ढोरपाटनमा फुटबल खेल्न काठमाडौँबाट एडभान्स एफसी आउँदै

ढोरपाटनमा आयोजना हुन लागेको आलु महोत्सव तथा जनैपूर्णिमा मेलामा सञ्चालन हुने फुटबल प्रतियोगितामा काठमाडौँको एडभान्स एफसीले सहभागिता जनाउने भएको छ।

कप्तान विपिन मगरको नेतृत्वमा रहेको एडभान्स एफसीको टोली प्रतियोगितामा सहभागी हुन ढोरपाटन आउने तयारीमा रहेको चन्द्र मगरले जानकारी दिनुभयो। ढोरपाटनमा भदौ ८ गतेदेखि १६ गतेसम्म आयोजना हुने आलु महोत्सव तथा जनैपूर्णिमा मेलाका अवसरमा विभिन्न खेलकुद प्रतियोगितासँगै सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुने टोलीले नगद १ लाख १ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

स्थानीय तथा बाह्य टोलीको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र आकर्षक बन्ने अपेक्षा गरिएको छ। ढोरपाटनको पर्यटन प्रवर्द्धनसँगै खेलकुद क्षेत्रको विकासमा समेत प्रतियोगिताले योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img