बुर्तिबाङ अस्पतालमा एक वर्षमा ३० हजारभन्दा बढी नागरिकले लिए स्वास्थ्य सेवा

बुर्तिबाङ । गण्डकी प्रदेश सरकार मातहत रहेको बुर्तिबाङ अस्पतालबाट आर्थिक वर्ष २०८२/०८३ मा ३० हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा ३० हजार ९६ जना बिरामीले अस्पतालबाट सेवा लिएका हुन्।

अस्पतालको तथ्यांकअनुसार सेवा लिने बिरामीमध्ये २५ हजार ९३८ जनाले बहिरंग सेवा (ओपीडी) र ४ हजार १५८ जनाले आकस्मिक सेवा लिएका छन्।

स्थानीय तहअनुसार अस्पतालबाट सबैभन्दा धेरै सेवा लिनेमा ढोरपाटन नगरपालिकाका नागरिक रहेका छन्। ढोरपाटन नगरपालिकाका १८ हजार ४०६ जनाले सेवा लिएका छन्। त्यसमध्ये १५ हजार ८६२ जना ओपीडी र २ हजार ५४४ जना आकस्मिक सेवाका बिरामी रहेका छन्।

त्यस्तै, निसीखोला गाउँपालिकाका ६ हजार १८ जना, बडिगाड गाउँपालिकाका ३ हजार ६२६ जना र तमानखोला गाउँपालिकाका २ हजार ४६ जना नागरिकले बुर्तिबाङ अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन्।

आकस्मिक सेवातर्फ कुल बिरामीमध्ये ढोरपाटन नगरपालिकाका बिरामीको हिस्सा ६१ दशमलव १८ प्रतिशत रहेको छ। निसीखोला गाउँपालिकाका बिरामीको हिस्सा २० दशमलव ३० प्रतिशत, बडिगाड गाउँपालिकाको ११ दशमलव ५० प्रतिशत र तमानखोला गाउँपालिकाको ७ दशमलव ०२ प्रतिशत रहेको अस्पत्तालमा कार्यरत जनस्वास्थ्य निरीक्षक चुडामणी कँडेलद्धारा प्रस्तुत विवरणमा उल्लेख छ ।

त्यस्तै पव्लिक हेल्थ तर्फ खोप, परिवार नियोजन, पोषण कार्यक्रम अन्र्तगत तिनहजार पाँचसय नागरिकले सेवा लिएका हुन ।

ढोरपाटन नगरपालिकाले गत १८ गते पालिका स्तरीय स्वास्थ्य संस्थाको अवस्थाका विषयमा बार्षिकसमिक्षा कार्यक्रम गरेको थियो ।

२०८१ सालमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० शय्याको अस्पतालका रूपमा स्तरोन्नति भएको बुर्तिबाङ अस्पताल पछिल्लो समय यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गएको छ।

बुर्तिबाङ अस्पतालमा चालु आर्थिक वर्षमा ४१ वटा प्रमुख शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन्।

अस्पतालका अनुसार ३८ वटा सिजेरियन (सीएस), १ वटा इन्गुइनल हर्निया र २ वटा रप्चर्ड एक्टोपिक प्रेग्नेन्सी सम्बन्धी शल्यक्रिया गरिएको हो।

अस्पतालले ३८ जना आमालाई निःशुल्क सिजेरियन सेवा प्रदान गरेको जनाएको छ। यस्तै, आकस्मिक अवस्थामा रहेका २ जना बिरामीको शल्यक्रिया गरी जीवनरक्षा सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।

बुर्तिबाङ आसपासका ढोरपाटन, निसीखोला, बडिगाड र तमानखोलालगायत स्थानीय तहका नागरिकले नियमित तथा आकस्मिक स्वास्थ्य सेवा लिन अस्पतालमा आउने गरेका छन्।  अस्पत्तालमा ६९ जनाको दरवन्दी रहेपनी दरवन्दी अनुसार कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।

सेवा प्रवाहलाई थप विस्तार गर्न दरवन्दी अनुसार कर्मचारी व्यवस्थापन अपरिहार्य रहेको नागरिकको सुझाब छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img