बागलुङमा डेंगु सङ्क्रमण तीव्र, साउनयता ४९१ जनामा पुष्टि

बागलुङ ।

बागलुङमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । साउन महिना लागेयता जिल्लामा ४९१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगुको मुख्य केन्द्र सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्रमा मात्रै सङ्क्रमितको संख्या ३५३ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार धौलागिरि प्रादेशिक अस्पतालमा ज्वरो आएपछि उपचारका लागि पुगेका बिरामीको प्रयोगशाला परीक्षण गर्दा ठूलो संख्यामा डेंगु पुष्टि भएको हो । कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै सङ्क्रमित बागलुङ नगरक्षेत्रमा भेटिएका छन् भने ताराखोला र बरेङ गाउँपालिकामा सबैभन्दा कम एक–एक जनामा सङ्क्रमण देखिएको छ ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गलकोट नगरपालिकामा ४१, जैमिनी नगरपालिकामा १६, ढोरपाटन नगरपालिकामा १२, काठेखोला गाउँपालिकामा २८, ताराखोलामा २, बडिगाडमा ३, निसीखोलामा ५, तमानखोलामा २ र बरेङ गाउँपालिकामा २ जनामा डेंगु पुष्टि भएको छ । यस्तै, अन्य जिल्लाका २७ जनामा समेत डेंगु देखिएको कार्यालयले जनाएको छ ।

प्रयोगशाला परीक्षणका क्रममा बुर्तिबाङ अस्पतालमा १७, कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा २, गलकोट नगर अस्पतालमा ३६ र हग्दिशिर स्वास्थ्य चौकी बरेङमा १ जनामा डेंगु पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगु पुष्टि भएका सामान्य अवस्थाका बिरामीलाई औषधी सिफारिस गरी फलोअपमा बोलाउने गरिएको छ भने जटिल अवस्थाका बिरामीलाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार भइरहेको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

यसैबीच, निजी स्वास्थ्य संस्थामा डेंगु परीक्षण गराउने बिरामीको एकीकृत तथ्याङ्क प्राप्त नभएकाले जिल्लामा डेंगु सङ्क्रमितको वास्तविक संख्या अझ बढी हुन सक्ने जनस्वास्थ्य कार्यालयले अनुमान गरेको छ ।

स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि लामखुट्टेको वृद्धि रोक्न पानी जम्ने स्थान सफा गर्ने, घर वरपर सरसफाइ कायम राख्ने तथा ज्वरोसहितका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img