२ साउन,
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो

- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा उच्च वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- अति भारी वर्षाका कारण २३ जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले रातिको समयमा सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ।
- जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै भारी वर्षाबाट हुने डुबान र कटान जस्ता जोखिमबाट जोगिन पूर्वतयारी गर्न आह्वान गरेको छ।

















