spot_img

ढोरपाटन ४ का डिल बहादुर शेर्बुजाको परिवारलाई तिनलाख पचास हजार बढि सहयोग

साउन ७ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिका ४ का डिल बहादुर शेर्बुजाको उपचारको निम्ती विभिन्न सहयोगी दाता बाट पठाइएको ३ लाख ५० हजार बढी आर्थिक सहयोग रकम परिवारलाई हस्तान्त्रण गरीएको छ ।
कलेजो र निमोनियाँका कारण लामो समय देखि आर्थिक समस्याले उपचारबाट वञ्चित भएका शेर्बुजालाई उनको उपचारमा राहत पु¥याउने उदेश्य सहित स्वदेश तथा विदेशबाट सँकलन भएको आर्थिक राहत रकम निजका परिवारलाई हस्तान्त्रण गरीएको ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य कुल बहादुर छन्त्याले बताउनु भयो ।
ढोरपाटन नगरपालिका ४ लुकुरवन किरीदोभान घर भएका शेर्बुजा लामो समय देखि विरामी पर्नुभएको थियो निजको आर्थिक अवस्था कमजोर भएपछि विभिन्न तहबाट आर्थिक सँकलन अभियान अगाडी बढाइयो तर सिकिस्त बनेका शेर्बुजाको शनिवार निधन भएको हो ।
शेर्बुजाको घरमा ४ छोरी मात्र रहेका छन १ छोरा थिए उनको पनी २०७७ सालमा निधन भएको थियो चार छोरी मध्ये जेठी छोरी समेत अशक्त हुनुहुन्छ गाउँका सबैको सल्लाह अनुसार आफुहरुले माहिली छोरी तेज कुमारी शेर्बुजालाई विभिन्न दाताबाट सँकलन भएको ३ लाख ५६हजार ६ सय १० रुपैयाँ आर्थिक सहयोग रकम एक कार्यक्रम गरेर हस्तान्त्रण गरीएको बताइएको छ ।
डिल बहादुरको नाममा आएको रकम उहाँको निधन भएपनी परिवारका सदस्यले प्राप्त गर्ने गरी उपलब्ध गराइएको छ आर्थिक सँकलनमा युरोप नेपाली एकता समाजका सदस्य आयरल्यान्डमा रहनुभएका अमर छन्त्यालको विशेष नेतृत्वमा १ लाख १५ हजार २ सय पचास रुपैयाँ ,पोर्चुगलमा रहनु भएका राजेश छन्त्याल र डेनमार्कमा रहनु भएका खगेन्द्र श्रेष्ठको विशेष नेतृत्वमा १ लाख ३ हजार ४ सय ६० रुपैयाँ ,बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीको विशेष नेतृत्वमा सँकलन भएको रु १ लाख ३७ हजार ९ सय गरी कुल ३ लाख ५६ हजार ६ सय १० रुपैयाँ रकम परिवारलाई हस्तान्त्रण गरीएको हो ।
केहि समय पहिले ढोरपाटन नगरपालिका वडा नं. १ र ४ बाट सँकलीत रु दुई लाख पाँच हजार तिन सय रुपैयाँ डिल बहादुरर्ला हस्तान्त्रण गरीसकिएको बताइएको छ । आज आयोजित राहात हस्तान्त्रण कार्यक्रममा राष्ट्रीय जनमोर्चा ढोरपाटन ४ का उपाध्यक्ष गौरीप्रसाद अर्गेजाको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य कुल बहादुर छन्त्यालको विशेष उपश्थितीमा हस्तान्त्रण गरीएको हो कार्यक्रम इन्द्रमान छन्त्यालले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित