Home Blog

ढोरपाटन नगरद्वारा १४ महिला स्वास्थ्य स्वयंम सेविकाको सम्मान जनक बिदाई

बुर्तिबाङ मंसिर १२ गते
ढोरपाटन नगरपालिकाले लामो समय सम्म योगदान पु¥याएका महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुलाई सम्मान जनक विदाई गरेको छ ।
नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गर्दे ६० बर्ष उमेर हद पुरा गरेका, अन्य सरकारी सेवा सुविधा प्राप्त हुने जागिर गरिरहेका र कार्यव्यस्तताले काम गर्न नभ्याउने गरि १४ जना महिला स्वास्थ्य स्वयंम सेविकालाई दोसल्ला र सम्मान पत्र र योगदानको आधारमा आर्थिक रकम सहित विदाई गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव थापाले बताउनु भयो ।
आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले सम्मान सहित चेक हस्तन्त्रण गर्दे महिला स्वास्थ्य स्वयंम सेविकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका रहेको बताउँदै आफुले सिकेका सिप ज्ञान आगामी दिनमा पनी समाजमा लागु गर्न अनुरोध गर्दे समाजमा स्वयंम सेवकको रुपमा रहेर लामो समय सम्म गरेको योगदानको नगरपालिकाले सँधै कदर गर्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत चण्डी पौडेल, नगर स्वास्थ्य सम्योजक केशव थापा र महिला स्वास्थ्य स्वयंम सेविकाहरुले आफनो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका अवसरमा स्वास्थ्य सम्योजक केशव थापाले बोल्दै महिला स्वास्थ्य स्वयम सेवीकाले ग्रामिण दुर दराजमा स्वास्थ्य क्षेत्रको चेतना बृद्धि र आफनो जिम्मेवारी प्रति दुर दराजमा पनी विना श्रोत र साधनका विच खेलिएको भुमिका प्रसंसा योग्य रहेको बताउनु भयो ।
विदाई गरिएका स्वयंम सेविकाहरुलाई कार्य योगदानका आधारमा बार्षिक दुई हजारका दरले आर्थिक रकम नगरपालिकाको तर्फदेखि हस्तान्त्रण गरिएको थियो । अधिकांस स्वास्थ्य स्वयम सेविकाले २७ बर्षसम्म सेवा प्रवाह गरेको बताएका थिए ।
ढोरपाटन नगरपालिकामा हाल ८० जना महिला स्वास्थ्य स्वयंम सेवीका रहेका छन ।
कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षता, पोषण सहायक बेली कुमारी भुजेलको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।

निसीखोलामा परिक्षणका रुपमा लगाइएको सुर्यमुखीबाट राम्रो उत्पादन

बुर्तिबाङ मंसिर ११ गते
बागलुङको निसीखोला गाउँपालिकामा लगाइएको सुर्यमुखी बालीबाट कृषकले राम्रो उत्पादन लिएका छन ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेट मार्फत २८० किलो सुर्य मुखीको विउ कृषकलाई वितरण गरिएकोमा उत्पादन राम्रो भएको जनाइएको छ ।
सातलाख बजेट विनीयोजन गरेको पालिकाले ७ वटै वडाका एक हजार चार सय कृषकलाई सुर्यमुखीको विउ उपलब्ध गराएकोमा समग्रमा उत्पादन राम्रो भएको कृषि शाखा प्रमुख सर्मिला कुमारी पण्डीतले बताउनु भयो ।
तेलहन बाली अन्र्तगत रहेको सुर्यमुखी फुल कम लगानी र मिहिनेतमा पनी राम्रो उत्पादन लिन सकिएको स्थानीय कृषकको भनाई छ । खेत बारीको छेउँ तथा मकै कोदो लगाएतका बाली भित्र रोपीएपनी निसीखोला गाउँपालिकाको अधिकांस क्षेत्रमा उत्पादन राम्रो भएको कृषकले बताएका छन । राम्रो संग मल राखिएको क्षेत्रमा एकै बोटबाट दुई केजी सम्म उत्पादन लिन सकिएको किसान परियारले बताउनु भयो ।
यसबर्ष निसीखोला गाउँपालिकाले तलहन बाली विकासका लागी थप ५ लाख बजेट विनीयोजन गरेको र सुर्यमुखीको उत्पादन दानालाई तेलको रुपमा प्रयोग गर्नका निम्ती तेल निकाल्ने मिशिने खरिदका निम्ती समेत बजेट विनीयोजन भएका कारण कृषकलाई तेल उत्पादनमा समेत सहजता हुने कृषि प्राविधिक पण्डीतले बताउनु भयो ।

