
साउन ६ गते
महामानव वि.पी. कोइरालाको ४० औँ स्मृती दिवशको अवसरमा नेपाली काँग्रेसद्धारा बुर्तिबाङ बजारमा सरसफाई कार्यक्रम भएको छ ।
नेपाली काँग्रेस ढोरपाटन नगर समितीको आयोजनामा ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजारमा सडक तथा सार्वजनिक स्थलको फोहोर सँकलन गरी व्यवस्थापन गरीएको छ ।
नेपाली काँग्रेस ढोरपाटन नगर सभापती कृष्ण के.सीको अगुवाईमा बुर्तिबाङ साइन रेसुङगा बैँक देखि सुरु गरीएको सरसफाई कार्यक्रम फाँट बजार तथा विभिन्न सार्वजनिक स्थलमा रहेको फोहोर सँकलन र व्यवस्थापन गर्दे वि.पी. स्मृर्ती दिवश मनाइएको नेपाली काँग्रेस महादिवेशन प्रतिनिधी सोम बहादुर पौवीले बताउनु भयो ।
पार्टीका पुर्व नगर सभापती सालिकराम सर्मा, ढोरपाटन नगरपालिका वडा नंं १ का अध्यक्ष वान बहादुर छन्त्याल, कार्यपालिका सदस्य नविन शेरचन, विमला महत लगाएतको उपश्थितीमा सरसफाई कार्यक्रम गरीएको नेपाली काँग्रेस ढोरपाटन १ का सभापती वान बहादुर छन्त्यालले बताउनु भयो ।