Home Blog Page 156

मंगलबारदेखि जनार्दन शर्मामाथि छानबिन

0

२४ असार, काठमाडौं । करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ ।

प्रश्न उठेपछि २२ असार २०७९ मा प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेको थियो । उक्त समितिलाई कार्य प्रारम्भ गरेको १० दिने समय दिइएको छ ।

शुक्रबार (२४ असार २०७९) मा सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ ।

सहजीकरण बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको हो । संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकले समितिको संयोजक तय गर्नेछ । सोही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य थालनी गर्नेछ ।

तमानखोलाले ल्यायो बालगृह संचालनमा : १६ जना बालबालिकाले सेवा लिँदै

0

बागलुङको तमानखोला गाउँपालिकाले अनाथ, अति विपन्न र अभिभावकविहीन बालबालिकालाई पठनपाठन र आवसको व्यवस्थासहित बालगृह सञ्चालनमा ल्याएको छ । अभिभावक गुमाएका राम्रो हेरचाह नपाएका तथा आथिर्क अभावमा पढाईबाट वञ्चित हुन पुगेका बालबालिकालाई स्याहारसुसार र पठनपाठनका लागि बालगृह संचालन गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

बालगृहमा हाल १६ जनाा बालबालिका रहेका छन । सम्पर्कमा रहेका अन्य बालबालिकालाई समेत चाँडै व्यवस्थापन गरिने अध्यक्ष बुढा मगरले बताए । तमानखोला गाउँपालिकाको अभियान र तमान बाल गृह सञ्चालन अभियान समितिको सहकार्यमा सुरु गरिएको कार्यक्रमबाट हालसम्म १० लाख रुपैयाँको कोष सञ्चालन गरिएको उनको भनाई छ । २ जना कर्मचारीले रेखदेख गर्ने गरी व्यवस्थापन गरिएको छ । उनीहरुले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छन् । कक्षा १२ सम्म पालिका र बाल गृह सञ्चालन समितिले निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन गर्ने भएको हो ।

प्रत्येक महिना कम्तिमा २ पटक उनीहरुको स्वास्थ्य परिक्षण गरिने, अध्ययनलाई राम्रो बनाउन पालिका र समितिले हेरचाह गर्नेगरी कार्यक्रम अगाडी बढाइएको अध्यक्ष बुढा मगरले बताए । विशेष गरी साना उमेर समुहका बालबालिका भएका कारण उनीहरुको उज्वल भविष्य निर्माणका निम्ति अभियानले महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा लिएको छ । गाउँपालिकाको २ लाख अनुदानसहित बालगृह सञ्चालन कोषमा ८ लाख गरि १० लाख संकलन भइसकेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगाएत जनप्रतिनिधिले समेत आफुले पाउने पारिश्रमिको पाँच प्रतिशत रकम आफ्नो कार्यकाल अवधिभर बालगृहलाई दिने गरी अभियान चलाएका छन् । उक्त रकमबाट कोष वृद्धि हुँदै जाने र बालगृहलाई दीर्घकालिन व्यवस्थापनमा सहजता पुग्ने देखिएको हो ।

‘माटोमा खेल्दा रोगसँग लड्ने क्षमता बढ्छ’

0

सानो उमेरमा हामीले धेरै माटो खेल्थ्यौं, तर ठूलो भएपछि हामी हत्तपत्त माटो खेल्न जाँदैनौ । यदि ठूलो भएपछि हामीले कहिले हिलो माटो खेल्यौं भने त्यसले हामीलाई बाल्यकालको याद दिलाउँछ र एक प्रकारको खुसी पनि प्राप्त हुन्छ ।

माटो प्रकृतिको मुख्य पाँच तत्वमध्ये एक हो, जसको प्रयोगले स्वास्थ्य सुधार र रोग निको पार्न मद्दत गर्छ भनिन्छ । यस्तोमा प्राकृतिक चिकित्सामा माटोको प्रयोग कसरी गरिन्छ ? यसले स्वास्थ्य सुधार गर्न कसरी भूमिका खेल्न ? यिनै विषयमा केन्द्रित रहेर प्राकृतिक चिकित्सक डा. प्रतीक्षा पाण्डेसँग गरिएको कुराकानी :

अहिले हिलो माटो खेल्ने सिजन छ । माटो र स्वास्थ्यको कुनै सम्बन्ध छ ?

माटो स्वास्थ्यको लागि राम्रो हो भनेर सहरमा भएको प्रदूषणयुक्त माटोको प्रयोग गर्दा त स्वास्थ्यमा उल्टै नकारात्मक असर गर्छ । तर सहरी क्षेत्र भन्दा अलि टाढा र वनजंगलको बीचमा गएर ३ देखि ४ फिट तलको माटो निकाल्न सकियो र त्यो माटोसँग खेल्दा बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्दैन ।

माटो हाम्रो प्रकृतिको एउटा हिस्सा हो । प्राकृतिक चिकित्सा अनुसार पृथ्वी, आकाश, जल, वायु र अग्नि पञ्चतत्व मिलेर हाम्रो शरीर बनेको हुन्छ भनिन्छ । यी पाँच कुरा तलमाथि भयो भने शरीरमा विभिन्न रोग निम्तिन्छ । त्यसैले माटो पनि हाम्रो स्वास्थ्यको लागि एउटा महत्वपूर्ण कुरा हो ।

प्राकृतिक चिकित्सामा माटोको महत्व कति छ ?

प्राकृतिक चिकित्सामा त विभिन्न रोगको उपचारमा नै माटोको प्रयोग गरिन्छ । प्राकृतिक चिकित्सामा यो विधि लामो समयदेखि चल्दै आएको छ । महात्मा गान्धीलाई कब्जियत हुँदा पनि यो ‘मड थेरापी’ माटोको प्रयोगबाट गरिने थेरापी गरिएको थियो र यो प्रभावकारी पनि भएको थियो । त्यसैले प्राकृतिक चिकित्सामा माटोको महत्व धेरै छ ।

प्राकृतिक चिकित्सामा माटोलाई के कसरी प्रयोग गरिन्छ ?

पूरा शरीरमा नै माटो पट्टी लगाएर घाममा बस्दा त्यो माटो सुक्छ र घामको किरणलाई शरीरले राम्ररी सोस्न पाउँछ । साथै ग्यास्ट्रिक र कब्जियत जस्ता समस्यामा पेटमा मात्र माटो पट्टी लगाइन्छ । माटोले पेटमा शीतलता प्रदान गर्छ । माटो नसुकेको अवस्थामा त्यसले शीतलता प्रदान गर्छ भने घाममा बसेर सुकेको अवस्थामा त्यसले शरीरलाई न्यानो बनाउँछ । त्यसैले प्राकृतिक चिकित्सामा माटोलाई विभिन्न रोग निको पार्न प्रयोग गरिन्छ ।

मड थेरापी के हो ? यो कसरी गरिन्छ ?

मड थेरापी भनेको माटोको प्रयोगबाट रोगको समाधान गर्ने हो । मानौं, कसैलाई घुँडा दुख्ने समस्या छ भने माटोलाई तताएर त्यसलाई सुतीको कपडामा बरेर दुखेको ठाउँमा राखियो भने त्यसको तातोले गर्दा दुखाई कम हुन्छ । त्यसैगरी अनुहारको विभिन्न समस्यामा पनि मड थेरापीको प्रयोग गरिन्छ । डण्डीफोर र छालामा चिल्लो आउने समस्यामा मुलतानी माटो प्रयोग गरे यसबाट छुटकारा पाउन सकिन्छ ।

यसले के कस्ता रोग निको पार्न सहयोग गर्छ ?

मड थेरापीले दीर्घरोग थाइराइड, मधुमेह, घुँडा दुखाइजस्ता रोगलाई कम गर्न सहयोग गर्छ । साथै कब्जियत, ग्यास्ट्रिक जस्ता समस्या र छालासम्बन्धी विभिन्न समस्या कम गर्न पनि यसले सहयोग गर्छ ।

कस्तो अवस्थामा मड थेरापी गर्नुहुँदैन ?

दीर्घरोगको तुलनामा सरुवा रोगको लागि मड थेरापी त्यति धेरै उपयोगी हुँदैन । माटोको विशेषता नै शीतलता प्रदान गर्ने र चिसो हुने भएकाले रुघाखोकी, निमोनिया र टाइफाइड भएको बेलामा मड थेरापी गर्नुहुँदैन । गर्भावस्था, रगत आइरहेको आलो घाउ छ भने त्यसमा पनि मड थेरापी गर्नुहुँदैन ।

मड थेरापी र मड बाथ एकै हो वा फरक हुन्छ ?

थेरापी गर्नका लागि माटोलाई विभिन्न तरीकाले प्रयोग गर्न सकिन्छ । यसको समष्टिगत रुप मड थेरापी हो भने तिनै उपायमध्येको एक मड बाथ हो । मड थेरापीमा पेटको मड थेरापी, घुँडाको मड थेरापी र मड बाथभित्र पनि विभिन्न थेरापी समेटिएको हुन्छ ।

मड बाथ कसरी गरिन्छ ? फाइदा के छन् ?

मड बाथ गर्नु भन्दा अघिल्लो दिन हलुका खाना खानुपर्छ । साथै आधा घण्टा अगाडि मनतातो पानी खानुपर्छ । मड बाथ गर्नुभन्दा अघि नुहाउने त्यसपछि माटोलाई शरीरभरि लगाएर माटो नसुकुन्जेल घाममा बस्नुपर्छ । यो मड बाथ गर्दा सुतेर वा बसेको पोजिसनमा गर्न सकिन्छ । माटो सुकिसकेपछि फेरि नुहाएर मड बाथ गरिन्छ ।

मड बाथ गर्दा यसले शरीरमा भएको नराम्रो कुरालाई बाहिर निकाल्छ र पाचन प्रणालीलाई बलियो बनाउँछ । जसले गर्दा खाएको खाना राम्ररी पच्छ र शरीर मोटो हुँदैन । साथै यसले शरीरलाई शीतलता प्रदान गर्छ र ग्यास्ट्रिकको समस्या पनि समाधान हुन्छ । माटो बिस्तारै सुक्दै गएपछि यसले घामबाट भिटामिन डी पनि प्राप्त गर्छ । छाला सम्बन्धी समस्यामा पनि मड बाथ फाइदाजनक हुन्छ ।

गर्भावस्थामा मड थेरापी कति प्रभावकारी हुनसक्छ ?

गर्भावस्थामा मड थेरापी प्रभावकारी हुँदैन । गर्भावस्थामा महिलाको शरीर एकदमै संवेदनशील हुन्छ यस्तोमा मड थेरापी गर्दा महिला र पेटको बच्चा दुवैलाई असर गर्न सक्छ । माटो चिसो हुने भएकाले पनि गर्भावस्थामा यो थेरापी गर्दा चिसो लाग्ने वा अन्य समस्या देखिन सक्छ ।

अहिले बालबच्चालाई प्रायः सुकिलोमुकिलो बनाएर हुर्काउने प्रवृत्ति छ, हिलो माटोमा खेल्दा उनीहरूको स्वास्थ्यमा केही प्रभाव पार्न सक्छ ?

माटो स्वास्थ्यको लागि राम्रो हो भनेर सहरमा भएको प्रदूषणयुक्त माटोको प्रयोग गर्दा त स्वास्थ्यमा उल्टै नकारात्मक असर गर्छ । तर सहरी क्षेत्र भन्दा अलि टाढा र वनजंगलको बीचमा गएर ३ देखि ४ फिट तलको माटो निकाल्न सकियो र त्यो माटोसँग खेल्दा बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्दैन ।

यस्तो माटोसँग खेल्दा त्यो माटोबाट  मिनरल्स पाउन सकिन्छ । यसरी माटोसँग खेल्दा त बच्चाहरूको रोगसँग लड्न सक्ने क्षमताको पनि विकास हुन्छ । साथैको उनीहरुको हड्डीको विकास पनि राम्रोसँग हुन्छ ।

हिलो माटोमा खेल्दा रुघा लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने हुँदैन ?

सहरको दूषित हिलो माटो खेल्दा त रुघा लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने समस्या हुन सक्छ नै । तर गाउँको हिलो माटोमा खेल्छन् भने फाइदाजनक नै हुन्छ । घाममा नै खेलेर त्यो माटो सुक्छ भने त्यो माटोको कलर कालो हुन्छ । कालो रंगले सूर्यको किरणलाई छिटो सोस्छ र चिसो लाग्न दिंदैन । त्यसैले हिलोमा खेल्ने बित्तिकै उनीहरूको जीउमा लागेको हिलो नसुकी चिसोमै चिसो पानीले नै नुहाइदियौ भने चाहिं रुघा लाग्ने, ज्वरो आउने र चिसो लाग्ने जस्ता समस्या हुन सक्छ ।

माटो खेल्दा वा मड थेरापी गराउँदा के कारणले लाभ मिलेको हो ?

अहिले वर्षायाममा हिलो माटोमा र चिसोमा किन खेल्ने भन्ने प्रश्न पनि धेरैको हुन सक्छ । तर हिलो माटो कालो कलरको हुन्छ र कालो कलरले सूर्यको किरणलाई छिटो सोस्छ । त्यसले शरीरलाई चाहिने भिटामिन डी र क्याल्सियम कमी हुन दिंदैन ।

हिलो माटोले शीतलता प्रदान गर्छ । माटो खेल्दा वा मड थेरापी गराउँदा छालामा लागेको माटोले छालाको चिल्लो सोस्छ, जसले गर्दा छाला सम्बन्धी समस्या पनि कम हुन्छ । हिलो माटो सुकेपछि कक्रक्क हुन्छ, जसले शरीरमा रक्त सञ्चार प्रणालीमा पनि सहयोग गर्छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

0

१६ असार, काठमाडौं । स्थानीय तह निर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी २७ गते सोमबार दिउँसो १ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनअनुसार बैठकमा स्थानीय चुनावको समीक्षाका साथै अरु एजेण्डामा पनि छलफल हुनेछ ।

…त्यसपछि सकिन्छ ‘भाइरल’ को आयु

0

काठमाडाैं : सन् १९४० को दशकमा भाइरसबाट फैलिने बिमारलाई ‘भाइरल’ नाम दिइयो। ७० को दशकपछि कम्प्युटरको प्रयोग व्यापक भयो। धेरै कम्प्युटरमा उस्तै खालको समस्या र कारण देखिन थालेपछि कम्प्युटर बिगार्ने तत्त्वलाई पनि भाइरस भन्न थालियो, भाइरसको सिकार भएको कम्प्युटरको बिमारलाई पनि भाइरल भन्न थालियो।

सन् १९८३ मा पहिलो पटक प्रयोगमा आएको इन्टरनेटका प्रयोगकर्ता सन् २००० पछि ह्वात्तै बढ्न थाले। फेसबुक, युट्युब, ट्विटर जस्ता सामाजिक सञ्जाल बने। पछि इन्स्टाग्राम, टिकटक, स्न्याप च्याट पनि बने। प्रभावकारी सञ्चारमाध्यमको रूपमा आविस्कार भएका इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ। अहिले स्कुल पढ्ने बालबालिकादेखि अवकाश जीवन बिताइरहेका वृद्धवृद्धासम्मले सामाजिक सञ्जाल प्रयोग गर्छन्।

सामाजिक सञ्जालमा आउने अधिकांश फोटो, भिडियो, लेख सीमित मानिसहरूसम्म पुग्छ। तर, केही यस्ता ‘कन्टेन्ट’ हुन्छन् जो एक प्रयोगकर्ताबाट सुरु भएर छोटो समयमै लाखौँ, करोडौँसम्म पुग्छ। यो प्रक्रिया र भाइरस फैलिन प्रक्रिया उस्तै प्रकृतिको भएकाले इन्टरनेटमा छोटो समयमै धेरै प्रयोगकर्तासम्म पुग्ने कन्टेन्टलाई पनि ‘भाइरल कन्टेन्ट’ भनिन्छ।

भाइरल भएरै अन्यायमा परेका कतिले न्याय पाएका छन्। ओझेलमा परेका प्रतिभा बाहिर आएका छन्। कतिको रातारात जीवन परिवर्तन भएको छ। कोही भाइरल भएर लाखौँको गालीगलौज पनि पाएका छन्। भाइरल हुन यस्तो बोल्नुपर्छ, यस्तो लेख्नुपर्छ, फोटोमा यस्तो पोज दिनुपर्छ, निश्चित उमेर, लिंग लम्बाई, चौडाइ भन्ने मापदण्ड छैन। कोही राम्रो गीत गाएर भाइरल हुन्छन्, कसैका कविता, कसैको फोटो, कोही बोल्ने शैलीले मात्रै पनि रातारात भाइरल हुन्छन्।

कसैले केही कुरा इन्टरनेटमा खसाल्यो, त्यो कसैलाई मनपर्यो, सेयर गर्यो, अरु १० जनालाई मन पर्यो, पाँच जनाले सेयर गरे, अन्य सय जनासम्म पुग्यो, त्यसपछि हजार हुँदै लाखौँ मानिससम्म पग्यो। फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालले भिडियो अपलोड गर्ने विकल्प बनाएपछि, नयाँ सामाजिक सञ्जाल टिकटक प्रयोगमा आएपछि अधिकांश भाइरल कन्टेन्ट भिडियो हुने गरेका छन्।

याँ कुरा केही नआएपछि लामो समय एउटै अनुहार हेर्दा, एउटै कुरा सुन्दा मान्छेहरू दिक्क हुन्छन्। युट्युबमा भ्युज कम हुन थालेपछि युट्युबरले पनि वास्ता गर्न छोड्छन्। उनीहरूको ठाउँ लिन अर्को कोही आउँछ। अलिकति नसोचेको जीवन बाँचेर भाइरल भएका मान्छे पहिलेकै जीवनमा फर्किनुर्छ।

तर, भाइरल कन्टेन्ट जति छोटो समयमा लाखौँसम्म पुग्छ। अपवाद बाहेक, यसको आयु पनि छोटो हुन्छ। यति धेरै पटक देखिन्छ कि सुरुमा मन पराइरहेका मानिसहरू नै दिक्क हुन्छन्। भाइरल कन्टेन्टलाई ‘बुस्ट’ गर्ने काम गर्छन् युट्युबरहरू। एक जनाबाट छिरेर उसको परिवार र परिवारभित्रका गोप्य कुराहरू बाहिर निस्किन थालेपछि सुरुमा वाहवाही पाएकाहरूलाई छि:छि: र दुर् दुर् पनि गरिन्छ। त्यस्तै केही कन्टेन्टको आयु त्यसपछि आउने अर्को भाइरल कन्टेन्टले घटाउँछ। भने केहीले भाइरल हुँदा पाएको लोकप्रियता बचाइराख्न पनि सक्छन्।

दुई वर्षअघि गुल्मीका ९ वर्षीय सचिन परियार एक जना युट्युबरको फेला परे। उनको हँसिलो मुहार, बोल्ने शैलीलाई धेरैले मन पराए। फेसबुक, टिकटक, युट्युब जताजतै देखिन थाले। उनले भन्ने के छ हजुर? आधा नेपालीको थेगो भयो।

सचिनको पारिवारिक अवस्था सार्वजनिक भयो। उनलाई काठमाडौं ल्याइयो। उनीसँग बुबा पनि आए। विभिन्न ठाउँबाट सहयोग पनि आउन थाल्यो। हरेक दिन सचिनको अन्तरवार्ता आउन थाल्यो। एउटा समय यस्तो थियो, युट्युबको ट्रेण्डिङ लिस्टमा सचिनको भिडियो टुट्दैनथ्यो। सचिनको एउटा भिडियोले कति युट्युब च्यानल ‘मनिटाइज’ भए। कतिले लाख, दुई लाख सब्स्क्राइबर बढाए।

त्यसपछि सचिनको आवाजमा गीत रेकर्ड गराइयो, उनको थेगो ‘के छ हजुर’मै पनि गीत बन्यो। उनलाई म्युजिक भिडियो खेलाइयो। उनीसँग महानायक राजेश हमाल पनि नाचे। सचिनलाई सिरियल पनि खेलाइयो। उनलाई निःशुल्क पढ्ने वातावरण पनि मिलाइयो। बुबा आमाका कुराले बिचमा केही विवाद पनि आयो। केही समय सचिनका बुवा पनि युट्युबको ‘ट्रेण्डिङ लिस्ट’मा बसे। यो सबै केही महिनाको बिचमा भएका घटना थिए।

बिस्तारै सचिनका भिडियोमा भ्युज घट्दै गयो। सचिनलाई पनि फ्रिमा पढाउने भनेको स्कुलमा भर्ना गरियो। त्यसपछि लामो समय उनी युट्युब, टिकटकमा आदिमा देखिएनन्। केही दिन अघि सामाजिक सञ्जालमा सचिनको अर्को भिडियो सार्वजनिक भयो। जसमा उनले गुल्मीमै मान्छेहरूसँग पैसा मागिरहेका छन्। उक्त भिडियो सार्वजनिक भएपछि सचिनलाई जहाँको त्यहीँ पुर्याएको भन्दै युट्युबरहरूमाथि प्रश्न उठेको छ। सक्ने जति गरेको हो, कहिलेसम्म गरिराख्न सकिन्छ? भन्ने उनीहरूको तर्क छ। धेरैले बुबा तेजेन्द्र परियारका कारण सचिनको यो अवस्था भएको तर्क पनि गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएर रातारात कल्पनाभन्दा बाहिरको जीवन बाँच्ने र फेरि पहिलेकै अवस्थामा फर्किने सचिन पहिलो होइनन्। न त अन्तिम हुन्। सचिनअघि आफूलाई अघोर बाबा बताउने विजय केसी, विजय साही, अलि पहिले एउटा फोटोबाट भाइरल बनेकी कुसुम श्रेष्ठ (तरकारीवाली) लगायतका धेरै जना छोटो समयको लागि चर्चामा आए। सोचेभन्दा फरक जीवनको अनुभव गरे अनि पहिलेकै सामान्य जीवनमा फर्किन बाध्य भएका थिए। समीक्षा अधिकारी, अशोक दर्जी, कमला घिमिरे लगायतका केही बालकलाकार भाइरल भएर पनि काम र पढाइ सँगै लैजान सकिरहेका छन्। यहाँ संरक्षकको रूपमा कस्ता मान्छे छन् भन्ने कुराले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

पछिल्लो समय ‘चोकतिर’ भनेर मानबहादुर, म्यादीको ड्रेस लगाएर ‘मिदी भाइ’ भनेर चिनिएका नवराज पनि भाइरल भए।  तर, यतिवेला युट्युबको ट्रेण्डिङ लिस्टमा भेलु बाजे र काले दाइ छन्। बोल्ने शैलीका कारण भइरल बनेका भेलु बाजे दाङबाट काठमाडौं आएर गीत गाउन र सिरियल खेल्न भ्याइसके। काले दाइलाई भर्खर भर्खर दाङबाट काठमाडौं ल्याइएको छ। दुई जनालाई सँगै राखेर अन्तरवार्ता लिइयो, दुई जनाको नाममा गीत पनि बनिसकेको छ।

को मान्छे भाइरल हुन्छ, को मान्छे हुँदैन भनेर निश्चित नभए पनि केही हदसम्म कसलाई, किन, कसरी भाइरल बनाउने भन्ने पहिलो भिडियो खिच्ने, सार्वजनिक गर्नेको हातमा हुन्छ। एकपटक भाइरल भएपछि उसलाई जति क्यामेरामा कैद गर्न सक्यो च्यानल उति फस्टाउँछ। धेरै मान्छेले चिन्ने भएकै कारण गीत, सिरियल, फिल्म जस्ता कलाका विधामा भाइरल व्यक्तिलाई जोड्नुले यी क्षेत्र दूषित बन्दै गएको र गलत प्रथाको अभ्यास भइरहेको विज्ञ बताउँछन्।

अहिले भाइरल भइरहेका भेलु बाजे र काले दाइ पनि पहिलेकै सामान्य जीवनमा फर्किने निश्चितप्राय छ। नयाँ कुरा केही नआएपछि लामो समय एउटै अनुहार हेर्दा, एउटै कुरा सुन्दा मान्छेहरू दिक्क हुन्छन्। युट्युबमा भ्युज कम हुन थालेपछि युट्युबरले पनि वास्ता गर्न छोड्छन्। उनीहरूको ठाउँ लिन अर्को कोही आउँछ। अलिकति नसोचेको जीवन बाँचेर भाइरल भएका मान्छे पहिलेकै जीवनमा फर्किनुर्छ। त्यसरी एउटा भाइरल व्यक्तिको भाइरल काल सकिन्छ।

एउटै नम्बरका दुई मोटरसाइकल : सक्कली भेटियो, नक्कली खोज्दै प्रहरी

0

काठमाडौं : गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ।

बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो।

तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए।

उनले भने,‘खोजीकार्य गरेपछि सक्कली नम्बरको बाइक फेला पारेका छौँ,नक्कली बाइकको खोजी भइरहेको छ।’

बाइक नम्बर कसरी मिल्यो भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने उनले बताए।

निसीखोलामा चिप्लिएर वृद्धको मृत्यु

0

निसीखोलामा चिप्लिएर वृद्धको मृत्यु

बागलुङको निसीखोला गाउँपालिकामा एक वृद्धको दाउराको भारी बोकेर हिड्ने क्रममा चिप्लिएर मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पे बस्ने ७० वर्षीय रणबहादुर विक आफ्नै घरदेखि एक किलोटिमर पूर्वमा रहेको गोठबाट दाउरा बोकि घर आउने क्रममा चिप्लिदा प्लाष्टिकको डोरी घाँटीमा अड्कि पासो लाग्न पुगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

बुधबार साँझ दाउरा ल्याउन जानुभएका विक अबेर सम्म घर नआएपछि प्रहरीको सहयोगमा आज बिहान मृत अवस्थामा फेला पर्नुभएको हो ।

यादव र भट्टराई सहमतिमै अलग्गिँदै

0

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजनको संघारमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच अब एउटै पार्टी रहन सक्ने अवस्था नभए अलग–अलग बाटोबाटै अघि बढ्न सक्ने सहमति बनेको हो । बुधबार यादव र भट्टराईबीच लामो छलफल भएको थियो । सो छलफलमा दुई नेताबीच एउटै पार्टीमा रहने अवस्था नभए अलग–अलग बाटोबाट अघि बढ्न सक्ने सहमति बनेको छ

