जग्गा कित्ताकाट सुचारु गर्न माग सहित ढोरपाटन नगरपालिकामा ज्ञापनपत्र

साउन २४
दुई महिनादेखि रोकिएको जग्गा कित्ताकाट सुचार गर्न माग गर्दे ढोरपाटन नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन अन्र्तगत बुर्तिबाङ लेखापढी कानुन व्यबसायीद्धारा ढोरपाटन नगरपालिकामा विगत दुई महिना देखि रोकिएको कित्ताकाट सुचारु गर्न माग सहित ज्ञापन पत्र बुझाइएको हो ।
भू–उपयोग ऐन २०७६ को दफा ३२ बमोजिम निर्माण भएको भू–उपयोग २०७९ बमोजिम जग्गाको वर्गिकरणका लागी भूमिव्यवस्था सहकारी तथा गरीवि मन्त्रालयबाट गत जेठ २७ गतेको निर्णय अनुसार जेठ ३० देखि देशभर जग्गाको कित्ताकाट रोकिएको हो ।
जग्गाको कित्ताकाट रोकिँदा नागरीक मर्कामा परेको बताउँदै राज्यलाई प्राप्त हुने करमा समेत कमि हुने भएका कारण स्थानिय पालिकाले त्यसको व्यवस्थापनका निम्ती कृषि क्षेत्र वा गैह् कृषि क्षेत्रको पहिचान गरी कित्ताकाट सेवा सुचारु गर्न ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
बुर्तिबाङ स्थित लेखापदी काुनन व्यवसायीको तर्फदेखि सालिकराम सर्मा र चुडामणी सापकोटाले नगरपालिकाका उपप्रमुख धनबहादुर कायतलाई ज्ञापन पत्र बुझाउँदै कित्ताकाट रोक्काको फुकुवा गरीदिन अपिल गरेका हुन । यस विषयमा नगरपालिकाले कार्यपालिकाको निर्णय गरेर मात्र अगाडी बढ्ने नगर उपप्रमुख धनबहादुर कायतले बताए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित