Home Blog Page 157

एमाले अध्यक्ष ओली र बामदेव गौतमबीच भेटवार्ता

0

१६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवास गएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेको जानकारी दिए । गौतमले ओलीपछि अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने पाण्डेले बताए ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।

अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । नयाँ दल घोषणापछि गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए ।

म्याग्दीमा मह उत्पादन घट्याे, यस वर्ष मात्रै १२ हजार केजी मह उत्पादन

0
चट्याङ लागेर हिजाे एकै दिन ७ जनाकाे ज्यान

 म्याग्दीमा यसवर्ष गएका वर्षकाे तुलनामा भन्दा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फुलहरु नफुल्नु र चरन क्षेत्रको अभावका कारण मह उत्पादनमा कमी आएको हो ।

म्याग्दीमा १ वर्षको अवधिमा जम्मा १२ हजार केजी मात्रै मह उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभरि यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न ठाउँमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लामा रहेका २ हजार ५ सयवटा मौरीका आधुनिक घारहरुबाट यति परिमाणको मह उत्पादन भएको हो । गएका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा पछिल्ला वर्षहरुमा भने महको उत्पादन घट्दै गएकाे छ । पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसानहरु भने चिन्तित भएका छन् । म्याग्दीको मौरीपालन व्यवसायमा थाइस्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो । रोग, किराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनुका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानहरुकाे गुनासाे छ । एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोग, किराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनुका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो।

चट्याङ लागेर एकै दिन ७ जनाकाे ज्यान गयाे

0
चट्याङ लागेर हिजाे एकै दिन ७ जनाकाे ज्यान

काठमाण्डाै – चट्याङ लागेर हिजो मङ्गलवार एकै दिन सात जनाको ज्यान गएको छ । रुपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लागेर एक–एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसैबीच बितेको साढे तीन महिनामा विपद्जन्य घटनाबाट ९५ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि आज बुधवार बिहान १० बजेसम्ममा ९५ जनाको ज्यान गएको हो । सबैभन्दा बढी चट्याङका कारण ३७ जनाको ज्यान गएको छ । यस्तै आगलागीबाट १८ जना, जनावरको आक्रमणबाट १२ जना, पहिरोमा परेर १० जना, हावाहुरीका कारण आठ जना, सर्पले टोकेर पाँच जना, बाढीका कारण तीन जना तथा भारी वर्षा र डढेलेका कारण एक–एक जनाको ज्यान गएको छ ।

साढे तीन महिनामा आठ सय ९१ वटा विपद्जन्य घटना भएकोमा एक जना बेपत्ता र दुई सय चार जना घाइते भएका छन् । घटनामा एक हजार एक सय ५८ परिवार प्रभावित भएका छन् भने ५८ करोड ६७ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

आउँदाे ३ दिन देशभर ठूलाे पानी पर्ने, सावधानी अपनाउन आग्रह

0

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आउँदाे तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलाे पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । अहिले पूर्वदेखि पश्चिमसम्म त्यही अवस्था छ । खोलाको जलस्तर बढेर डुबान र बाढीले समस्या दिने सम्भावना छ । आउँदाे तीन दिन ठूलाे पानी पर्नेछ । जसका कारण खोलानाला बढ्न गइ कुन–कुन खोलामा के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेका छाैँ ।’

महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो । मनसुन सुरु भएदेखि विभागले एनसेल र एनटिसी सिमबाट अहिलेसम्म २० लाख एसएमएस गरिसकेको उहाँले बताउनुभयाे ।

नारायणगढ–मुग्लिन सडक : १७ ठाउँ पहिरोको उच्च जोखिममा

0
नारायणगढ–मुग्लिन सडक, फाइल फाेटाे

काठमाण्डौ : नारायणगढ–मुग्लिन सडक खण्डका १७  ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षासँगै ती मध्ये सात ठाउँमा साना–ठूला पहिरो खसिसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिम देखिएको छ ।

ती ठाउँमा यस वर्ष पहिरो खसेर दुःख दिइरहेको छ । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिनुभयो । त्यसका साथै सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको छ । ती १७ ठाउँमा गएको वर्ष पहिरो खसेको थियो ।

कतिपय ठाउँमा सुक्खा पहिरोसमेत खसेर दुःख दिएको कार्की बताउनुहुन्छ । काठमाण्डौ प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी गाडी आउजाउ गर्ने गर्दछन् । सडक पुनर्निर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन सकेको छैन । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ ।’ ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो । यो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ भने १४ पुल  निर्माणको अन्तिम चरणमा रहेको छ । एउटा निर्माण सुरु हुने प्रक्रियामा छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भइ दुई अर्ब ९० करोड रुपैयाँ खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो ।

त्यही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणको काम गरिएको थियो । धेरैजसो ठाउँमा भित्तो काटिएको थियो ।  जसमध्ये सात ठाउँमा महत्त्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र ४० करोड रुपैयाँ खर्च भएको छ । सडक विस्तारका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो ।

यो सडकमा वर्षाको समयमा पटक–पटक पहिरो खसेर दुःख दिने गरेको छ । नारायणगढ– मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखसहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्वतयारीका योजनासमेत तय गरिएको छ । पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा १३ लाख रुपैयाँ खर्च हुने गरेको तथ्याङ्क छ । अहिले यो सडकमा पहिरो पन्छाउनका लागि एकस्काभेटर सहितको प्राविधिक टोली  चौबीसै घण्टा सडकमा नै खटिएको छ ।

Hello world!

0

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!