एक रोपनी क्षेत्रफलमा दुई सय ग्राम लगाइएको सुर्यमुखीबाट ७ पाथीसम्म उत्पादन लिन सकिएको कृषकको भनाई छ ।
सूर्यमुखी फूल खेतीभित्र पनि अन्य विभिन्न बाली लगाउन सकिने, कम लगानी, मिहिनेतमा यसको व्यावसायिक खेती गरेर यथेष्ट कमाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । उत्पादित वीउबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने, एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हुँदा राम्रो आम्दानीको स्रोतका रुपमा लिइन्छ ।
सूर्यमुखी फूललाई बाह्रै महीना फुलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ वीउबाट तेल आउने भएकाले कृषकहरुको आकर्षण बढेको पाइएको छ । सौन्दर्यताका लागि केही बोट घरको आँगनको डिल, छेउछाउमा लगाउँदै आइए पनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्देश्यले कृषकले अहिले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुर्तिबाङमा सुरु

बुर्तिबाङ मंसिर १० गते
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बागलुङको बुर्तिबाङमा पनी आइतबार देखि सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङको अगुवाईमा ढोरपाटन नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय सहित विभिन्न सरकारी एवं गैर सरकारी संघ संस्थाको सक्रिय उपश्थितीमा बुर्तिबाङ बजार परिक्रमा गर्दे कोण सभामा पुगेर वक्ताहरुको मन्तव्य सहित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।


लैङ्गिग हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ’ भन्ने मुल नाराका साथ नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिख सम्म १६ दिने अभियानका रुपमा मनाउन थालिएको हो ।
बुर्तिबाङ्ग स्थित उत्तरगंगा माध्यमिक विद्यालय, जनता बोर्डिङ स्कुल, न्यू मोर्डन बोर्डिङ, रिभरहेड बोर्डिङका शिक्षक विद्यार्थी सहित बुर्तिबाङ राईजिङ युवा क्लब, घमसिन आमा समुह, सामुदायिक प्रहरी र सेवा केन्द्र लगाएतको उपश्थितीमा बुर्तिबाङ बजारमा ¥याली सहित बजार परिक्रमा गर्दे इलाका प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भई कार्यक्रम सम्पन्न गरिएको हो ।
उपश्थित सहभागिर्ले घरबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ ’ र्, घर शान्ति नै विश्व शान्तिको आधार ः पुननिर्माण , शिक्षा र समान व्यवहार ’ लगाएतका प्ले कार्ड सहित ¥याली गरिएको थियो ।


आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै हिंसाको अन्त्य घरबाट गर्न सकेमात्रै समग्र समाज र राष्ट्रबाट अन्त्य हुने बताउनु भयो । घरमा हुने महिला हिंसा, छोरा छोरी विच हुने विभेद , महिला महिला विच हुने विभेद जस्ता घटना घरमै रहेका कारण घरबाटै हिंसाको अन्त्यको सुरुवात सबैले गर्नुपर्ने बताउँदै सबै नागरिक यस विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क. ले बोल्दै नेपालमा अझैपनी हिंसाका घटना घटिरहेको बताउँदै त्यसको न्यूनिकरणका निम्ती सबै तह र तप्काले सम्मोन्य कारी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
समाजमा चेतनाको अभावका कारण हुने विभिन्न प्रकृर्तिका हिंसा छन त्यसलाई न्यूनिकरण गर्न सबैले साथ दिनुपर्नेमा जोड दिँदै १६ दिने अभियानलाई सफल पार्न आफुहरुले आजदेखि कार्यक्रम सुरुवात गरेको बताउनु भयो ।

 

 


कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत विष्णु प्रसाद ज्ञवाली, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, सामुदायिक प्रहरी सेवा केन्द्रका गुञ्ज बहादुर भण्डारी, घमसिन महिला समुहका प्रतिनिधी , विदार्थी प्रतिनिधी लगाएतले आफनो मन्तव्य राखेका थिए ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवश मनाउँदै आएको भएपनी सन् १९९९ मा संयूक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाईन्छ । नेपालमा यो दिवश सन् १९९७ देखि विभिन्न कार्यक्रम गरि मनाउँदै आएको पाईन्छ ।

गाँजासहित काँठेखोलाबाट दुई युवा पक्राउ

बुर्तिबाङ मंसिर ९

बागलुङको काँठेखोला गाउँपालिकाबाट लागुऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले ८ केजी २०८ ग्राम लागुऔषध गाँजाको धुलोसहित काठेखोला गाउँपालिका ५ काउलेका ३० वर्षीय प्रेम भन्ने गिरीप्रसाद श्रीस र २९ वर्षीय तिलक भन्ने तुलबहादुर श्रीसलाई पक्राउ गरेको हो ।

दुवै जनाको घर खानतलासी गर्दा एकमुष्ट ८ केजी २०८ ग्राम गाँजाको धुलो जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। उनीहरुले घरबाट लागुऔषध गाँजाको कारोबार गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको डीएसपी केसीले बताए ।

टुंगीयो नेपाली कांग्रेस क्षेत्र नं. २ बागलुङमा महासमिति सदस्य

बुर्तिबाङ मंसिर ८ गते
नेपाली कांग्रेस क्षेत्र नं. २ बागलुङबाट महासमिति को टुंगो लागेको छ ।
१४ औँ महाधिवेशन सकिए लगत्तै महासमितीको टुँगो लगाउनु पर्ने भएपनी सहमती हुन नसक्दा अड्किएको महासमितिको टुँगो लगाउने गरि बिहिबार क्षेत्रीय सभापती जोकलाल बुढाको सँयोजगत्वमा ३ सदस्य बोर्ड समितिको गठन गरिएको थियो । समितीले ११ सदस्य महासमिति सहमतीय प्रणालीबाट टुँग्याएको हो ।
पदाधिकारीमा भरत सर्मा गैरे, नर बहादुर पुन –निरज रेनुका काउचा, गण्डकी थापा अधिकारी, गिता श्रीष, सिंह बहादुर राना, दिलमाया पौवी, जित बहादुर शेरचन, दोर्ण कुमार कुवँर, अर्जुन शेरचन, र टेकराज पौडेललाई चयन गरिएको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो ।
२३ जना केन्द्रिय महाधिवेशन समिती र १ जना मनोनित क्षेत्रीय सभापती गरि कुल २४ जना मध्ये ११ सदस्य महासमिति चयन गर्नुपर्नेमा अधिकांसले महासमितिको दाबेदारी गरेपछि लामो समय सम्म सहमतीको प्रयास सफल हुन सकेको थिएन ।
११ जना महासमिति सदस्यमा पाँच जना खुल्ला सहित दुई जना महिला, एक जना दलित, एक जना जनजाती महिला, एक जना खस आर्य, एक जना जनजाती अनिवार्य रहने व्यवस्था रहेको छ ।

सिवाईसी साकोसको १४ औँ साधारण सभा: गरिबी विरुद्धको लडाँईमा सहकारीको भुमिका महत्वपूर्ण

बुर्तिबाङ मंसिर ८ गते
सिवाईसी बचत तथा ऋण सहकारी सँस्थाको १४ औँ बार्षिक साधारण सभा शुक्रबार विभिन्न सेवा केन्द्रमा सम्पन्न भएका छन । गत मंसिर ७ गतेदेखि सुरु भएको साधारण सभा विभिन्न सेवा केन्द्रमा सुचारु भएको हो ।
शुक्रबार पश्चिम बागलुङको ढोरपाटन सेवा केन्द्र बुर्तिबाङ, निसीखोला सेवा केन्द्र झिवाखोला, नमुना स्वाभिमान सेवा केन्द्र भिमगिठे, तमानखोला सेवा केन्द्र बोङगादोभानमा कार्यक्रम सम्पन्न भएको छ । साधारण सभामा बोल्ने बक्ताहरुले गरिवी विरुद्धको लडाईँमा सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन ।

बुर्तिबाङ सेवा केन्द्रमा आयोजित कार्यक्रमलाई गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले प्रमुख अतिथीको रुपमा उद्घाटन गर्दे सहकारीले गरिब र धनी वर्ग विचको दुरीलाई नजिक बनाउने काम गरिरहेको बताउनु भयो । सांसद कुवँरले बोल्दै देश सहकारी मोडलमा चलिरहेको बताउँदै सहकारी बास्तबमा भुँई मान्छेको समृद्धिको माध्यम रहेको प्रस्ट पार्नुभयो ।
बागलुङमा सिवाईसी सहकारीले सेयर सदस्यको समृद्धि, आर्थिक उर्पाजन र उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै सहकारीको प्रगतीको कामना गर्दे केही व्याक्तिले व्याक्तीगत स्वार्थमा सहकारी खोलेर कमाई खाने भाँडो बनाईरहेका कारण त्यसबाट सम्पूर्ण नागरिक सचेत हुन्ुपर्नेमा जोड दिनुभयो । इमेज सहकारी सँस्थाले पारेको नकारात्मक प्रभावको विषयमा बोल्दै सांसद कुवँरले चाँडै दोषिलाई कानुनी कठघरामा ल्याएर आवस्य कार्वाही संगै पिडितलाई न्याय दिने बिषयमा राज्य गम्भिर बन्न आवस्यक रहेको बताउँदै दोषि चाँडै कानुनी कठघरामा आउने बताउनु भयो ।


कार्यक्रममा बिशिष्ठ अतिथीको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौवीले बोल्दै सिवाईसी सहकारीले वचत तथा ऋण संगै सेयर सदस्यका निम्ती ल्याएका विभिन्न कार्यक्रमले निकै सहज बनाएको बताउँदै बालबच्चा, यु्वा देखि जेष्ठ नागरिकलाई समेटेर सहकारीले दिगो लक्ष्य र उदेश्य सहित गरिएका कार्यले सहकारीको उज्वल भविष्य रहेको बताउनु भयो ।
कार्यक्रमका अवसरमा सिवाईसी साकोसका शिक्षा उपसमिती संयोजक सिता सर्मा, पत्रकार छविलाल पाण्डे, बुर्तिबाङ सेवा केन्द्रका परामर्स दाता हिरालाल पौडेल, सेयर सदस्य गिता पौडेल लगाएतको शुभकामना मन्तब्य रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी साझा रुपमा सेयर धनिको अपनत्व रहने संस्था रहेका कारण त्यसको व्यवस्थापनमा सेयर धनी चनाखो बन्नुपर्ने बताउँदै सिवाईसी सहकारीले लिएका उदेश्य गरिवी उन्मुलन मुखि रहेको बताएका थिए ।

कार्यक्रममा बुर्तिबाङ सेवा केन्द्रका कोषाध्यक्ष केश कुमारी बुढा द्धारा आर्थिक बर्ष २०७९÷०८० को आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । सहकारीको २५ हजार सेयर सदस्य, २६ सेवा वटा केन्द्रबाट सेवा प्रवाह गर्दे आइरहेको छ ।
दुई अर्ब ४० करोड ९ लाख ६७ हजार ७२ रुपैयाँ कुल पुँजी तथा दायित्व, शेयर पुँजि ३९ करोड ४४ लाख ४४ हजार, बचत ÷निक्षप तर्फ १ अर्ब ३८ करोड, ४५ लाख, १ हजार पाँच सय ८३ रुपैयाँ, ऋण लगानी तथा अशुली तर्फ १ अबै ४५ करोड, ९३ लाख ७९ हजार ११९ रहेको छ । आफनै केन्द्रिय भवन खरिद गरेको सहकारीले आगामी बर्ष ३० हजार सेयर सदस्य १० हजार बाल बचत कर्ता पु¥याउने लक्ष्य लिइएको छ ।
कार्यक्रममा सेवा केन्द्रका सचिव चन्द्रकुमार गौतम द्धारा बार्षिक प्रगती प्रतिवेदन, सेवा केन्द्र प्रमुख गँगा देवी थापाद्धारा सेवा केन्द्रको विषयमा प्रतिवेदन प्रस्तुत गनर््भएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, बाल बचत कर्ता, उत्कृष्ट ऋणी सम्मान गरिएको छ । सेवा केन्द्र उपसंयोजक अविन महतको अध्यक्षता, सचिव चन्द्रकुमार गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
निसीखोला सेवा केन्द्र:
जिल्लाको निसीखोला सेवा केन्द्र झिवाखोला बजारमा बार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवा केन्द्रका अध्यक्ष हुतराज भुषालको अध्यक्षतामा आयोजित कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले कार्यक्रमको प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्तिले सिवाईसी सहकारीले गरिवी निवारण र सेयर सदस्यलाई उत्पादन तथा बचत गर्ने बानीको विकासमा महत्वपूर्ण सहयोग पु¥याएको बताउँदै सहकारी जनताको, गरिवी, मजदुर र उत्पादनमा भविष्य खोज्नेहरुको सहारा बन्नुपर्नेमा जोड दिनुभयो । सहकारीको बिकासका निम्ती निसीखोला गाउँपालिकाले आवस्यक सहयोग गर्दे जाने बताउनु भयो । गाउँपालिकामा धेरै सहकारी संस्था हुँदै गर्दा कृर्षि उत्पादन, बजारीकरण जस्ता क्षेत्रमा समेत अगाडी बढ्न सुझाव दिनुभयो 
कार्यक्रमका अवसरमा गण्डकी प्रदेश पुर्व साँसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद पौडेल लगाएतको आतिथ्यता एवं शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम भुमिराज आर्चायले सञ्चालन गर्नुभएको हो ।

नमुना स्वाभिमान सेवा केन्द्र वडिगाड:
जिल्लाको वडिगाड गाउँपालिका ६ मा रहेको नमुना स्वाभिमान सेवा केन्द्रमा शुक्रबार आयोजित कार्यक्रम वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष थापाले हुने खाने र हुँदा खाने वर्गको साझा माध्यम सिवाईसी सहकारी रहेको बताउनु भयो ।

सहकारीको मर्म भावना संगै सेयर सदस्यलाई विभिन्न सेवा प्रवाह गर्दे आईरहेको सहकारीले स्वरोजगार, बचत गर्ने बानीको विकास सँगै सहज र सरल तवरले सेवा प्रवाह गरिरहेकोमा सहकारीको थप सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रमका अवसरमा संस्थाको तर्फदेखि प्रमुख कार्यकारी अधिकृत नवराज सर्मा द्धारा संस्थाको बाषिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन, भावि लक्ष्य लगाएतका विषयमा प्रतिबेदन प्रस्तुत गरिएको थियो , अशल बचत कर्ता, असल ऋणी सम्मान बाल बचत कर्ता सम्मान गरिएको कार्यक्रममा सेवा केन्द्रका उपसम्योजक मित्र प्रसाद चालिसको अध्यक्षतामा आयोजित कार्यक्रम सचिव दिपक रायमाझीले सञ्चालन गर्नुभएको हो ।

तमानखोला सेवा केन्द्र:
तमानखोला सेवा केन्द्रमा आयोजित कार्यक्रम तमानखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष झक बहादुर बुढाले कार्यक्रममा प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ । प्रमुख अतिथी बुढाले बोल्दै सिवाईसी सहकारी सुगम देखि दुर्गम सम्म पुग्दै सेवा प्रवाह गरिरहेको बताउँदै सिवाईसीले दिएको सेवा प्रवाह आम नागरिकका निम्ती निकै सुविधा उपयोगी रहेको बताउनु भयो ।

 


सहकारीको मर्म र भावना बमोजिम अगाडी बढेको सहकारीले जनताको बचत सुरक्षा, ऋण प्रवाह संगै विभिन्न आर्कषक सेवा सुविधा उपलब्ध गराउँदै गर्दा गरिवी अन्त्यका निम्ती खुलेका सहकारी सबै सिद्धान्त अनुसार अगाडी बढन्ुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा सहकारीका केन्द्रिय सदस्य मेशलाल सर्मा लगाएत समाजसेवी, बुद्धिजिवीको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम सेवा केन्द्रका अध्यक्ष ध्रु्रब शेरचनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सहकारीले आगामी मंसिर १६ गतेसम्म १४ औँ बार्षिक साधारण सभा सम्पन्न गर्दे सहमतीय प्रणालीबाट अधिवेशन समेत सम्पन्न गर्ने तयारी गरिरहेको हो ।

नेपाली कांग्रेस क्षेत्र नं. २ बागलुङको महासमिति चयन प्रकृया सहमतिबाट टुँग्याउने प्रयास

बुर्तिबाङ मंसिर ७ गते
नेपाली कांग्रेस क्षेत्र नं. २ बागलुङमा महासमिति सदस्यको टुँगो लगाउन कसरत अगाडी बढाइएको छ ।
१४ औँ महाधिवेशन सकिए लगत्तै महासमितिको टुँगो लगाउनु पर्ने भएपनी सहमती हुन नसक्दा अड्किएको महासमितिको टुँगो लगाउने गरि बिहिबार क्षेत्रीय सभापती जोकलाल बुढाको सँयोजगत्वमा ३ सदस्य बोर्ड समितीको गठन गरिएको हो ।
२३ जना केन्द्रिय महाधिवेशन समिती र १ जना मनोनित क्षेत्रीय सभापती गरि कुल २४ जना मध्ये ११ सदस्य महासमिति चयन गर्नुपर्नेमा अधिकांसले महासमितीको दाबेदारी गरेपछि सहमतीको प्रयास सफल हुन सकेको थिएन ।
बिहिबार बुर्तिबाङ स्थित प्रतिनिधी सभा क्षेत्रीय पार्टी कार्यालयमा महाधिवेशन प्रतिनिधी विच बसेको बैठकले सहमतीय प्रणालीबाट समिती टुँग्याउने गरि क्षेत्र नं. २ बागलुङका प्रतिनिधी सभा क्षेत्रीय सभापती जोकलाल बुढालाई सँयोजक बनाई क्षेत्र नं. २ अन्र्तगत पर्ने प्रदेश सभा (क) सभापती तिलक घर्ति र (ख) सभापती मेशलाल सर्मा सदस्य रहेको बोर्ड गठन गरिएको हो ।
बोर्डले समितीलाई पूर्णता दिने गरि अगाडी बढ्ने र आवस्यक परेको खण्डमा जिल्ला कार्य समितीबाट आवस्यक सहयोग लिएर ११ सदस्य महासमिती टुँग्याउने विषयमा सहमती भएको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो । ११ जना महासमिती सदस्यमा पाँच जना खुल्ला सहित दुई जना महिला, एक जना दलित, एक जना जनजाती महिला, एक जना खस आर्य, एक जना जनजाती अनिवार्य रहने व्यवस्था रहेको छ ।
सहमती नजिक पुगिएको र भोली सम्ममा सदस्य टुँगो लाग्ने सँयोजक जोकलाल बुढाले बताउनु भयो ।

ढोरपाटन सिकार आरक्षमा नाउर शिकार गर्ने म्याग्दीका ३ जना बन्दुकसहित पक्राउ

ढोरपाटन सिकार आरक्ष अन्र्तगत पर्ने म्याग्दी जिल्ला स्थित बार्षे ब्लकको मनसुन मेला क्षेत्रमा अबैध रुपमा चोरी शिकारी गरिरहेको अवस्थामा व्यक्तिलाई अवैध हात- हतियार, अखेटोपहार र समानहरु सहित ढोरपाटन शिकार आरक्ष कार्यालय र नेपाली सेनाको देवीबक्स गुल्मको  संयूक्त टोलीले  ३ शिकारीलाई नियन्त्रण लिएको छ ।

 ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले कोभर्ट पट्रोलको क्रममा म्याग्दीको धौलागिरी गाउँपालिकाका ५२ वर्षीय प्रेम बहादुर छन्त्याल, सोहि स्थानका ५० वर्षीय पहलमान छन्त्याल र २८ वर्षीय सुमन छन्त्याललाई पक्राउ गरेको छ । सेनाको देवीबक्स  गुल्मको सुरक्षा पोस्ट गुर्जाघाट मान बहादुर ऐर सहितको ४ जना नेपाली शेनाको टोली र ४ जना सिकार आरक्षको संयूक्त टोलीले प्रकाउ गर्न सफल भएको हो ।

उनीहरुलाई अबैध हातहतियार, अखेटोपहार र समानहरु सहित नियन्त्रण लिई दोहोरो भरपाईका साथ ढोरपाटन
शिकार आरक्ष कार्यालयलाई बुझाईएको छ।

उनीहरुको साथबाट एकथान भरुवा बन्दुक, एकथान कार्तुस बन्दुक, एकथान खुकरी, दुईथान हसियाँ, छाला काट्न प्रयोग गरिने चक्कु दुईथान, धार लगाउन प्रयोग गरिने रेती एकथान, बाइनाकुलर एकथान, पासो बनाउन प्रयोग गरिने डोरी एकसय एकासी थान, पासो एकसय दुई थान, अन्दाजी १ बर्षको भाले नाउर र २ बर्षको पोथी नाउर काटेर राखेको अवस्थामा टाउको दुई वटा, खुट्टा आठ वटा, मासु ३० के.जी, छाला २ थान, जाली झालेला ३ थान, बन्दोबस्तीका सामान ३ सेट बरामद भएको छ ।

सोही पट्रोलको क्रममा ढोरपाटन शिकार आरक्षको बार्षे ब्लक क्षेत्रमा मृत अवस्थामा एउटा रेडपाण्डा र नाउरको एक थान सिङ्ग समेत फेला पारेको ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलले ढोरपाटन टाइम्सलाई बताए । पट्रोलको क्रममा बिभिन्न स्थानमा सिकारीहरुद्धारा राखिएको पासो समेत फेला पारी निस्कृय गरिएको छ।

पछिल्लो समय म्याग्दी क्षेत्र र रुकुम क्षेत्रबाट जंगली जनावर चोरी सिकारी बढिरहेका कारण त्यसको रोकथामका निम्ती बृहत कार्यक्रम गर्ने उदेश्य सहित आफुले सिडियो कार्यालयमा जानकारी गराइसकेको कंडेलले बताए ।

तमानखोला १ मा एकघर एक धारा अभियान ८५ प्रतिशत नागरिकको पहुँचमा खानेपानी

मंसिर ६ गते
बुर्तिबाङ
तमानखोला गाउँपालिका वडा नं. १ को अधिकांस बस्तिमा सहज खानेपानी पहुँच पुगेको छ । खानेपानीको पहुँच घरघर सम्म पुग्ने गरि गाउँपालिकाले लिएको निती बमोजिम गाउँपालिकाको करिब ९० प्रतिशत वस्तिमा सहज खानेपानी पुग्दै गर्दा वडा नं. १ मा ८५ प्रतिशत घरमा एकघर एक धारा निर्माण सम्पन्न भइसकेको वडा अध्यक्ष थम बहादुर रोकाले बताउनु भयो ।
गण्डकी प्रदेश सरकारको डेढ करोड लागतमा सादिवन खानेपानी आयोजना निर्माण सम्पन्न भएसंगै वडाको अधिकांस नागरिक खानेपानीको सहज पहुँचमा पुगिसकेको वडा अध्यक्ष रोकाले बताउनु भयो ।
गाउँदेखि करिब ६ किलोमिटर टाढा नयाँवन खोला बाट खानेपानी ल्यायपछि सादीवन, डरम्फु, साकिना, सासबाङ,किरी, तल्लाचौर, उपल्लाचौर गरि १२५ घरमा खानेपानीको पहुँच संगै धारा निर्माण भएको सादीवन खानेपानी निर्माण उपभोक्ता समितीका अध्यक्ष मोतिलाल घर्तिले बताउनु भयो ।
गण्डकी प्रदेशको १ करोड ५३ लाख ८२ हजार, स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदानमा २०७७ चैत्र देखि निर्माण सुरु भई गत असार महिनामा निर्माण सम्पन्न भएको उपभोक्ता समिती सचिव ओम बहादुर घर्तिले बताउनु भयो । गत मंसिर ४ गते संघिय साँसद देवेन्द्र पौडेलले खानेपानी आयोजनाको उद्धघाटन गर्नुभएको थियो ।
८५ प्रतिशत प्रत्यक घरघरमा सहज खानेपानी पहुँच सहित धारा निर्माण भइसकेको छ । यसबर्ष खानेपानीका लागी नेवा सँस्थाले वडा नं. १ कै भिकोस, पातिचौर, सासबाङका बस्तिमा काम गर्ने भएको हुँदा अव २÷४ घर मात्र रहेको बस्ति बाहेक अन्य स्थानमा सहज खानेपानी पहुँच पुगिसकेको वडा अध्यक्ष थम बहादुर रोकाको भनाई छ ।
तमानखोला गाउँपालिकाको अधिकांस वडामा घुम्ती वस्ति रहेका कारण छरिएर रहेका बस्ति बाहेक अधिकांस क्षेत्रमा सहज खानेपानी पहुँच पुगिसकेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
तमानखोला गाउँपालिकामा खानेपानीका लागी नेवा, गण्डकी प्रदेश सरकार र तमानखोला गाउँपालिकाको लगानीमा खानेपानीको पहुँच विस्तार भइरहेको हो ।
आइएनएफ संस्थाले विगतमा खानेपानीको व्यवस्था गरेको भएपनी पछिल्लो समय वस्ति विस्तार ,खानेपानी आयोजना जिर्ण हुँदै जानु जस्ता कारणले अधिकांस बस्तिमा एक घर एक धारा कार्यक्रम निर्माण भइसकेको हो ।