पार्टी एकता गरेको तीन वर्षपछि यादव र भट्टराई पुनः अलग–अलग बाटोबाट अघि बढ्ने अवस्थामा पुगेका हुन् । छलफलमा दुई नेताबीच एउटै पार्टीमा रहने अवस्था नभए अलग भएर अघि बढ्न सक्ने सहमति बनेको केन्द्रीय कार्यकारिणी समितिका सदस्य युवराज कार्कीले बताए

‘एउटै पार्टीमा बसेर कति हिलो छ्यापा–छ्याप गर्ने ? यसरी बस्नुभन्दा अलग भएर बसौँ भन्ने सहमति हो,’ उनले भने, ‘दुवै नेताले अलग हुनु उपयुक्त हुन्छ भन्ने निर्णयमा पुगेपछि सहमतिमै अलग–अलग बाटोबाट अघि बढ्ने भन्ने सहमति भएको छ ।’

यादव पक्षधर नेता कार्कीले पार्टीमा अहिलेको विभाजनलाई ‘जेन्टलम्यान’ विभाजनको रुपमा बुझ्न सकिने बताए । ‘पार्टीमा एकले अर्कालाई नरुचाउने अवस्था भयो, पार्टी एकता भएको तीन वर्षसम्म पनि कार्यकर्ताको बीचमा अन्तरघुलन भएन, कतिपय ठाउँमा पार्टी समायोजन पनि भइसकेको छैन,’ कार्कीले ईकान्तिपुरसँग भने, ‘त्यति हुँदा–हुँदै पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने प्रयास भएकै हो । हिजोका दिनमा के कति कमी कमजोरी भए सच्याएर अघि बढौँ भन्ने प्रयास पनि भयो । तर, एकै ठाउँमा बस्न सकिदैन भन्ने निष्कर्षमै पुगिसकेपछि हामीले पनि जानेहरूलाई खुसीका साथ विदाई गर्ने निर्णयमा पुगेका हौँ । यो तिक्ततापूर्ण होइन, जेन्टलम्यान विभाजन हो ।’

उनले भट्टराई पक्षले वर्तमान कानुनबमोजिम विभाजनका लागि ४० प्रतिशत पुर्‍याउन नसक्ने भएकाले जानेहरूलाई खुसीसाथ विदाई गर्ने बताए । ‘हिजो सहमतिमै पार्टी एकता भएको हो, अहिले पनि सहमतिमै छुटौँ भन्ने अध्यक्षज्यूको कुरा हो,’ उनले भने, ‘विदा भएर जानेलाई हामीले कारबाही नगर्ने भनेका छौँ ।’

अध्यक्ष यादवले बहुमतको बलमा पार्टीभित्र एकलौटी गर्न थालेको भन्दै यसअघि भट्टराई पक्षले यादवविरुद्व हस्ताक्षर अभियान चलाएको थियो । तर, ४० प्रतिशत पुर्‍याउन नसकेको यादव पक्षको भनाइ छ ।

स्रोतका अनुसार भट्टराईले पार्टी फुटाउन ४० प्रतिशत नपुगेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर २० प्रतिशत संख्या पुर्‍याए पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याइदिन समेत माग गरेका थिए । तर, देउवाले अस्वीकार गरेका थिए ।

‘पार्टी मिल्यो, तर मन मिलेनँ । त्यसैले उहाँहरूले पार्टीको हितविपरीत काम गर्न थाल्नुभयो, पार्टी फुटाउन बहुमत बटुल्ने प्रयास पनि गर्नुभयो,’ यादव पक्षीय अर्का एक नेताले भने, ‘पार्टीमै बसेर अहित हुने काम गर्नुभन्दा अलग हुनु राम्रो हो । पार्टी फुटाउन त उहाँहरूसँग आवश्यक संख्या पुग्दैन । त्यसैले जानेका लागि हामीले बाटो खुला गरिदिएका हौँ ।’

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो । भट्टराई र यादव मिलेपछि बनेको संघीय समाजवादी पार्टीमा ०७७ को बैशाखमा महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी समेत मिसिएपछि जनता समाजवादी पार्टी बनेको थियो । ठाकुर भने यसअघि नै जसपाबाट अलग भइसकेका छन् ।

भट्टराईले यादवले एकलौटी गर्न थालेपछि विधानबमोजिम अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए । तर, यादवले त्यो स्वीकारेका थिएनन् । पार्टीभित्रको विभाजन रोक्न अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राई सम्मिलित हेड क्वार्टर गठन गरेर त्यसमार्फत् सहमति खोज्ने र निर्णय गर्ने अभ्यास गर्न खोजिएको थियो । तर, यादवले हेर्ड क्वार्टरमा समेत छलफल नगरी एकलौटी गर्न खोजेको भट्टराई पक्षले आरोप लगाउँदै आएको छ । यादव पक्षले सोमबार साँझ बैठक बसेर पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गरेपछि विवाद थप चर्किएको थियो ।

केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ पार्टीमा बस्न नसक्नेहरूलाई छोडेर जाने बाटो खुला भएको बताउँछन् । ‘कानुनबमोजिम पार्टी फुटाउन ४० प्रतिशत संख्या चाहिने हो । अहिले त्यो अवस्था छैन । तर, नेताहरूबीच सहमतिमै अलग अलग बाटोबाट अघि बढ्ने सहमति भएको कुरा छ, त्यो सबैको लागि कल्याण हुने कुरा हो,’ उनले भने ।

नेताहरूका अनुसार अब जसपाबाट भट्टराई अलग भए पार्टीको नाम र चुनाव चिन्ह भने यादवसँगै रहनेछ । भट्टराईले नयाँ पार्टी खोल्नुपर्नेछ ।

हाल जसपामा ३३ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ भने राष्ट्रियसभाबाहेक २१ जना सांसद् छन् । केन्द्रीय समिति ५०३ सदस्यीय छ । कार्यकारिणी समितिमा भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीका आठ जना नेता छन् ।

भट्टराईले आफू जसपाबाट अलग हुँदा राजकिशोर यादव, महेन्द्र राय यादवसहित सांसदहरुको समेत साथ पाउने अपेक्षा राखेका छन् । तर, राजकिशोर भने आफुलाई त्यसबारे कुनै जानकारी नभएको बताए ।

दिलमायाले फेसबुक चलाउने मोबाइल खोज्दै प्रहरी

0

१५ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार राति १ः१० बजे ‘कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भयो ।

सोही दिन ११ बजेतिर कोठामा घोप्टो परिरहेको अवस्थामा उनको शव भेटियो । तर घरमा मोबाइल चाहिँ भेटिएन । प्रहरीले मंगलबार पनि घटनास्थलमा गएर फेरि खानतलासी लियो, यद्यपि मोबाइल भेटिएन ।

राति सँगै बसेका प्रेमी सूर्य श्रेष्ठले झुण्डिरहेको अवस्थामा देखेपछि सल निकालेर तल झारेको बताएका छन् । साथै, आत्तिएका कारण सल लिएर महाराजगञ्जको झाडीमा फ्याँकेको बयान दिएका छन् । सोही बयानको आधारमा सल पनि बरामद भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचले सुनारको मृत्यु ‘ह्याङ्गिङ’कै कारण भएको देखाएको छ । तर श्रेष्ठविरुद्ध चाहिँ प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद लिएको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘परिवारले दिएको जाहेरी लिन्न भन्न मिल्दैन, अनुसन्धानबाट जे देखिन्छ, त्यही अनुसारको प्रतिवेदन लैजान्छौं ।’

माघयता लुम्बिनीमा एक बोरा पनि युरिया झरेन

0

१५ असार, बुटवल । गाउँमा मल नपाएपछि रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ का किसान टिकाराम अधिकारी भारतबाट तस्करी गरेर ल्याएको मल पाइन्छ कि भनेर २० किलोमिटर यात्रा गरेर रुपन्देहीकै दक्षिणी क्षेत्र बेथरी पुगे ।

बेथरीमा मल त पाए, तर महँगो । त्यसमाथि गुणस्तरहीन । उनलाई ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाको अनुहार’ भने जस्तै भयो ।

‘सहकारीमार्फत गाउँमा प्रति बोरा २३ सय रुपैयाँमा पाइने डीएपी मललाई बेथरीमा ३५ सय भनेपछि त्यत्रो महँगो तिर्न नसकेर रित्तै फर्किएँ’, अधिकारीले भने, ‘ब्याड राख्दा पनि मलका लागि यस्तै दुख पाइयो, रोप्ने बेलासम्म पाइन्छ भन्दै सहकारीले भुलाए तर पाइएन ।’

डीएपी मल नपाएपछि अधिकारीले सल्फर, पोटास र युरिया मात्रै हालेर १० कठ्ठा खेतमा रोपाइँ गरेको बताए । बाँकी १० कठ्ठा खेत मल पाएपछि रोपाइँ गर्ने अधिकारी बताउँछन् ।