
बुर्तिबाङ साउन ८ गते
बागलुङको बुर्तिबाङबाट छुटेको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन ।बुर्तिबाङ बाट विहान १० बजे बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार बेलुकी ५ बजेतरि दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ । पश्चिम नेपाल यातायातको उक्त बस बुर्तिबाङ देखि ४ जना यात्रु लिएर बुटवलका लागी हिँडेको कर्मचारी दिपक वि.क ले बताए ।बस सडक देखि करिव चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।