फरार देबकुमार नेपाली सामाजिक सञ्जाल मार्फत भन्छन बचतकर्तालाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्छु

बुर्तिबाङ मंसिर ५ गते
इमेज सहकारी संस्थाबाट बचतकर्ताहरूको बचत रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको बताएका छन् ।
सहकारीमा देखिएको समस्या समाधान गर्न तयार रहेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर नेपालीले सम्पत्ति विवरण सार्वजनिक गर्दै बचतकर्तालाई फिर्ता गर्न तयार रहेको बताएका हुन् ।
उनीविरुद्ध हजारौं बचतकर्ताले करोडौं ठगी गरिएको भन्दै उजुरी परेको छ । आफू मेयर भएकाले सहकारीमा समय दिन नसकेको कारण र सबै बचत कर्ताले एकै पटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको बताएका छन् ।
आफुले बचत कर्ताको रकम फिर्ता गर्ने समय माग्दै गर्दा समेत आफनो र परिवारको असुरक्षा बढेका कारण केही समयका लागी आफुले ढोरपाटन छोडेको बताउँदै उनले सहकारी समस्या को समाधान तथा हिसाब मिलाउनका आफ्नो सम्पत्ति बेचेर हिसाब मिलान गर्ने समय माग्दा पनि समय नपाएपछि आफू घर छोडेर हिँड्न बाध्य भएको बताएका छन् ।
फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्ब भन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

नेपालीले दिएको विज्ञप्ती


मेयर नेपालीका अनुसार बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सहकारी ठगी मुद्दामा फरार सूचीमा रहेका मेयर नेपालीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिबारे प्रहरी अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।
‘उहाँ ९मेयर नेपाली०ले लेख्नुभएको विषय हामीलाई केही आएको छैन । कानुन अनुसार फरार सूचीमा रहेका व्यक्तिहरुलाई प्रहरीले खोजिरहेको छ,’ विकले भने ।

देबकुमार नेपाली र श्रीमतीको नाममा बुर्तिबाङमा रहेको जग्गा विवरण 


उनले सहकारीका बचतकर्ताहरुले प्रहरी कार्यालयमा आएर उजुरी बारे समय समयमा जानकारी लिने गरेको समेत बताए ।
यता बचत कर्ताले पुनह इमेज सहकारी व्युताउने तयारी गरिरहेका बेला नेपालीले चलाखी पूर्ण तरिकाले फेसबुकमार्फत भिडियो राख्दै फेरी पनी आफुहरुलाई भ्रमित पार्न खोजको आरोप लगाएका छन ।