्जालमा समेत धेरै शाखा रहेको बताउँदै यहाँका नागरिकले बैङ्किङ कारोबार निर्धक्क गर्न आग्रह गर्नुभयो ।

यो क्षेत्र कृषि, पर्यटन, घरबासका निम्ती लगानी योग्य क्षेत्र रहेका कारण त्यसतर्फ स्थानीय नागरिकले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बैँकका कार्यकारी अधिकृत अशोक शेरचन, स्थानीय  जनप्रतिनिधी,स्थानीय बासि लगाएको उपस्थिति रहेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सले दियो स्वर्गीय टिकाराम बिकको परिवारलाई मृत्यु दावी भुक्तानी रकम ।

0

साउन १० गते बागलुङ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले स्वर्गीय टिकाराम बिकको परिवारलाई मङ्गलबार घरमै पुगेर मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको छ ।

सिटिजन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखामा बिमा गर्नुभएका टिका राम बिकको मृत्यु भएसँगै कम्पनीले मृत्यु दावी भुक्तानी वापतको रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

बाग्लुङ नगरपालिका वडा नम्बर ७ घर भएका मृतकका परिवारलाई घरमै पुगेर ५ लाख ९५ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताइन् । बिक ले २०७७ चैत्रमा ५ लाख विमाँकको बीमा गरेका थिए । कम्पनीले हकवाला श्रीमती माया बिक लाई मङ्गलबार दावी रकम हस्तान्तरण गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ क्षेत्रका क्षेत्रिय प्रमुख दीपेन्द्र शर्मा लम्सालले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङका एरिया म्यानेजर दिपेन्द्र शर्मा लम्सालले बीमा सुख दुःखको साथी तथा अनिवार्य बचत गर्ने माध्यम रहेको बताउँदै बीमा सबैका लागी अपरिहार्य बन्दै गएको बताउनु भयो ।

बागलुङ समाज हङकङले दियो तीनजना बिरामीलाई उपचार खर्च ।

0

 बुर्तिबाङ साउन ८ गते

बागलुङ समाज हङकङले विभिन्न रोगबाट पीडित व्यक्तिलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बागलुङ जिल्लाबाट रोजगारीको सिलसिलामा हङकङमा रहेका नेपालीहरूको संस्था बागलुङ समाज हङकङले बागलुङको निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा विभिन्न रोगका कारण उपचाररत रई आर्थिक अवस्था कमजोर भएका व्याक्तिका निम्ती आर्थिक सहयोग गरिएको हो ।

समाजले पठाएको कुल १ लाख ८० हजार ७ सय ५ रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराइएको हो । ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य कुल बहादुर छन्त्यालको उपश्थितीमा तमानखोला गाउँपालिका १ स्थित केश बहादुर अर्गेजाको ९ महिने छोरी हिमानी अर्गेजा कलेजोको गम्भिर समस्याबाट पिडित भई भारतमा उपचाररत रहेको अवस्थामा संस्थाको तर्फदेखि ६० हजार २ सय ३५ रुपैयाँ उपलब्ध गराइएको हो ।

वडा अध्यक्ष थम बहादुर रोकाको रहोभरमा पीडित परिवारलाई रकम उपलब्ध गराइएको कुल बहादुर छन्त्यालले बताउनु भयो । त्यस्तै निसीखोला गाउँपालिका १ कुलमान भण्डारीको दाया आँखामा क्यान्सर भई हाल विपी मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत रहेको र आर्थिक अवस्था नाजुक रहेका कारण वडा सदस्य तेज बहादुर मल्लको रोबरमा ६० हजार २ सय ३५ रुपैयाँ पीडित कुलमान भण्डारीलाई हस्तान्तरण गरिएको छ 

त्यस्तै निसीखोला गाउँपालिका २ स्थित मृगौला पीडित पुनीकला घर्तिलाई ६० हजार २ सय ३५ रुपैयाँ उपलब्ध गराइएको हो । वडा अध्यक्ष कविर विश्वकर्मा रोबरमा बिरामी घर्तिका दाजु चिना घर्तिलाई रकम  उपलब्ध गराइएको कुल बहादुर छन्त्यालको भनाई छ ।

विगत २७ बर्ष अगाडि स्थापना भएको बागलुङ समाज हङकङले विभिन्न पीडामा परेका, दैवी प्रकोपमा परेका र विदेशमा समस्यामा रहेका नेपालीका निम्ती राहत र उद्धार गर्दे आइरहेको छ ।

संस्थाका अध्यक्ष अमृता राना , सचिव सक्तमान बुढाथोकी लगायतको पहलमा यस क्षेत्रका नागरिकका निम्ती राहत रकम पठाइएको थियो । उक्त राहत रकम तीनवटै स्थानमा पुगेर ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य कुल बहादुर छन्त्यालले हस्तान्तरण गर्नुभएको हो । 

उत्तरगंगा नदि तर्ने क्रममा बेपत्ता ढोरपाटनका राम बहादुरको शव फेला ।

0

साउन ७ गते
उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका बागलुङको ढोरपाटन नगरपालिका वडा नं . ८ सिकारु खोला बस्ने ५४ वर्षिय राम बहादुर बिक मृत फेला परेका छन ।
घरदेखी अन्दाजी ८ सय मिटर दक्षिण ढोरपाटन नगरपालिका वडा नं . ९ स्थित उतरगंगा नदीमा आफुले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका बिक सोमबार बिहान मृत फेला परेका हुन ।

बिक खोलामा बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका ९ डिजाको काठे पुलस्थित उतरगंगा खोलाको बिच भागमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राज कुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

सरकारी कार्यालयको भवन निर्माण गर्न जग्गा खरिदका निम्ती आर्थिक संकलनमा उत्रियो समिति । 

0

बागलुङको बुर्तिबाङमा सरकारी कार्यालयको भवन निर्माणका निम्ती जग्गा व्यवस्थापन गर्न बनेको समितिले आर्थिक सङ्कलन अभियानलाई सुचारु गर्ने तयारीमा जुटेको छ ।

यहाँस्थित इलाका प्रशासन, मालपोत र नापी कार्यालय हालसम्म भाडाको घरबाट सञ्चालन रहँदै आएको अवस्थामा जसरी पनि जग्गा व्यवस्थापन गर्नुपर्ने ताकेता सृजना भएसँगै जग्गा व्यवस्थापन समितिले करिब ६ महिना लगाएर जग्गा व्यवस्थापन गरेसँगै अब उक्त जग्गा खरिद प्रकृया अगाडि बढाउनका निम्ती आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो ।

आइतबार ढोरपाटन नगरपालिका वडा नम्बर १ को कार्यालयमा जग्गा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कुवँरको अध्यक्षतामा वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी बिच बसेको बैठकले विभिन्न स्थानमा जग्गा खरिदका निम्ती खोजिएको जग्गा मध्ये बुर्तिबाङ कर्वड हलको छेउको २२ आना जग्गा र हाल ढोरपाटन नगरपालिका कार्यालय रहेको घरको आडमा रहेको १२ आना जग्गा खरिद बिक्रीका निम्ती योग्य रहेको भन्दै उक्त जग्गा खरिदका निम्ती बजार बासिबाट आर्थिक सङ्कलन गर्ने र जग्गा खरिदका निम्ती अगाडि बढ्ने विषयमा समिति अगाडि बढेको पाइएको छ ।

गुञ्ज बहादुर भण्डारी संयोजक रहेको आर्थिक सङ्कलन समितिले अब तत्काल बजारका सबै घरधुरीबाट आर्थिक सङ्कलन गर्ने र करिब ३ करोड आर्थिक सङ्कलन गरी दुई स्थानमा जग्गा खरिद गर्ने तयारी सुरु भएको जग्गा व्यवस्थापन समिति संयोजक धन बहादुर कुवँरले बताउनु भयो ।

बजार क्षेत्रमा कार्यालय रहने स्थान आसपास र अन्यत्र स्थानमा घर जग्गा भएकालाई फरक फरक मूल्य निर्धारण गरिएको छ । ए प्लस, ए, वि प्लस, वि, सि र डि क्याटेगोरीमा वर्गीकरण गरेर घर र जग्गा भएका व्यक्तिबाट रकम सङ्कलन गर्ने तयारी अगाडि बढिसकेको जनाईएको हो ।

