
असार २८ बागलुङ
ढोरपाटन नगरपालिकाको दोश्रो कार्यपालिका बैठक मँगलबार विषयवस्तुमा प्रवेश नगर्दे गठवन्धनबाट निर्वाचित जनप्रतिनिधिले वहिस्कार गरेका छन ।
उनिहरुले नगरप्रमुख देवकुमार नेपालीले आफनो कर्तव्य विपरित रहेर मनोमानी रुपमा शिक्षक खटन पटन गर्ने, कर्मचारी राख्ने, कर्मचारी मनमर्जी सरुवा गर्ने, आफनै तवरले कर्मचारी निकाल्ने पार्टीमा फरक आस्था राखेकै भरमा सरुवा तथा कार्वाही गर्ने जस्ता मनोमानी गतिविधी गरेको भन्दै आजको कार्यपालिका बैठक बहिस्कार गरीएको उपमेयर धनबहादुर कायतले बताउनु भयो ।
नगरपालिकालाई विधी र पद्धतीमा लैजानु पर्छ भन्ने हाम्रो मान्यता हो मेयर सापकै आदेशमा ढोरपाटन नगरपालिका ६ मा रहेको विध्याविकाश माविमा नियम विपरित एकलौटी ढँगले प्रअको नियूक्ति भयो । लामो समय सम्म प्रअ र विद्यालय व्यवस्थापन नभएको उक्त विद्यालयमा २०७८ चैत्र २० गते नगर शिक्षा समितीको निर्णय भन्दै २०७९ जेठ २७ गते राजनैतिक आस्थाकै भरमा निमावि राहत कोटाको शिक्षकलाई प्रध्यानाध्यापक बनाइयो यो कसरी र किन भयो भन्ने कार्यपालिका सदस्यको जिज्ञासा थियो ।
शिक्षा नियमावली २०४९ को परिक्षेद १७ नियम ९३ को व्यवस्था तथा ढोरपाटन नगरपालिकाको शिक्षा नियमावली २०७५ को परिच्छेद ९ को नियम ५९ मा रहेको व्यवस्था विपरित रहेर शिक्षकलाई आफुखुसि प्रध्यानाध्यापक नियूक्ति गरीएको छ ।
उता मेयर सावकै आदेशमा ढोरपाटन नगरपालिकाका स्वास्थ्य सम्योजक फेरवदल गरीएको छ २९ जना कर्मचारी कुनै पद्धती विना मनोमानी हटाइएको छ राजनैतिक आस्थाका आधारमा आफुले आस्था मान्ने पार्टी भन्दा फरक पार्टीमा आस्था राख्ने शिक्षक, कर्मचारीलाई कार्वाही, सरुवा गर्ने सम्मका गतिविधी चरम बढेको भन्दै त्यस्ता अराजक गतिविधी रोक्न र नगरपालिकालाई पद्धतीमा लैजान आफुहरुले कार्यपालिका बैठक वहिस्कार गर्न वाध्य भएको गठवन्धनबाट निर्वाचित जनप्रतिनिधीको अरोप छ ।
ढोरपाटन नगरपालिकामा २०७९ को निर्वाचन पछि एउटा मात्रै कार्यपालिका बैठक बसेको छ आर्थिक बर्ष २०७९÷८० को निती कार्यक्रम नगरसभामा गत असार १० गते प्रस्तुत भएपनी बजेट तथा योजनाका विषयमा टेवल हुन नसकेको हो । जनताले आफनो टोल वडामा कस्ता योजनाले प्राथमिकता पाए भन्ने विषयमा निकै चासो लिएर सोध्छन तर हालसम्म बजेट तथा योजनाको विषय अझैसम्म निक्यौल निक्लन सकेको छैन कार्यपालिका सदस्य नविन शेरचनले बताउनु भयो ।
आजको कार्यपालिका बैठकमा विभिन्न पाँच वटा विषय वस्तुमाथी छलफल गर्ने योजना थियो जसमा ढोरपाटन नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना अनुमोदन गर्ने सम्वन्धमा, झोलुङ्गे पुल निर्माण सामाग्री आपूर्तिकर्ता फर्मको म्याद थप गर्ने सम्वन्धमा, स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्ने सम्वन्धमा र आर्थिक बर्ष २०७९÷०८० को निती, कार्यक्रम र बजेट स्वीकृत गर्ने सम्वन्धमा प्रस्ताव राखिएको थियो तर कार्यपालिका सदस्यले नगरपालिकालाई पद्धती निती र विधीबाट लैजानुपर्नेमा त्यसो हुन नसकेका कारण आजको बैठक बहिस्कार गर्न वाध्य भएको वडा नं. ७ का अध्यक्ष धनबहादुर अदैले बताउनु भयो