बुर्तिबाङ ढोरपाटन यातायातले तमानखोलामा विस्तार ग¥यो यातायात सेवा

साउन ६ गते

बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली.बुर्तिबाङद्धारा तमानखोला गाउँपालिकामा आफनो सेवा विस्तार गरेको छ । २०७३ सालमा स्थापना भएको उक्त सँस्थाले पश्चिम बागलुङ विभिन्न ४ पालिकाका नागरीकलाई जिप, भ्यान तथा ट्याक्सी मार्फत सेवा दिँदै आएको हो ।
शुक्रबार एक कार्यक्रमका विच तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान बजारमा सम्पर्क कार्यालयको उद्धघाटन गर्दे दैनिक रुपमा वोङगादोभान –पोखरा सिधारुपमा जिप सेवा सञ्चालन गर्ने र ग्रामिण क्षेत्रमा जिप, भ्यान र ट्याक्सि मार्फत सेवा उपलब्ध गराउने गरी सेवा विस्तार गरीएको सँस्थाका अध्यक्ष विनोद भण्डारीले बताउनु भयो ।
तमानखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष नारायण सुनारको प्रमुख आतिथ्यतामा उद्धघाटन सुभारम्भ गरीएको कार्यक्रममा सुनारले वोल्दै तमानखोला गाउँपालिकाका नागरीकको सेवा र सुविधाका निम्ती बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली. लिएको कार्यक्रम अत्यन्तै रचनान्मक रहेको बताउँदै बोङगादोभान –बुर्तिबाङ तथा ग्रामिण क्षेत्रमा जिप तथा पिकअपले लिएको भाडा समायोजन गर्न र आवस्यक मापडण्डमा सवारीका साधन स्वस्थ्य प्रतिस्प्रर्धाबाट सञ्चालन गर्नका निम्ती सहयोग पुग्ने अपेक्षा गर्दे यातायात सेवाको सञ्चान सेवा विस्तार तथा नागरीकको सहायतामा तमानखोला गाउँपालिकाले पनी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आयोजित कार्यक्रममा सँस्थाका सचिव नर बहादुर क्षेत्रीले वोल्दै यातायात क्षेत्रको विस्तार र नागरीकको सेवाका निम्ती आफनो सँस्थाले तमानखोलामा सेवा प्रवाह अगाडी बढाएको बताउँदै विना मापडण्ड र विधान विपरित रातो प्लेटमा रहेर जथाभावी व्यवसाहिक रुपमा मानिस ओसार्ने सवारीका साधनलाई कार्वाहीको दायरामा ल्याउन र मनपरि रुपमा भाडा असुलीलाई कम गर्नमा समेत आफुलहरुले भुमिका खेल्ने बताउनु भयो ।
आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य नविन शेरचन, तमानखोला गाउँपालिका प्रशासन सहाएक मुना वि.क., इलाका प्रहरी वोङगादोभानका प्रमुख , ट्राफिक प्रह्री ,अजोड इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा प्रमुख नरिश्वर घिमिरे लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको हो । कार्यक्रम सँस्थाका उपाध्यक्ष होम बहादुर पुनको स्वागत कर्मचारी दिपक खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित