असार २४ बागलुङ
बागलुङको दोश्रो व्यापारिक केन्द्र त्यसैमाथी मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने १० नमुना शहर मध्येको एक हो बुर्तिबाङ शहरमा विधुत समस्या हुँदा स्थानियले लामो समय देखि हैरानी खेप्दै आएका छन ।
नमुना शहरका स्पमा स्थापित गराउने र १ लाख जनसँख्या अट्न सक्ने क्षमताको बृद्धि गराउँदै विकास र पुर्वाधारको काम हुनुपर्ने बुर्तिबाङमा पछिल्लो समय जनघनत्व क्रमिक रुपमा बृद्धि हुँदै गएको छ तर विगत देखि वर्तमान सम्म यहाँका जनताले सहज तरिकाले विधुतको उपभोग गर्न भने पाएका छैनन् । अव त केन्द्रिय विधुत आयो भनेर करिव दुईबर्ष पहिले मख्ख पर्दे घरघरमा विधुत जडान गरेका उपभोक्ता अहिले केन्द्रिय विधुतको गति देखेर हैरानी खेप्दै छन ।
बुर्तिबाङ बजारमा मात्रै ५ वटा विधुत आयोजना छन अधिकाँसको घरमा दुई वा सो भन्दाबढि विधुत जडान गरीएको छ तर बजार बासिको समस्या भने जस्ताको त्यस्तै छ । बजारमा केन्द्रिय विधुत सँगै आरसिजी माइक्रो हाइड्रो १ र २ गरी दुइ वटा रिठाखोला लघुजलविधुत आयोजना र भुजीखोला लघुजलविधुत आयोजना गरी पाँचवटा विधुत आयोजनाबाट विधुत प्रवाह भइरहेपनी बजार माग धान्न नसकेको हो ।
केन्द्रिय विधुत दैनिक ५०÷६० पटक आउने जाने गर्दछ नत चर्का घाम लाग्न मिल्ने नत पानी पर्न मिल्ने कतिखेर जान्छ पत्तै हुँदैन कहिले बढि भोल्टेलमा त कहिले निकै कम विधुत प्रवाह हुँदा उपभोक्ता भने वाक्क भइसकेका छन ।
नेपाल विधुत वितरण केन्द्र वागलुङका प्रमुख इन्जिनीयर दिलिप मरासिनीका अनुसार विचमा सबस्टेशन नभएको र लामो दुरीबाट सिधा तार मार्फत विधुत ल्याउँदै गर्दाे विधुत नियमित हुन नसकेको बताउँदै सब स्टेशन निर्माण भएपछि मात्र समस्याको समाधान हुने बताए ।
समस्या भएको र सबस्टेशन तयार भइनसकेका कारण विधुत प्रवाहमा समस्या भएको बताउनु भयो ।
आगामी मँसिर महिना सम्म ढोरपाटन २ मा वन्न लागेको सबस्टेशन निर्माण सम्पन्न भएपश्चात विधुत प्रवाह नियमित हुने मरासिनीको भनाई छ ।
बुर्तिबाङ बजार बाहेक आसपासका क्षेत्रमा समेत दुई बर्ष देखि विधुत तार टाँगिएपनी आयोजनाकै आनाकारीनकै कारण हालसम्म उपभोक्ताले विधुत प्रयोग गर्न पाएका छैनन ।
यता बजार क्षेत्रमा रहेको आइसिजि माइक्रो आयोजना केन्द्रिय विधुत रहँदा आउने र केन्द्रिय विधुत नभएको खण्डमा सँगै जाने समस्या छ केन्द्रिय विधुत र आरसिजी माइक्रो जडान गरेका ग्राहकले वढि मात्रामा समस्या झेल्नुपरेको छ । विधुतको भोल्टेज पनी सहि नहुने र नियमित नहुने समस्याले व्यवसाहीले निकै सास्ती खेप्नु परेको स्थानिय व्यवसाही तेजिन्द्र के.सी ले बताउनु भयो । बजारमा मात्रै बार्षिक करिव ५० नयाँ घर बन्दै आएका छन बार्षिक ग्रिल फर्निचर लगाएतका उध्योग कलकारखानाद सञ्चालनमा छन तर विधुत समस्याकै कारण बढिामात्रामा व्यवसाही मर्कामा परेका हुन ।नयाँ शहरमा जनसँख्या तिव्र बृद्धि हुँदै गर्दा विधुतको समस्यामा भने कसैको ध्यान जान सकेको छैन ।
बुर्तिबाङमा पाँच विधुत आयोजना हुँदा पनी उपभोक्तालाई निरन्तर समस्या

