बुर्तिबाङमा सञ्चालित प्रथम अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र/छात्रा भविल प्रतियोगिता सम्पन्न

असार २६ गते आइतबार
बुर्तिबाङमा शुक्रबारदेखि सुरु भएको प्रथम अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल तथा ३५ बर्ष माथिको पुरुष मैत्रीपूर्ण भलीवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
ढोरपाटन मल्टि स्पोर्टस ट्रेनिङ सेन्टर (क्लव) को आयोजनामा सञ्चालित भलिवल प्रतियोगितामा ढोरपाटन नगरपालिका अन्र्तगत रहेका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका छात्र ÷छात्राले सहभागिता जनाएका हुन् । १२ समुहको सहभागिता रहेको छात्र भलिवल प्रतियोगितामा प्रकाश मावि ढोरपाटन ४ प्रथम, शिवालय मावि ढोरपाटन ५ दिर्तिय र उत्तरगँगा मावि ढोरपाटन १ तिर्तिय भएका छन । प्रथम दिर्तिय र तिर्तिय हुने समुहले क्रमश बीस हजार, पन्द्र हजार र दस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।
छात्रा भलीवल तर्फ विध्याविकाश मावि प्रथम, शिवालय मावि दिर्तिय र प्रकाश मावि तिर्तिय स्थान लिन सफल भएको हो । छात्रा तर्फ उत्कृष्ट हुने समुहले क्रमश ः पन्द्र हजार, दशहजार र पाँच हजार रुपैयाँ प्राप्त गरेका छन । त्यसैगरी ३५ बर्ष माथिका पुरुषहरुका लागि आयोजना गरीएको मैत्रीपूर्ण भलीवल प्रतियोगितामा ढोरपाटन समुह बुर्तिबाङ प्रथम, तमानखोला गाउँपालिका समुह दिर्तिय भएका छन ४ समुहको सहभागिता रहेको प्रतियोगितामा प्रथम र दिर्तिय हुने समुहले क्रमश खसि र वोका पुरस्कार स्वरुप प्राप्त गरेका छन ।
शुक्रबार देखि सुरु भएको प्रतियोगिताको उद्धघाटन ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले उद्धघाटन गर्नुभएकोमा समापन सत्रको कार्यक्रम उपप्रमुख धनबहादुर कायतले प्रमुख अतिथीको रुपमा उद्धघाटन सहित खेलाडिलाई पुरस्कृत गर्नुभएको हो । खेलक्षेत्रको विकास र जुनियर वालवालिकालाई उनिहरुको क्षमता प्रस्फुटन गर्नका निम्ती क्लबले यस्ता खेलकुदका कार्यक्रमको सुरुवात गरेको क्लव अध्यक्ष निलकुमार घर्तिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित