Home Blog Page 154

एसईई परीक्षाको ग्रेडवृद्धि ः उत्तरगंगा मा विमा ८ सय ३२ बिद्यार्थी सहभागी ।।

0

बिनोद बिश्वकर्मा बुर्तिबाङ
माध्यामिक शिक्षा परिक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा पहिलो दिन सम्पन्न भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो । यसैबीच ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक बिद्यालयमा पनि पहिलो दिनको परिक्षा सम्पन्न भएको छ ।
पश्चिम बागलुङका ४ पालिकाका बडिगाड गाउँपालिकाका २ बिद्यालय बाहेक ३२ बिद्यालयको परिक्षार्थिहरुले परिक्षा दिएका छन् । पहिलो दिन ७ वटा बिषयका ८ सय ३२ बिद्यार्थी सहभागि भएका थिए । आईतबार पनि ९ वटा विषयका ५ सय ६० परिक्षार्थी सहभागी हुने उत्तरगंगा माध्यामिक बिद्यालयका प्रध्यानध्यापक ईश्वरी पौडेलले जानकारी दिनु भयो ।

बिहान ८ बजेदेखी परिक्षा सञ्चालन हुने भने पनि अनलाईन प्रश्नपत्र व्यावस्थापनको लागि बिद्युतमा समस्या भए पश््चात भन्डै लिल्लाभर डेड घण्टा ढिला गरी सञ्चालन भएको प्रा अ पौडेलले बताउनु भयो ।
ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन् । बोर्डका अनुसार आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा सम्पन्न भएको छ ।
ग्रेड वृद्धि परीक्षाका लागि कार्यालयले ५ भदौसम्म आवेदन दिन आव्हान गरेको थियो। एसइईको नतिजा ११ साउन २०७९ मा सार्वजनिक भएको थियो। परीक्षा ९ वैशाख २०७९ देखि सञ्चालन भएको थियो ।

ढोरपाटनमा ढुँगाले हानेर दाइको हत्या

0

बुर्तिबाङ भाद्र ८ गते
ढोरपाटन नगरपालिका ६ भण्डारी गाउँमा मंगलबार राती स्थानिय जीवलाल भण्डारीले आफनै दाई पर्ने ५५ बर्षिय उदीमान भण्डारीको ढुँगाले हानेर हत्या गरेका छन ।
४५ बर्षिय जीवलालले आफु विरामी भएको भन्दै दाई उदीमानलाई मंगलबार साँझ धामी झाँक्री गरेर आफनो उपचार गरीदिन भन्दै घरमा वोलाएका थिए साँझपख झाँक्री बस्दै गरेका दाईलाई घरमै रोकेर आफुलाई मसानले वोलाएको भन्दै नजिकैको समसान घाट पुगेर केहि समयमै घर फर्किएका जिवलाल आफनै घाँटी र पेटमा चोट लगाएर राताम्य भएर फर्किएको बताइन्छ जव उनी घर फर्कन्छन एक्कासी दाइलाई ढुँगाले टाउकोमा हानेर दाइको हत्या गरीएको खुल्न आएको प्रहरी अनुसन्धान बताउँछ । जीवलालको घाँटी र पेटमा चोट रहेको छ उनले स्वयम चक्कु र खुकुरीको प्रयोग गरेर आफुले आफैलाई हानेको बताउँदै आएका छन प्रहरीद्धारा निजले प्रयोग गरेको खुकुरी र चक्कु समेत वरामद गरेको हो ।
ढुँगाले हानेर ज्यान गुमाएका उदीमानको टाउकोमा चोट छ लामो समयदेखि गाउँघरमा धामी झाँक्रीको रुपमा उनले स्थानियको सेवा गर्दे आएका थिए ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमख राजेश कुमार सर्मा अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले हत्यारा जीवलाल भण्डारीलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङले थप अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

बुर्तिबाङमा सवारी पार्किङ र सडक छेउंमा राखिएका सामान व्यवस्थापन गर्न नगरपालिकाको अनुरोध

0

बुर्तिबाङ भाद्र ६ गते
ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजारमा सवारी पार्किङ व्यवस्थापन , सडक छेउंमा राखिएको पसलका सामान र विच सडकमा गाडीएको पोल व्यवस्थापन चुनौती बन्दै गएको हो ।सवारी पार्किङ गर्न उचित स्थानको अभाव तथा व्यवसाहीको अटेरी तथा सम्वन्धित निकायको समय –समयमा अनुगमन नियमन नभएकै कारण समस्या देखिएको पाइन्छ ।
सोमबार ढोरपाटन नगरपालिका मेयर÷उपमेयर सहित जनप्रतिनिधी, प्रहरी, प्रशासन लगाएतको उपश्थितीमा बजार क्षेत्रको अनुगमन गर्दे बजारमा अव्यवस्थित रुपमा राखिएको सवारी साधन व्यवस्थापन गर्न आग्रह सहित व्यवसाहीले आफनो पसलका सामान पेटी समेत मिचेर सडकमा राख्ने गरेका कारण तत्काल सडक पेटी देखि बाहिर सामान नराख्न अनुरोध सहित एक पटकलाई सम्झाई बुझाइ गरीएको छ नगर प्रमुख देवकुमार नेपालीले बताउनु भयो ।
जथाभावी सामान राख्ने र सवारीका साधन व्यवस्थापन नहुँदा बजार अव्यवस्थित भएका कारण अनुगमन गरेर व्यवसाही र सवारी चालकलाई सचेत गराइएको छ मेयर नेपालीले भन्नु भयो ।
बजारको स्वामिबोट तथा आसपासका क्षेत्रमा सडकनै पूर्ण रुपमा अवरुद्ध हुने गरी सवारीका साधन राख्ने गरीएकोमा दैनिक ३ भन्दा बढि सवारी पार्किङ गर्न नमिल्ने गरी सवारी चालकलाई जानकारी गराइएको छ बाँकी सवारी बजार देखि केहि माथिल्लो क्षेत्रमा राख्ने गरी जानकारी गराइएको उपमेयर धनबहादुर कायतले बताउनु भयो ।
पहिलो पटक सचेत गराइएको छ बजारलाई व्यवस्थित गर्ने दायित्व व्यवसाही, सवारी चालकको पनी रहेका कारण पुनह अटेर गरेमा कार्वाही प्रकृया अगाडी बढाइने नगरप्रमुख नेपालीले बताउनु भयो ।
अनुगमन कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, वडा नं.१ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नं. २ का अध्यक्ष भेगबहादुर खत्री,वडा नंं ३ का अध्यक्ष खिम बहादुर सुनार, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश कुमार सर्मा अधिकारी , इलाका प्रहरी कार्यालय बुर्तिबाङका ट्राफिक प्रमुख विशाल परियार, लगाएतको सहभागिता रहेको थियो । बुर्तिबाङ बजारमा सडकको विच भागमा गाडीएको पोल, व्यवसाहीले घरको टपदेखि वाहिर समेत टहरो बनाएर सामान राख्ने, सकडको आधा भन्दा बढि भाग मिचेर सावरीका साधन राखिएको ग्यारेज, तथा अव्यवस्थित रुपमा राखिएको सवारीका साधनलाई व्यवस्थापन गर्ने गरी अनुगमन संगै सचेत गराइएको हो । बजारलाई थप व्यवस्थित गर्न नगरपालिकाले समय समयमा अनुगम तथा अटेर गर्नेलाई कार्वाहीको दायरामा ल्याउन जरुरी देखिन्छ ।

सनिबार पनि बुर्तिबाङ बजार खुल्ने ।

0

बिनोद बिश्वकर्मा बुर्तिबाङ

बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्रको सुरुपमा रहेको बुर्तिबाङ बजार सनिबार पनि खुल्ला रहने भएको छ ।

यस अघि हरेक सनिबार बन्द हुदै आएको बुर्तिबाङ बजार अव चाडपर्व भित्रिन थालेको भन्दै व्यासायीहरुको माग अनुसार सनिबार पनि खुल्ला रहने ढोरपाटन उद्योग बाणिज्य संघ बुर्तिबाङका उपाध्यक्ष निमलाल पाण्डेले जानकारी दिनु भयो ।

बिगतमा व्यावसायीहरुको माग र ढोरपाटन उद्योग बाणिज्य संघको समझदारीमा हरेक साताको सनिबार बन्द गरिदै आएको थियो । अर्को सुचना नआए सम्मको लागि बजार खुल्लानै रहने उपाध्यक्ष पाण्डेले बताउनु भयो ।

निसीखोलामा टाउको चुँडीएको अवस्थामा युवाको शव फेला

0

भाद्र १ गते
बागलुङ जिल्लाको निसीखोलामा टाउको चुँडीएको अवस्थामा एक युवाको शव फेला परेको छ ।
निसीखोला गाउँपालिका ४ झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा अन्दाजी २५ बर्षिय युवाको टाउको नै चुँडिएको अवस्थामा शव फेला परेको निसीखोला गाउँपालिका ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनु भयो ।
स्थानियले विहान करिव १० वजेतिर निसीखोलाको विच भागमा ढुँगामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए युवाको टाउको चुँडिएको अवस्थामा रहेको छ कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने वडा अध्यक्ष पौडेलले बताउनु भयो ।
प्रहरी टोली घटना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ स्थानियका अनुसार मृतक युवा निसीखोला ५ का रहेको अनुमान गरीएको छ ।

पहिरोले थुनिएको भुजिखोलाले आफनो गति लियो , ढोरपाटन सडक खण्ड अवरुद्ध

0
पहिरोका कारण बुर्तिबाङ –ढोरपाटन सडक खण्ड अवरुद्ध

साउन २५ गते
ढोरपाटन नगरपालिका ५ बुढाथोक नजिकै गयराती खसेको पहिरोले करिव एक घण्टा भुजिखोला थुनेको हो । सोमबार रातको करिव ८ः३० बजेतिर खसेको पहिरोले स्थानिय कृषकको खेत पुर्नुका साथै खोला थुनिदा केहि समय ताल वन्यो र स्थानिय बासिन्दालाई तहसनहस भागाभाग सम्म बनायो त्यसको प्रभाव नजिकैको बुर्तिबाङ बजार सम्म प¥यो ।
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सडक देखि करिव एकसय मिटर माथिदेखि खसेको उक्त पहिरो अत्याधिक ढुँगा सहित भएका कारण खोलानै थुनियो १ घण्टापछि विस्तारै थुनिएको भाग क्रमश फुटेर खोलाले गति लिएका कारण अन्य क्षती हुन नपाएको स्थानियको भनाइ छ ।
पहिरोका कारण बुर्तिबाङ –ढोरपाटन सडक खण्ड अवरुद्ध भएको छ । सोमबार दिनभर पानी परेको थिएन पहिरो जान सक्ने सम्भावना अझै छ खसेको पहिरो समेत खोलाले बगाएको छैन भारि बर्षात हुँदा नदि टटिय क्षेत्रमा अझै खतरा हुन सक्ने स्थानियको भनाई छ ।

ढोरपाटन २ मा चितुवाले एकै रातमा सखाप पा¥यो एकसय असी कालिज

0
चितुवाले एकै रातमा सखाप पा¥यो एकसय असी कालिज

साउन २४

ढोरपाटन नगरपालिका २ मा आइतबार कालिज फार्ममा चितुवा पस्दा एकै रातमा एकसय असी कालिज नस्ट गरेको छ ।
ढोरपाटन नगरपालिका २ सलामकोटमा तुल्सिराम कँडेलले सञ्चालन गरेको सानो स्वर्ग पँक्षि पालन फार्ममा अण्डा दिइरहेका र भाले जातका १८० कालिज चितुवाले नस्ट गरेको सञ्चालक कँडेलले बताए ।
फार्मको जालि टोडेर पसेको चितुवाले केहि मात्रामा कालिज खाएको र केहि मारेर नस्ट गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङले तयार पारेको मुचुल्का अनुसार करिव चारलाख रुपैयाँ बराबरको क्षेति भएको प्रहरीको भनाई छ ।

जग्गा कित्ताकाट सुचारु गर्न माग सहित ढोरपाटन नगरपालिकामा ज्ञापनपत्र

0
ढोरपाटन नगरपालिकामा ज्ञापनपत्र

साउन २४
दुई महिनादेखि रोकिएको जग्गा कित्ताकाट सुचार गर्न माग गर्दे ढोरपाटन नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन अन्र्तगत बुर्तिबाङ लेखापढी कानुन व्यबसायीद्धारा ढोरपाटन नगरपालिकामा विगत दुई महिना देखि रोकिएको कित्ताकाट सुचारु गर्न माग सहित ज्ञापन पत्र बुझाइएको हो ।
भू–उपयोग ऐन २०७६ को दफा ३२ बमोजिम निर्माण भएको भू–उपयोग २०७९ बमोजिम जग्गाको वर्गिकरणका लागी भूमिव्यवस्था सहकारी तथा गरीवि मन्त्रालयबाट गत जेठ २७ गतेको निर्णय अनुसार जेठ ३० देखि देशभर जग्गाको कित्ताकाट रोकिएको हो ।
जग्गाको कित्ताकाट रोकिँदा नागरीक मर्कामा परेको बताउँदै राज्यलाई प्राप्त हुने करमा समेत कमि हुने भएका कारण स्थानिय पालिकाले त्यसको व्यवस्थापनका निम्ती कृषि क्षेत्र वा गैह् कृषि क्षेत्रको पहिचान गरी कित्ताकाट सेवा सुचारु गर्न ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
बुर्तिबाङ स्थित लेखापदी काुनन व्यवसायीको तर्फदेखि सालिकराम सर्मा र चुडामणी सापकोटाले नगरपालिकाका उपप्रमुख धनबहादुर कायतलाई ज्ञापन पत्र बुझाउँदै कित्ताकाट रोक्काको फुकुवा गरीदिन अपिल गरेका हुन । यस विषयमा नगरपालिकाले कार्यपालिकाको निर्णय गरेर मात्र अगाडी बढ्ने नगर उपप्रमुख धनबहादुर कायतले बताए ।

बुर्तिबाङ ढोरपाटन यातायात प्रा.ली द्धारा निसीखोलामा सेवा विस्तार

0

बुर्तिबाङ साउन २२
बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली ले शनिवार एक कार्यक्रमका विच आफनो सेवालाई निसीखोला गाउँपालिकामा विस्तार गरेको छ ।
२०७३ सालदेखि जिप, भ्यान र ट्याक्सी मार्फत सेवा दिँदै आइरहेको सँस्थाले पश्चिम बागलुङका विभिन्न पालिकाबाट सिधै बागलुङ,पोखरा, बुटवल लगाएतका स्थानसम्म पुग्नका निम्ती कार्यालय स्थापना गरेर सेवा प्रवाहलाई बृद्धि गरेको हो  बुर्तिबाङ देखि बागलुङ पोखरा जिप सेवा सञ्चालन गर्दे आइरहेकोमा अव निसीखोलाको झिवाखोला बजारदेखि सिधै पोखरा जिप सञ्चालन गर्ने र हाल मनोमानी रहेको सवारी भाडादरलाई एकरुपता दिने गरी अगाडी बढ्ने उदेस्य सहित सेवा प्रवाह अगाडी बढाइएको सँस्थाका अध्यक्ष विनोद भण्डारीले बताए ।
आयोजित कार्यक्रममा प्रमुख अतिथी एवं निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ति मगरले वोल्दै मानिसको आधारभुत आवस्यकता मध्यको यातायात सेवालाई विस्तार गरेर निसीखोलाका नागरीकलाई सरल र सहज पहुँच उपलब्ध गराएकोमा सँस्थालाई धन्यबाद दिँदै यातायातमा भइरहेको अस्वस्थ प्रतिस्प्रर्धालाइ रोकेर नाफा सँगै नागरीकको सेवा मुखि बन्न सुझाए । उनले भने यातायातको विकास सडकको व्यवस्थापन सँगै सवारी भाडा बढि भएको सुनिन आएको छ त्यसको पनी उचित व्यवस्थापन हुनुपर्दछ पालिकाले समेत सकारात्मक काममा सहयोग गर्दे जाने बताए ।
कार्यक्रमका अवसरमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका सहायक ट्राफिक निरीक्षक विशाल परियारले वोल्दै सवारी मापडण्ड अनुसार चल्न र व्यवसाय सँगै जनताको ज्यु ज्यानको ख्याल गरी सवारीका साधन चलाउन आग्रह गर्दे यस क्षेत्रमा सवारीको चाप बृद्धि हुँदै गर्दा सवारी व्यवस्थापन हुन नसकेको वसपार्क निर्माण , काउन्टर व्यवस्थापन पार्किक व्यवस्थापन जस्ता विषय समस्याको रुपमा रहेको बताउँदै त्यसको व्यवस्थापनमा जुट्न यातायात समिती, जनप्रतिनिधी समेतलाई आग्रह गरेका हुन ।
आयोजित कार्यक्रममा सँस्थाका सचिव नरबहादुर क्षेत्रीले वोल्दै आफनो प्रा.ली.ले जनताको सेवाभाव सँग जोडिएर काम गर्ने बताए । कर्मचारीलाई यातायातमा कार्ड वनाएर केहि प्रतिशत भाडा छुट दिने, असहाय, अति विपन्न परिवारलाई यात्रा गर्नमा आर्थिक रुपमा असहज भएको खण्डमा वडा तथा पालिकाले दिइएको सिफारीसका आधारमा भाडा छुटको समेत व्यवस्था गरीने बताए । कार्यक्रममा निसीखोला गाउँपालिका ४ का अध्यक्ष टिकानिधी पौडेल, पत्रकार छविलाल पाण्डे, पभा माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक मोहनविक्रम सापकोटा लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको हो । कार्यक्रम संस्थाका अध्यक्ष विनोद भण्डारीको अध्यक्षता उपाध्यक्ष होम बहादुर पुनको स्वागत, कर्मचारी दिपक क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

हाल बुर्तिबाङ देखि निसीखोला गाउँपालिकाको भल्कोट सम्म मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा कालोपत्रे निर्माण भइसक्दा समेत भाडादर मनपरि देखिएको छ । बुर्तिबाङ झिवाखोला १३ किलोमिटर सडक हुँदै गर्दा यातायातका साधनले ३५० रुपैयाँ सम्म प्रति यात्रु असुल्ने गरेका छन । अव आफुहरुले तत्कालै भाडा समायोजन गर्ने र स्थानिय तहका जनप्रतिनिधी, प्रशासन सँग वसेर त्यसको व्यवस्थापनमा जाने सचिव राजु क्षेत्रीले बताएका हुन

न्यु मोर्डन एकेडेमीमा लागु औषध र ट्राफिक सचेतना विषयक प्रशिक्षण

0

बुर्तिबाङको न्यु मोर्डन एकेडेमीमा इलाका प्रह्री कार्यालयको आयोजनामा ट्राफिक सचेतना तथा लागु औषध दुर्वेशनीबाट बच्ने विषयमा विद्यार्थीका लागी सचेतना मुलक प्रशिक्षण  कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ स्थित न्यु मोर्डन ऐकेडेमी बोर्डिङ स्कुलमा अध्ययनरत बिधार्थीलाई लागु औषध तथा त्यसको सेवन , मानिसमा पार्ने प्रभाव र वच्ने उपाय तथा तथा ट्राफिक जनचेतना मुलक सम्बन्धिअन्तरक्रिया, तथा प्रशिक्षण दिइएको हो ।

पछिल्लो समय किशोर किशोरीमा लागु औषध तथा बिभिन्न कुलतमा फस्ने गरेको कारण यस बाट केही मात्रमा भए पनि कमि ल्याउने उदेश्य सहित कार्यक्रम सञ्चालन गरीएको प्रहरी सहायक निरिक्षक बिशाल दर्जीले बताउनु भयो ।कार्यक्रमा प्रहरी सहायक निरिक्षक बिशाल दर्जी तथा अन्य प्रहरी कर्मचारीले प्रशिक्षण दिएका हुन ।