Home Blog Page 155

सात बर्षदेखि व्यवस्थापन समिती विहिन बन्दै उत्तरगँगा नमुना मावि

0

साउन १० गते
पश्चिम बागलुङकै पुरानो र धेरैलाई शिक्षाको ज्वती दिँदै आएको उत्तरगँगा नमुना माध्यमिक विद्यालय बुर्तिबाङले विद्यालय व्यवस्थापन समिती नपाएको करिव सात बर्ष पुगेको छ ।
लामो समयदेखि विद्यालय व्यवस्थापन समिती र प्रध्यानाध्यापक नियूक्ति व्यवस्थापनको विषयमा विवादमा राजनिती घुसेर रोमलीएको उक्त विद्यालय पछिल्लो समय राजनैतिक हतियार बन्नबाट थोरै मुक्त भएजस्तो देखिएपनीसात बर्षदेखि व्यवस्थापन समिती विहिन बनेको हो ।
२०७३ सालमा बुर्तिबाङका चुडाबहादुर कुवँर अध्यक्ष रहने गरी व्यवस्थापन समितीको गठन त भयो तर उक्त समितीले पूर्णता पाउन सकेन अभिभाबक भेलाबाट हुने व्यवस्थापन समिती गठन प्रकृयामा अभिभाबकको उपश्थिती कम भएको र बहुमतबाट समिती गठन नभएको भन्दै विरोध भएपछि उक्त समितीले काम गर्ने अवसर नै पाएन त्यसपछि लगत्तै समिती विहिन वनेको विद्यालयमा व्यवस्थापन समिती गठन गर्ने विषयमा नत स्थानीय सरकारले चासो देखायो न अभिभाबकले चासो देखाए नत यहाँका वौद्धिक सर्कल र राजनैतिक दलले चासो देखाए
विद्यालयको योजना , प्रशासनिक व्यवस्थापन देखि शैक्षिक र भौतिक गुणस्तर सुधार गर्न र विद्यालयलाई थप व्यवस्थित बनाउन नियमन गर्न व्यवस्थापन समिती र शिक्षक अभिभावक सँघको गठन हुनुपर्ने थियो तर त्यता तिर कसैको ध्यान जान सकेको पाइँदैन विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म करिव एक हजार चारसय विद्यार्थीले अध्ययन गर्दे आइरहेको छन ।
२०७७ सालमा विभिन्न सुचकको आधारमा नमुना माध्यमिक विद्यालयको ?पमा स्थापित भयो पछिल्लो समय भौतिक सँरचना निर्माणले राम्रै प्राथमिकता पाइरहेको छ पुर्नर निर्माण प्राधिकरण,ढोरपाटन नगरपालिका र सँघिय सरकारबाट आइरहने निरन्तरको बजेटबाट भौतिक सँरचना निर्माणको काम धमाधम भएपनी व्यवस्थापन समिती गठन नहुँदा प्रशासनिक देखि अधिकाँस काम नगरपालिका मातहतबाट भइरहेको विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेलले बताउनु भयो ।
विद्यालयका अधिकाँस काम नगरपालिकाको अनुमती लिएर सम्पादन भइरहेको छ २०७५ सालदेखि विद्यालयमा प्रध्यानाध्यापकको ?पमा इश्वरी प्रसाद पौडेलले सम्हाल्दै आउनु भएको हो । लामो समय प्रध्यानाध्यापकको विवादमा ?मलिएको विद्यालय अहिले व्यवस्थापन समिती नपाएर अपुरो बनेको छ ।
व्यवस्थापन समिती गठन प्रकृयामा सहयोग गर्ने व्यवस्थापन गर्ने स्थानिय तह समेत जिम्मेवारीबाट अलि बाहिर देखिन्छ ढोरपाटन स्थानियत तहको दोश्रो निर्वाचन पछि नगरपालिकामा नगर शिक्षा समिती बन्न सकेको छैन नगर शिक्षा समिती मातहत रहेर व्यवस्थापन समिती लगाएत शैक्षिक क्षेत्रको विकास हुनुपर्नेमा समितीनै नभएका कारण झनै समस्या देखिएको छ ।
नगर कार्यपालिका बैठकमा समेत उत्तर गँगा माविमा व्यवस्थापन समिती गठन गर्ने भन्ने विषयमा छलफल भएको थियो नगर शिक्षा समिती गठन भएको छैन समिती पनी गठन गर्ने र व्यवस्थापन विद्यालयमा समितीलाई समेत पूर्णता दिने गरी आफुह?ले काम गर्ने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराइले बताउनु भयो ।

सिंहदरबारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता ।।

0

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरे ।

बुर्तिबाङ देखि छुटेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

0

बुर्तिबाङ साउन ८ गते

बागलुङको बुर्तिबाङबाट छुटेको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन ।बुर्तिबाङ बाट  विहान १० बजे बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार बेलुकी ५ बजेतरि दुर्घटना भएको हो ।
लुम्बिनी  प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ । पश्चिम नेपाल यातायातको उक्त बस बुर्तिबाङ देखि ४ जना यात्रु लिएर बुटवलका लागी हिँडेको कर्मचारी दिपक वि.क ले बताए ।बस सडक देखि करिव चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

ढोरपाटन ४ का डिल बहादुर शेर्बुजाको परिवारलाई तिनलाख पचास हजार बढि सहयोग

0

साउन ७ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिका ४ का डिल बहादुर शेर्बुजाको उपचारको निम्ती विभिन्न सहयोगी दाता बाट पठाइएको ३ लाख ५० हजार बढी आर्थिक सहयोग रकम परिवारलाई हस्तान्त्रण गरीएको छ ।
कलेजो र निमोनियाँका कारण लामो समय देखि आर्थिक समस्याले उपचारबाट वञ्चित भएका शेर्बुजालाई उनको उपचारमा राहत पु¥याउने उदेश्य सहित स्वदेश तथा विदेशबाट सँकलन भएको आर्थिक राहत रकम निजका परिवारलाई हस्तान्त्रण गरीएको ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य कुल बहादुर छन्त्याले बताउनु भयो ।
ढोरपाटन नगरपालिका ४ लुकुरवन किरीदोभान घर भएका शेर्बुजा लामो समय देखि विरामी पर्नुभएको थियो निजको आर्थिक अवस्था कमजोर भएपछि विभिन्न तहबाट आर्थिक सँकलन अभियान अगाडी बढाइयो तर सिकिस्त बनेका शेर्बुजाको शनिवार निधन भएको हो ।
शेर्बुजाको घरमा ४ छोरी मात्र रहेका छन १ छोरा थिए उनको पनी २०७७ सालमा निधन भएको थियो चार छोरी मध्ये जेठी छोरी समेत अशक्त हुनुहुन्छ गाउँका सबैको सल्लाह अनुसार आफुहरुले माहिली छोरी तेज कुमारी शेर्बुजालाई विभिन्न दाताबाट सँकलन भएको ३ लाख ५६हजार ६ सय १० रुपैयाँ आर्थिक सहयोग रकम एक कार्यक्रम गरेर हस्तान्त्रण गरीएको बताइएको छ ।
डिल बहादुरको नाममा आएको रकम उहाँको निधन भएपनी परिवारका सदस्यले प्राप्त गर्ने गरी उपलब्ध गराइएको छ आर्थिक सँकलनमा युरोप नेपाली एकता समाजका सदस्य आयरल्यान्डमा रहनुभएका अमर छन्त्यालको विशेष नेतृत्वमा १ लाख १५ हजार २ सय पचास रुपैयाँ ,पोर्चुगलमा रहनु भएका राजेश छन्त्याल र डेनमार्कमा रहनु भएका खगेन्द्र श्रेष्ठको विशेष नेतृत्वमा १ लाख ३ हजार ४ सय ६० रुपैयाँ ,बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीको विशेष नेतृत्वमा सँकलन भएको रु १ लाख ३७ हजार ९ सय गरी कुल ३ लाख ५६ हजार ६ सय १० रुपैयाँ रकम परिवारलाई हस्तान्त्रण गरीएको हो ।
केहि समय पहिले ढोरपाटन नगरपालिका वडा नं. १ र ४ बाट सँकलीत रु दुई लाख पाँच हजार तिन सय रुपैयाँ डिल बहादुरर्ला हस्तान्त्रण गरीसकिएको बताइएको छ । आज आयोजित राहात हस्तान्त्रण कार्यक्रममा राष्ट्रीय जनमोर्चा ढोरपाटन ४ का उपाध्यक्ष गौरीप्रसाद अर्गेजाको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य कुल बहादुर छन्त्यालको विशेष उपश्थितीमा हस्तान्त्रण गरीएको हो कार्यक्रम इन्द्रमान छन्त्यालले सञ्चालन गर्नुभएको हो ।

वि.पी. स्मृर्तिमा नेपाली काँग्रेसद्धारा बुर्तिबाङ बजारमा सरसफाई

0

साउन ६ गते
महामानव वि.पी. कोइरालाको ४० औँ स्मृती दिवशको अवसरमा नेपाली काँग्रेसद्धारा बुर्तिबाङ बजारमा सरसफाई कार्यक्रम भएको छ ।
नेपाली काँग्रेस ढोरपाटन नगर समितीको आयोजनामा ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजारमा सडक तथा सार्वजनिक स्थलको फोहोर सँकलन गरी व्यवस्थापन गरीएको छ ।
नेपाली काँग्रेस ढोरपाटन नगर सभापती कृष्ण के.सीको अगुवाईमा बुर्तिबाङ साइन रेसुङगा बैँक देखि सुरु गरीएको सरसफाई कार्यक्रम फाँट बजार तथा विभिन्न सार्वजनिक स्थलमा रहेको फोहोर सँकलन र व्यवस्थापन गर्दे वि.पी. स्मृर्ती दिवश मनाइएको नेपाली काँग्रेस महादिवेशन प्रतिनिधी सोम बहादुर पौवीले बताउनु भयो ।
पार्टीका पुर्व नगर सभापती सालिकराम सर्मा, ढोरपाटन नगरपालिका वडा नंं १ का अध्यक्ष वान बहादुर छन्त्याल, कार्यपालिका सदस्य नविन शेरचन, विमला महत लगाएतको उपश्थितीमा सरसफाई कार्यक्रम गरीएको नेपाली काँग्रेस ढोरपाटन १ का सभापती वान बहादुर छन्त्यालले बताउनु भयो ।

बुर्तिबाङ ढोरपाटन यातायातले तमानखोलामा विस्तार ग¥यो यातायात सेवा

0

साउन ६ गते

बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली.बुर्तिबाङद्धारा तमानखोला गाउँपालिकामा आफनो सेवा विस्तार गरेको छ । २०७३ सालमा स्थापना भएको उक्त सँस्थाले पश्चिम बागलुङ विभिन्न ४ पालिकाका नागरीकलाई जिप, भ्यान तथा ट्याक्सी मार्फत सेवा दिँदै आएको हो ।
शुक्रबार एक कार्यक्रमका विच तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान बजारमा सम्पर्क कार्यालयको उद्धघाटन गर्दे दैनिक रुपमा वोङगादोभान –पोखरा सिधारुपमा जिप सेवा सञ्चालन गर्ने र ग्रामिण क्षेत्रमा जिप, भ्यान र ट्याक्सि मार्फत सेवा उपलब्ध गराउने गरी सेवा विस्तार गरीएको सँस्थाका अध्यक्ष विनोद भण्डारीले बताउनु भयो ।
तमानखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष नारायण सुनारको प्रमुख आतिथ्यतामा उद्धघाटन सुभारम्भ गरीएको कार्यक्रममा सुनारले वोल्दै तमानखोला गाउँपालिकाका नागरीकको सेवा र सुविधाका निम्ती बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली. लिएको कार्यक्रम अत्यन्तै रचनान्मक रहेको बताउँदै बोङगादोभान –बुर्तिबाङ तथा ग्रामिण क्षेत्रमा जिप तथा पिकअपले लिएको भाडा समायोजन गर्न र आवस्यक मापडण्डमा सवारीका साधन स्वस्थ्य प्रतिस्प्रर्धाबाट सञ्चालन गर्नका निम्ती सहयोग पुग्ने अपेक्षा गर्दे यातायात सेवाको सञ्चान सेवा विस्तार तथा नागरीकको सहायतामा तमानखोला गाउँपालिकाले पनी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आयोजित कार्यक्रममा सँस्थाका सचिव नर बहादुर क्षेत्रीले वोल्दै यातायात क्षेत्रको विस्तार र नागरीकको सेवाका निम्ती आफनो सँस्थाले तमानखोलामा सेवा प्रवाह अगाडी बढाएको बताउँदै विना मापडण्ड र विधान विपरित रातो प्लेटमा रहेर जथाभावी व्यवसाहिक रुपमा मानिस ओसार्ने सवारीका साधनलाई कार्वाहीको दायरामा ल्याउन र मनपरि रुपमा भाडा असुलीलाई कम गर्नमा समेत आफुलहरुले भुमिका खेल्ने बताउनु भयो ।
आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य नविन शेरचन, तमानखोला गाउँपालिका प्रशासन सहाएक मुना वि.क., इलाका प्रहरी वोङगादोभानका प्रमुख , ट्राफिक प्रह्री ,अजोड इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा प्रमुख नरिश्वर घिमिरे लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको हो । कार्यक्रम सँस्थाका उपाध्यक्ष होम बहादुर पुनको स्वागत कर्मचारी दिपक खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

निसीखोला ३ नं. वडालाई भैँसि पकेट क्षेत्र घोषणा गरीयो कृषकले उन्नत जातका भैँसि पाल्दै

0

साउन ४ गते
निसीखोला गाउँपालिकाले वडा नं. ३ लाई भैँसि पकेट क्षेत्र घोषण गर्दे विभिन्न कार्यक्रम अगाडी बढाएको छ ।
गाउँपालिकालाई क्रमश दुग्धजन्य पर्दाथमा आत्मनिर्भर बनाउने र कृर्षि तथा पशुपालन मार्फत आय आर्जनका कार्यक्रमलाई समेत अगाडी बढाउने उदेश्य सहित वडा नं. ३ लाई भैँसि पकेट क्षेत्र घोषणा गरीएको गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तिले बताउनु भयो ।
गाउँपालिकाद्धारा ससर्तको कार्यक्रम अन्र्तगत पशु शाखा कार्यालय मार्फत स्थानिय कृर्षि तथा पशु विकास समितीसँग सम्मोन्य गर्दे उन्नत जातका भैँसिका पाडा वितरण, भकारो सुधार तथा कृर्षि शाखा मार्फत कृर्षि उत्पादन र तालिममा सहजिकरण भइरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनु भयो ।
पालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा १५ वटा उन्नत जातको मुर्रा भैँसिका पाडा र १ राँगो हस्तान्त्रण गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा ७ वटा भैँसि वितरण गरेको छ एघार लाख रुपैयाँ गाउँपालिकाको अनुदान र पाँच लाख रुपैयाँ कृषकको लगानी गरी कुल सोह्र लाख रुपैयाँमा यस पटक भैसि खरिद गरी कृषकलाई हस्तान्त्रण गरीएको पशु शाखा प्रमुख कृष्ण चन्दको भनाई छ ।
कृषकलाई व्यवसाहिक बनाउन र दुग्धजन्य पर्दाथमा आत्मनिर्भर बनाई उत्पादन सँग जोड्नका निम्ती भैँसिपालक १३७ घरधुरीका कृषकका लागी पशु स्वास्थ्य शिविर सञ्चालन ,भकारो सुधार तथा उन्नत जातका घाँसको विउ हस्तान्तरण गरीएको चन्दको भनाई छ ।
अनुदानमा दिएका भैँसि तथा राँगोको पालिकाले नै निःशुल्क वीमा गर्दे आएको छ । यस वर्ष मात्रै ३० जना कृषकको भकारो समेत सुधार गरीएको छ यो कार्यक्रम क्रमश अन्य कृषक सँग समेत जोड्दै जाने भएका कारण कृषकलाई अनुदानमा भैँसि तथा राँगो लिएर दुध उत्पादन र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनु भयो ।

ढोरपाटनमा कार्यपालिका बैठक बहिस्कार ःनगरप्रमुखले आफुखुसि निर्णय गरेको आरोप

0

असार २८ बागलुङ
ढोरपाटन नगरपालिकाको दोश्रो कार्यपालिका बैठक मँगलबार विषयवस्तुमा प्रवेश नगर्दे गठवन्धनबाट निर्वाचित जनप्रतिनिधिले वहिस्कार गरेका छन ।
उनिहरुले नगरप्रमुख देवकुमार नेपालीले आफनो कर्तव्य विपरित रहेर मनोमानी रुपमा शिक्षक खटन पटन गर्ने, कर्मचारी राख्ने, कर्मचारी मनमर्जी सरुवा गर्ने, आफनै तवरले कर्मचारी निकाल्ने पार्टीमा फरक आस्था राखेकै भरमा सरुवा तथा कार्वाही गर्ने जस्ता मनोमानी गतिविधी गरेको भन्दै आजको कार्यपालिका बैठक बहिस्कार गरीएको उपमेयर धनबहादुर कायतले बताउनु भयो ।
नगरपालिकालाई विधी र पद्धतीमा लैजानु पर्छ भन्ने हाम्रो मान्यता हो मेयर सापकै आदेशमा ढोरपाटन नगरपालिका ६ मा रहेको विध्याविकाश माविमा नियम विपरित एकलौटी ढँगले प्रअको नियूक्ति भयो । लामो समय सम्म प्रअ र विद्यालय व्यवस्थापन नभएको उक्त विद्यालयमा २०७८ चैत्र २० गते नगर शिक्षा समितीको निर्णय भन्दै २०७९ जेठ २७ गते राजनैतिक आस्थाकै भरमा निमावि राहत कोटाको शिक्षकलाई प्रध्यानाध्यापक बनाइयो यो कसरी र किन भयो भन्ने कार्यपालिका सदस्यको जिज्ञासा थियो ।
शिक्षा नियमावली २०४९ को परिक्षेद १७ नियम ९३ को व्यवस्था तथा ढोरपाटन नगरपालिकाको शिक्षा नियमावली २०७५ को परिच्छेद ९ को नियम ५९ मा रहेको व्यवस्था विपरित रहेर शिक्षकलाई आफुखुसि प्रध्यानाध्यापक नियूक्ति गरीएको छ ।
उता मेयर सावकै आदेशमा ढोरपाटन नगरपालिकाका स्वास्थ्य सम्योजक फेरवदल गरीएको छ २९ जना कर्मचारी कुनै पद्धती विना मनोमानी हटाइएको छ राजनैतिक आस्थाका आधारमा आफुले आस्था मान्ने पार्टी भन्दा फरक पार्टीमा आस्था राख्ने शिक्षक, कर्मचारीलाई कार्वाही, सरुवा गर्ने सम्मका गतिविधी चरम बढेको भन्दै त्यस्ता अराजक गतिविधी रोक्न र नगरपालिकालाई पद्धतीमा लैजान आफुहरुले कार्यपालिका बैठक वहिस्कार गर्न वाध्य भएको गठवन्धनबाट निर्वाचित जनप्रतिनिधीको अरोप छ ।

ढोरपाटन नगरपालिकामा २०७९ को निर्वाचन पछि एउटा मात्रै कार्यपालिका बैठक बसेको छ आर्थिक बर्ष २०७९÷८० को निती कार्यक्रम नगरसभामा गत असार १० गते प्रस्तुत भएपनी बजेट तथा योजनाका विषयमा टेवल हुन नसकेको हो । जनताले आफनो टोल वडामा कस्ता योजनाले प्राथमिकता पाए भन्ने विषयमा निकै चासो लिएर सोध्छन तर हालसम्म बजेट तथा योजनाको विषय अझैसम्म निक्यौल निक्लन सकेको छैन कार्यपालिका सदस्य नविन शेरचनले बताउनु भयो ।

आजको कार्यपालिका बैठकमा विभिन्न पाँच वटा विषय वस्तुमाथी छलफल गर्ने योजना थियो जसमा ढोरपाटन नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना अनुमोदन गर्ने सम्वन्धमा, झोलुङ्गे पुल निर्माण सामाग्री आपूर्तिकर्ता फर्मको म्याद थप गर्ने सम्वन्धमा, स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्ने सम्वन्धमा र आर्थिक बर्ष २०७९÷०८० को निती, कार्यक्रम र बजेट स्वीकृत गर्ने सम्वन्धमा प्रस्ताव राखिएको थियो तर कार्यपालिका सदस्यले नगरपालिकालाई पद्धती निती र विधीबाट लैजानुपर्नेमा त्यसो हुन नसकेका कारण आजको बैठक बहिस्कार गर्न वाध्य भएको वडा नं. ७ का अध्यक्ष धनबहादुर अदैले बताउनु भयो

बुर्तिबाङमा सञ्चालित प्रथम अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र/छात्रा भविल प्रतियोगिता सम्पन्न

0
अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा भविल प्रतियोगिता सम्पन्न
अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा भविल प्रतियोगिता सम्पन्न

असार २६ गते आइतबार
बुर्तिबाङमा शुक्रबारदेखि सुरु भएको प्रथम अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल तथा ३५ बर्ष माथिको पुरुष मैत्रीपूर्ण भलीवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
ढोरपाटन मल्टि स्पोर्टस ट्रेनिङ सेन्टर (क्लव) को आयोजनामा सञ्चालित भलिवल प्रतियोगितामा ढोरपाटन नगरपालिका अन्र्तगत रहेका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका छात्र ÷छात्राले सहभागिता जनाएका हुन् । १२ समुहको सहभागिता रहेको छात्र भलिवल प्रतियोगितामा प्रकाश मावि ढोरपाटन ४ प्रथम, शिवालय मावि ढोरपाटन ५ दिर्तिय र उत्तरगँगा मावि ढोरपाटन १ तिर्तिय भएका छन । प्रथम दिर्तिय र तिर्तिय हुने समुहले क्रमश बीस हजार, पन्द्र हजार र दस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।
छात्रा भलीवल तर्फ विध्याविकाश मावि प्रथम, शिवालय मावि दिर्तिय र प्रकाश मावि तिर्तिय स्थान लिन सफल भएको हो । छात्रा तर्फ उत्कृष्ट हुने समुहले क्रमश ः पन्द्र हजार, दशहजार र पाँच हजार रुपैयाँ प्राप्त गरेका छन । त्यसैगरी ३५ बर्ष माथिका पुरुषहरुका लागि आयोजना गरीएको मैत्रीपूर्ण भलीवल प्रतियोगितामा ढोरपाटन समुह बुर्तिबाङ प्रथम, तमानखोला गाउँपालिका समुह दिर्तिय भएका छन ४ समुहको सहभागिता रहेको प्रतियोगितामा प्रथम र दिर्तिय हुने समुहले क्रमश खसि र वोका पुरस्कार स्वरुप प्राप्त गरेका छन ।
शुक्रबार देखि सुरु भएको प्रतियोगिताको उद्धघाटन ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले उद्धघाटन गर्नुभएकोमा समापन सत्रको कार्यक्रम उपप्रमुख धनबहादुर कायतले प्रमुख अतिथीको रुपमा उद्धघाटन सहित खेलाडिलाई पुरस्कृत गर्नुभएको हो । खेलक्षेत्रको विकास र जुनियर वालवालिकालाई उनिहरुको क्षमता प्रस्फुटन गर्नका निम्ती क्लबले यस्ता खेलकुदका कार्यक्रमको सुरुवात गरेको क्लव अध्यक्ष निलकुमार घर्तिले बताउनु भयो ।

बुर्तिबाङमा पाँच विधुत आयोजना हुँदा पनी उपभोक्तालाई निरन्तर समस्या

0

असार २४ बागलुङ
बागलुङको दोश्रो व्यापारिक केन्द्र त्यसैमाथी मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने १० नमुना शहर मध्येको एक हो बुर्तिबाङ शहरमा विधुत समस्या हुँदा स्थानियले लामो समय देखि हैरानी खेप्दै आएका छन ।
नमुना शहरका स्पमा स्थापित गराउने र १ लाख जनसँख्या अट्न सक्ने क्षमताको बृद्धि गराउँदै विकास र पुर्वाधारको काम हुनुपर्ने बुर्तिबाङमा पछिल्लो समय जनघनत्व क्रमिक रुपमा बृद्धि हुँदै गएको छ तर विगत देखि वर्तमान सम्म यहाँका जनताले सहज तरिकाले विधुतको उपभोग गर्न भने पाएका छैनन् । अव त केन्द्रिय विधुत आयो भनेर करिव दुईबर्ष पहिले मख्ख पर्दे घरघरमा विधुत जडान गरेका उपभोक्ता अहिले केन्द्रिय विधुतको गति देखेर हैरानी खेप्दै छन ।
बुर्तिबाङ बजारमा मात्रै ५ वटा विधुत आयोजना छन अधिकाँसको घरमा दुई वा सो भन्दाबढि विधुत जडान गरीएको छ तर बजार बासिको समस्या भने जस्ताको त्यस्तै छ । बजारमा केन्द्रिय विधुत सँगै आरसिजी माइक्रो हाइड्रो १ र २ गरी दुइ वटा रिठाखोला लघुजलविधुत आयोजना र भुजीखोला लघुजलविधुत आयोजना गरी पाँचवटा विधुत आयोजनाबाट विधुत प्रवाह भइरहेपनी बजार माग धान्न नसकेको हो ।
केन्द्रिय विधुत दैनिक ५०÷६० पटक आउने जाने गर्दछ नत चर्का घाम लाग्न मिल्ने नत पानी पर्न मिल्ने कतिखेर जान्छ पत्तै हुँदैन कहिले बढि भोल्टेलमा त कहिले निकै कम विधुत प्रवाह हुँदा उपभोक्ता भने वाक्क भइसकेका छन ।
नेपाल विधुत वितरण केन्द्र वागलुङका प्रमुख इन्जिनीयर दिलिप मरासिनीका अनुसार विचमा सबस्टेशन नभएको र लामो दुरीबाट सिधा तार मार्फत विधुत ल्याउँदै गर्दाे विधुत नियमित हुन नसकेको बताउँदै सब स्टेशन निर्माण भएपछि मात्र समस्याको समाधान हुने बताए ।
समस्या भएको र सबस्टेशन तयार भइनसकेका कारण विधुत प्रवाहमा समस्या भएको बताउनु भयो ।
आगामी मँसिर महिना सम्म ढोरपाटन २ मा वन्न लागेको सबस्टेशन निर्माण सम्पन्न भएपश्चात विधुत प्रवाह नियमित हुने मरासिनीको भनाई छ ।
बुर्तिबाङ बजार बाहेक आसपासका क्षेत्रमा समेत दुई बर्ष देखि विधुत तार टाँगिएपनी आयोजनाकै आनाकारीनकै कारण हालसम्म उपभोक्ताले विधुत प्रयोग गर्न पाएका छैनन ।
यता बजार क्षेत्रमा रहेको आइसिजि माइक्रो आयोजना केन्द्रिय विधुत रहँदा आउने र केन्द्रिय विधुत नभएको खण्डमा सँगै जाने समस्या छ केन्द्रिय विधुत र आरसिजी माइक्रो जडान गरेका ग्राहकले वढि मात्रामा समस्या झेल्नुपरेको छ । विधुतको भोल्टेज पनी सहि नहुने र नियमित नहुने समस्याले व्यवसाहीले निकै सास्ती खेप्नु परेको स्थानिय व्यवसाही तेजिन्द्र के.सी ले बताउनु भयो । बजारमा मात्रै बार्षिक करिव ५० नयाँ घर बन्दै आएका छन बार्षिक ग्रिल फर्निचर लगाएतका उध्योग कलकारखानाद सञ्चालनमा छन तर विधुत समस्याकै कारण बढिामात्रामा व्यवसाही मर्कामा परेका हुन ।नयाँ शहरमा जनसँख्या तिव्र बृद्धि हुँदै गर्दा विधुतको समस्यामा भने कसैको ध्यान जान सकेको छैन ।