भवन निर्माणका निम्ती जग्गा खरिद गर्न राज्यले बजेट व्यवस्था नगर्ने र लामो समयदेखि भाडामा रहेका सरकारी कार्यालयको भवन बनाउन निरन्तर राज्यबाट दबाब सृजना भइसकेपछि विगत दुई वर्षदेखि जग्गा खरिदको विषयले प्राथमिकता पाएको थियो ।

आर्थिक सङ्कलनका निम्ती बैँक खाता खालेर प्रकृया अगाडि बढिसकेका कारण टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी लगायत रहेको आर्थिक सङ्कलन उपसमिति समेत गठन गरिएको छ ।

मालपोत, नापी र इलाका प्रशासन कार्यालयको भवन निर्माणका निम्ती यसवर्ष जग्गा व्यवस्थापन पुरा गर्ने गरि तयारी अगाडि बढाइएको समितिका सचिव ज्ञान प्रसाद कँडेलले बताउनु भयो ।

दुर्गम कुदुम गाउँमा पुल बनेपछि स्थानीय खुसी ।

0

 साउन ३ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका ६ को भौगोलिक रूपले दुर्गम रहेको कुदुम गाउँमा झोलुङ्गे पुल बने संगै स्थानीय नागरिक खुसी भएका छन ।

पुर्खादेखि काठको साँघुबाट एक गाउँ देखि अर्को गाउँसम्म वारपार गर्दे आइरहेका स्थानीय बासिन्दाले गाउँमा यति छिटै झोलुङ्गे पुल बन्ला भन्ने कल्पना समेत नगरेकोमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले यहाँका जनताको समस्या र आवश्यकतालाई सम्बोधन गरिदिएकोमा धन्यबाद मात्र दिएनन् फुल मालाले समेत भव्य सम्मान गरेका हुन ।

“ढोरपाटन नगरपालिका ६ का वडा सदस्य ज्ञान बहादुर भण्डारीले बोल्दै भन्नुभयो माननीयले जनअपेक्षा बमोजिम काम गरिदिनुभएको छ काठको साँघु तर्दा बर्सातको समयमा निकै जोखिम थियो ।

स्कुले बालबालिकालाई स्कुल आउजाउ गर्न पनि कठिन थियो अहिले पुल बनेपछि सबैलाई हाइसन्चो भयो भण्डारीले भन्नुभयो । ” कुल ७६ मिटर लम्बाइ रहेको उक्त पुलबाट भण्डारी गाउँ र कुदुम गाउँका नागरिकले यात्रा गर्न पाउने छन ।

ढोरपाटन नगरपालिका ६ का अध्यक्ष उमेश कुमार बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएको सांसद दोर्ण कुमार कुवँरले बोल्दै सुगम देखि दुर्गम सम्म आफूले विकास गर्ने बताउँदै जनताको समस्या, आवश्यकता र महत्व आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद दिलमाया पौवीले समेत अब महिलाको हक अधिकार र आयआर्जन सँग जोडिने कार्यक्रमलाई पनि जोड्दै जाने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कर्मी केशव थापा, लगायतको मन्तव्य रहेको थियो । कार्यक्रम हिक्मत भण्डारीले सञ्चालन गर्नुभएको हो ।

गाजा खेतीलाई वैधानिक बनाउन पहल गछौँ: सांसद कुँवर ।

0

 साउन ३ गते बुर्तिबाङ

गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुँवरले नागरिकको आर्थिक आर्जनको राम्रो माध्यम रहेको गाँजा खेतीको व्यवसायिक उत्पादनका निम्ती आफूहरूले निरन्तर पहल गर्ने बताउनु भएको छ ।

बुधबार बागलुङको निसीखोला गाउँपालिका ६ मा ऐतिहासिक साउने सक्रान्ती ठाम राम मेलामा प्रमुख अतिथिको रुपमा रहनु भएको सांसद कुवँरले गाँजाको उत्पादनबाट त्यसको दानाबाट मनग्य आम्दानी गर्न सकिने र डाँठ, बोक्राबाट विभिन्न सामाग्री उत्पादन गर्न सकिने भएका कारण गण्डकी प्रदेश सरकारले समेत आवश्यक कार्यविधि बनाई रहेका कारण त्यसका निम्ती आफूहरूले निरन्तर पहल गर्ने बताउनु भयो ।

बागलुङको निसी भल्कोट, बडिगार्ड लगायत विभिन्न स्थान गाँजा उत्पादन क्षेत्रका निम्ती राम्रो ठाउँ भएको बताउँदै निश्‍चत क्षेत्र तोकेर गाँजा खेती उत्पादन वृद्धिमा अगाडि बढ्न पहल गरिने बताउनु भयो । साँसद कुवँरले थप बोल्दै निसी भल्कोट कला संस्कृति र भेषभुषामा अगाडि रहेको बताउँदै यहाँको कला संस्कृतिको जर्गेनामा स्थानीय समुदाय संगै आफूहरूले समेत पहल गर्ने बताउँदै यहाँको भुमे पुजा, माघी मेला, ठाम राम मेला ऐतिहासिक संस्कृतिको रुपमा रहेको बताउनु भयो ।

फरक प्रसंगमा बोल्दै साँसद कुवँरले जनताको समस्या र आवश्यकतालाई मध्यनगर गर्दे आफूहरूले क्रमिक रुपमा विकास गर्दे आइरहेको बताउँदै जनताको समस्यामा आफुहरु सँधै हातेमालो गरेर विकास निर्माण अगाडि बढ्ने बताउनु भयो । स्थानीयले उठाउँदै आएको ढोरपाटन सिकार आरक्षलाई बनाउने भन्ने विषयमा जनताको मुद्धा, जनताको आवाज र जनताको जनजिविका भन्दा बाहिर गएर आफूले कहिल्यै निर्णय नगर्ने बताउनु भयो ।

सांसद कुवँरले कसैले भ्रम छर्दैमा आफूहरू जनता भन्दा बाहिर गएर कुनै निर्णय गर्न नसक्ने प्रस्ट पार्नुभयो । उत्तर गँगा जलाशय युक्त आयोजना निर्माणमा नागरिकको धैरै चासो र चिन्तन रहेको बताउँदै उत्तर गँगा जलाशय प्रोजेक्ट राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको र अहिले इआईए वातावरणीय मूल्याङ्कनको प्रकृयामा रहेको बताउँदै जलाशय युक्त आयोजना जुन कुनै हालतमा चाँडै बन्ने बताउँदै संघ र प्रदेशले समेत प्राथमिकता दिएर अगाडी बढेको बताउनु भयो । यसलाई अझै गतिका साथ अगाडि बढाउन आफूहरू सक्रिय पूर्वक लागिरहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथी गण्डकी प्रदेश सांसद दिलमाया पौवीले बोल्दै निसी भल्कोटमा मगर दलित समुदायले मनाउँदै आएको ऐतिहासिक कला संस्कृति सहितको मेलाको उत्तिकै महत्व रहेको बताउँदै यसको संरक्षण र जर्गेना गर्ने विषयमा आफूहरू सचेत रहेको बताउनु भयो । सबै जातजाती मिलेर यस्ता महत्वपूर्ण कला संस्कृतिको जर्गेना गर्नुपर्ने बताउँदै यहाँको विकास र निकासमा आफुहरुले नागरिक संग सम्मोन्य गरेर अगाडि बढिने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै निसीखोला बाईसे चौविसे राज्य हुँदै गर्दादेखि मगर समुदायले पुर्खाेँ पुर्खादेखि साउने सक्रान्ती पर्व मनाउँदै आएको र आफूहरूले यहाँको कला र संस्कृति जर्गेना गर्नका निम्ती यस्ता महत्वपूर्ण कार्यक्रम गर्दे आएको बताउनु भयो ।

कार्यक्रममा ठाम राम बनाएर एक आपसमा खुसियाली साटासाट गरेर यो महान पर्व मनाउने र पितृको सम्झनामा विभिन्न परिकार बनाएर चढाउने र हर्षउल्लसका साथ पर्व मनाउँदै आएको बताउनु भयो । कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, लगाएतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।

रिग युवा क्लबको आयोजनामा सुरु भएको कार्यक्रम विभिन्न खेलकुद एवम् साँस्कृर्तिक कार्यक्रम सहित सञ्चालन हुने छ । क्लब अध्यक्ष भुवातसिंह घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रम सचिब अनुप बुढाको सञ्चालमा सम्पन्न भएको थियो ।

ढोरपाटनका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको बिदाइ ।

0

 

साउन १ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीलाई मङ्गलबार बिदाई गरिएको छ ।

२०७९ असोज ५ गते ढोरपाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका ज्ञवालीको अर्थ मन्त्रालय अन्तरगत महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएसँगै नगरपालिकाले मङ्गलबार एक कार्यक्रमका बिच बिदाई गरेको हो ।

दुई महिना पहिलेनै सरुवाको पत्र आएपनि नगरपालिकामा आर्थिक वर्षको अन्त्य तर्फ रहँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत बिहिन हुने अवस्था आएपछि गत आर्थिक वर्षको कार्यसम्पादन सकेर सरुवा हुनुभएको हो ।

बिदाई कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली एक कुशल व्यक्ति रहेको बताउँदै उहाँ आएपछि नगरपालिकाको प्रशासनिक व्यवस्थापन धेरै राम्रो हुँदै गएको बताउँदै यहाँबाट सरुवा भएर गएपनि आगामी कार्यकालको सफलताको कामना व्यक्त गर्नू भयो ।

२२ महिना सम्म ढोरपाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका ज्ञवालीले कर्मचारी व्यवस्थापन देखि आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरेको स्थानीय नागरिकको भनाई छ । मङ्गलबार नै नगरपालिकामा कार्यरत इन्जिनियर सन्तोष पौडेललाई बिदाई गरिएको छ ।

ज्ञवालीको सरुवा सँगै प्रमुख प्रशासकीय अधिकृत विहीन  नगरपालिका 

ढोरपाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको सरुवा भएसँगै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ ।

हाललाई सिनियर तहको कर्मचारी नभएका कारण निमित्तको भरमा शिक्षा शाखा प्रमुख गणेश रावललाई जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ । प्रमुख प्रशासकिय अधिकृतको व्यवस्था हुने झण्डै एक महिना लाग्ने सक्ने बताइएको हो । 

नागरिकको सहजताका लागी निसीखोला गाउँपालिकाले नगर बस सञ्चालनमा ल्याउने ।

0

फाईल फोटो

साउन १ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिकाले नगर बस सञ्चालनमा ल्याउने भएको छ । पालिकाको सोमबार सम्पन्न भएको आर्थिक बर्ष २०८१÷०८२ को १४ औँ गाउँसभाबाट बस खरिद गर्ने विषयलाई सदनबाट पारित गर्दे बस सञ्चालनमा ल्याउने गरी ८० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बताउनु भयो ।

निसीखोला गाउँपालिका अन्तरगत ७ वटै वडाका नागरिकलाई पायक पर्ने गरि दैनिक रुपमा बस सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन गरिएको र बस सञ्चालनमा आएपछि निसीखोला गाँउपालिका अन्तरगतका विपन्न असहाय, आर्थिक रुपमा कमजोर रहेका नागरिकका निम्ती सहज र आर्थिक रुपमा राहत मिल्ने अपेक्षा लिइएको अध्यक्ष घर्तिको भनाई छ ।

“सभाबाट बजेट विनियोजन गरिएको छ कार्यबिधी बनाएर चाँडै सञ्चालनमा ल्याउने छौँ मध्ये पहाडी लोकमार्गले आधिकांश वडा छोएका कारण सबै वडाका नागरिकले सेवा प्राप्त गर्न सक्ने अध्यक्ष घर्तिको भनाई छ ।

निसीखोला गाउँपालिकाका नागरिकलाई पालिका सदरमुकाम आउन जान तथा प्रशासनिक कार्यका निम्ती बुर्तिबाङ बजार सम्म आउन जानका निम्ती समेत सहज हुने र अन्य सवारीमा भन्दा बसमा यात्रा गर्दा आर्थिक भार समेत कम पर्ने अपेक्षा गरिएको बताइएको छ ।