बुर्तिबाङमा सवारी पार्किङ र सडक छेउंमा राखिएका सामान व्यवस्थापन गर्न नगरपालिकाको अनुरोध

बुर्तिबाङ भाद्र ६ गते
ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजारमा सवारी पार्किङ व्यवस्थापन , सडक छेउंमा राखिएको पसलका सामान र विच सडकमा गाडीएको पोल व्यवस्थापन चुनौती बन्दै गएको हो ।सवारी पार्किङ गर्न उचित स्थानको अभाव तथा व्यवसाहीको अटेरी तथा सम्वन्धित निकायको समय –समयमा अनुगमन नियमन नभएकै कारण समस्या देखिएको पाइन्छ ।
सोमबार ढोरपाटन नगरपालिका मेयर÷उपमेयर सहित जनप्रतिनिधी, प्रहरी, प्रशासन लगाएतको उपश्थितीमा बजार क्षेत्रको अनुगमन गर्दे बजारमा अव्यवस्थित रुपमा राखिएको सवारी साधन व्यवस्थापन गर्न आग्रह सहित व्यवसाहीले आफनो पसलका सामान पेटी समेत मिचेर सडकमा राख्ने गरेका कारण तत्काल सडक पेटी देखि बाहिर सामान नराख्न अनुरोध सहित एक पटकलाई सम्झाई बुझाइ गरीएको छ नगर प्रमुख देवकुमार नेपालीले बताउनु भयो ।
जथाभावी सामान राख्ने र सवारीका साधन व्यवस्थापन नहुँदा बजार अव्यवस्थित भएका कारण अनुगमन गरेर व्यवसाही र सवारी चालकलाई सचेत गराइएको छ मेयर नेपालीले भन्नु भयो ।
बजारको स्वामिबोट तथा आसपासका क्षेत्रमा सडकनै पूर्ण रुपमा अवरुद्ध हुने गरी सवारीका साधन राख्ने गरीएकोमा दैनिक ३ भन्दा बढि सवारी पार्किङ गर्न नमिल्ने गरी सवारी चालकलाई जानकारी गराइएको छ बाँकी सवारी बजार देखि केहि माथिल्लो क्षेत्रमा राख्ने गरी जानकारी गराइएको उपमेयर धनबहादुर कायतले बताउनु भयो ।
पहिलो पटक सचेत गराइएको छ बजारलाई व्यवस्थित गर्ने दायित्व व्यवसाही, सवारी चालकको पनी रहेका कारण पुनह अटेर गरेमा कार्वाही प्रकृया अगाडी बढाइने नगरप्रमुख नेपालीले बताउनु भयो ।
अनुगमन कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, वडा नं.१ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नं. २ का अध्यक्ष भेगबहादुर खत्री,वडा नंं ३ का अध्यक्ष खिम बहादुर सुनार, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश कुमार सर्मा अधिकारी , इलाका प्रहरी कार्यालय बुर्तिबाङका ट्राफिक प्रमुख विशाल परियार, लगाएतको सहभागिता रहेको थियो । बुर्तिबाङ बजारमा सडकको विच भागमा गाडीएको पोल, व्यवसाहीले घरको टपदेखि वाहिर समेत टहरो बनाएर सामान राख्ने, सकडको आधा भन्दा बढि भाग मिचेर सावरीका साधन राखिएको ग्यारेज, तथा अव्यवस्थित रुपमा राखिएको सवारीका साधनलाई व्यवस्थापन गर्ने गरी अनुगमन संगै सचेत गराइएको हो । बजारलाई थप व्यवस्थित गर्न नगरपालिकाले समय समयमा अनुगम तथा अटेर गर्नेलाई कार्वाहीको दायरामा ल्याउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित