
साउन १० गते
पश्चिम बागलुङकै पुरानो र धेरैलाई शिक्षाको ज्वती दिँदै आएको उत्तरगँगा नमुना माध्यमिक विद्यालय बुर्तिबाङले विद्यालय व्यवस्थापन समिती नपाएको करिव सात बर्ष पुगेको छ ।
लामो समयदेखि विद्यालय व्यवस्थापन समिती र प्रध्यानाध्यापक नियूक्ति व्यवस्थापनको विषयमा विवादमा राजनिती घुसेर रोमलीएको उक्त विद्यालय पछिल्लो समय राजनैतिक हतियार बन्नबाट थोरै मुक्त भएजस्तो देखिएपनीसात बर्षदेखि व्यवस्थापन समिती विहिन बनेको हो ।
२०७३ सालमा बुर्तिबाङका चुडाबहादुर कुवँर अध्यक्ष रहने गरी व्यवस्थापन समितीको गठन त भयो तर उक्त समितीले पूर्णता पाउन सकेन अभिभाबक भेलाबाट हुने व्यवस्थापन समिती गठन प्रकृयामा अभिभाबकको उपश्थिती कम भएको र बहुमतबाट समिती गठन नभएको भन्दै विरोध भएपछि उक्त समितीले काम गर्ने अवसर नै पाएन त्यसपछि लगत्तै समिती विहिन वनेको विद्यालयमा व्यवस्थापन समिती गठन गर्ने विषयमा नत स्थानीय सरकारले चासो देखायो न अभिभाबकले चासो देखाए नत यहाँका वौद्धिक सर्कल र राजनैतिक दलले चासो देखाए
विद्यालयको योजना , प्रशासनिक व्यवस्थापन देखि शैक्षिक र भौतिक गुणस्तर सुधार गर्न र विद्यालयलाई थप व्यवस्थित बनाउन नियमन गर्न व्यवस्थापन समिती र शिक्षक अभिभावक सँघको गठन हुनुपर्ने थियो तर त्यता तिर कसैको ध्यान जान सकेको पाइँदैन विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म करिव एक हजार चारसय विद्यार्थीले अध्ययन गर्दे आइरहेको छन ।
२०७७ सालमा विभिन्न सुचकको आधारमा नमुना माध्यमिक विद्यालयको ?पमा स्थापित भयो पछिल्लो समय भौतिक सँरचना निर्माणले राम्रै प्राथमिकता पाइरहेको छ पुर्नर निर्माण प्राधिकरण,ढोरपाटन नगरपालिका र सँघिय सरकारबाट आइरहने निरन्तरको बजेटबाट भौतिक सँरचना निर्माणको काम धमाधम भएपनी व्यवस्थापन समिती गठन नहुँदा प्रशासनिक देखि अधिकाँस काम नगरपालिका मातहतबाट भइरहेको विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेलले बताउनु भयो ।
विद्यालयका अधिकाँस काम नगरपालिकाको अनुमती लिएर सम्पादन भइरहेको छ २०७५ सालदेखि विद्यालयमा प्रध्यानाध्यापकको ?पमा इश्वरी प्रसाद पौडेलले सम्हाल्दै आउनु भएको हो । लामो समय प्रध्यानाध्यापकको विवादमा ?मलिएको विद्यालय अहिले व्यवस्थापन समिती नपाएर अपुरो बनेको छ ।
व्यवस्थापन समिती गठन प्रकृयामा सहयोग गर्ने व्यवस्थापन गर्ने स्थानिय तह समेत जिम्मेवारीबाट अलि बाहिर देखिन्छ ढोरपाटन स्थानियत तहको दोश्रो निर्वाचन पछि नगरपालिकामा नगर शिक्षा समिती बन्न सकेको छैन नगर शिक्षा समिती मातहत रहेर व्यवस्थापन समिती लगाएत शैक्षिक क्षेत्रको विकास हुनुपर्नेमा समितीनै नभएका कारण झनै समस्या देखिएको छ ।
नगर कार्यपालिका बैठकमा समेत उत्तर गँगा माविमा व्यवस्थापन समिती गठन गर्ने भन्ने विषयमा छलफल भएको थियो नगर शिक्षा समिती गठन भएको छैन समिती पनी गठन गर्ने र व्यवस्थापन विद्यालयमा समितीलाई समेत पूर्णता दिने गरी आफुह?ले काम गर्ने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराइले बताउनु भयो ।