बुर्तिबाङ ,मंसिर २३ गते
नेपाली काङ्ग्रेस बागलुङ क्षेत्र नम्बर २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका निम्ती मङ्गलबार उममेदवार सिफारिस गरेको छ ।

क्षेत्रीय समितिको आयोजनामा भएको बैठकले पार्टीको १५ औँ महाधिवेशनको तयारी संगै उमेदवारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १० जनाको नाम सिफारिस गरिएको छ । जसमा अर्जुन शेरचन, टेकराज पौडेल, निरज पुन, मञ्जेश वम मल्ल, गिता श्रीस, ऋषिराम कँडेल, डिलाराम शर्मा, डण्डपाणी कँडेल, देवेन्द्र घर्ति र धुर्व गौतम रहेका छन । त्यस्तै प्रतिनिधि सभा समानुपातिकमा ४ जनाको नाम सिफारिस गरिएको छ ।

रेनुका काउचा, सागर छन्त्याल, माया के.सी. र भीम कुमारी क्षेत्री रहेका छन । पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागी वरिष्ठ अधिवक्ता राम प्रसाद आर्चाय, डा. शान्तराज न्यौपाने र मेषलाल शर्माको नाम सिफारिस गरिएको हो ।
बैठकले क्रियाशील सदस्यता नवीकरण गरिएको सङ्कलन गर्ने र नँया क्रियाशील वडा तहबाट तत्काल वितरण गर्ने कार्यक्रम अगाडि बढाइएको छ । पौष १६ गतेदेखि हुने १५ औँ महाधिवेशनको लागी आफूहरू तयारी अगाडि बढिएको क्षेत्रीय सभापति जोक लाल बुढाले बताउनु भयो ।










