निसीखोला ३ नं. वडालाई भैँसि पकेट क्षेत्र घोषणा गरीयो कृषकले उन्नत जातका भैँसि पाल्दै

साउन ४ गते
निसीखोला गाउँपालिकाले वडा नं. ३ लाई भैँसि पकेट क्षेत्र घोषण गर्दे विभिन्न कार्यक्रम अगाडी बढाएको छ ।
गाउँपालिकालाई क्रमश दुग्धजन्य पर्दाथमा आत्मनिर्भर बनाउने र कृर्षि तथा पशुपालन मार्फत आय आर्जनका कार्यक्रमलाई समेत अगाडी बढाउने उदेश्य सहित वडा नं. ३ लाई भैँसि पकेट क्षेत्र घोषणा गरीएको गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तिले बताउनु भयो ।
गाउँपालिकाद्धारा ससर्तको कार्यक्रम अन्र्तगत पशु शाखा कार्यालय मार्फत स्थानिय कृर्षि तथा पशु विकास समितीसँग सम्मोन्य गर्दे उन्नत जातका भैँसिका पाडा वितरण, भकारो सुधार तथा कृर्षि शाखा मार्फत कृर्षि उत्पादन र तालिममा सहजिकरण भइरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनु भयो ।
पालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा १५ वटा उन्नत जातको मुर्रा भैँसिका पाडा र १ राँगो हस्तान्त्रण गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा ७ वटा भैँसि वितरण गरेको छ एघार लाख रुपैयाँ गाउँपालिकाको अनुदान र पाँच लाख रुपैयाँ कृषकको लगानी गरी कुल सोह्र लाख रुपैयाँमा यस पटक भैसि खरिद गरी कृषकलाई हस्तान्त्रण गरीएको पशु शाखा प्रमुख कृष्ण चन्दको भनाई छ ।
कृषकलाई व्यवसाहिक बनाउन र दुग्धजन्य पर्दाथमा आत्मनिर्भर बनाई उत्पादन सँग जोड्नका निम्ती भैँसिपालक १३७ घरधुरीका कृषकका लागी पशु स्वास्थ्य शिविर सञ्चालन ,भकारो सुधार तथा उन्नत जातका घाँसको विउ हस्तान्तरण गरीएको चन्दको भनाई छ ।
अनुदानमा दिएका भैँसि तथा राँगोको पालिकाले नै निःशुल्क वीमा गर्दे आएको छ । यस वर्ष मात्रै ३० जना कृषकको भकारो समेत सुधार गरीएको छ यो कार्यक्रम क्रमश अन्य कृषक सँग समेत जोड्दै जाने भएका कारण कृषकलाई अनुदानमा भैँसि तथा राँगो लिएर दुध उत्पादन र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित