ढोरपाटनमा ढुँगाले हानेर दाइको हत्या

बुर्तिबाङ भाद्र ८ गते
ढोरपाटन नगरपालिका ६ भण्डारी गाउँमा मंगलबार राती स्थानिय जीवलाल भण्डारीले आफनै दाई पर्ने ५५ बर्षिय उदीमान भण्डारीको ढुँगाले हानेर हत्या गरेका छन ।
४५ बर्षिय जीवलालले आफु विरामी भएको भन्दै दाई उदीमानलाई मंगलबार साँझ धामी झाँक्री गरेर आफनो उपचार गरीदिन भन्दै घरमा वोलाएका थिए साँझपख झाँक्री बस्दै गरेका दाईलाई घरमै रोकेर आफुलाई मसानले वोलाएको भन्दै नजिकैको समसान घाट पुगेर केहि समयमै घर फर्किएका जिवलाल आफनै घाँटी र पेटमा चोट लगाएर राताम्य भएर फर्किएको बताइन्छ जव उनी घर फर्कन्छन एक्कासी दाइलाई ढुँगाले टाउकोमा हानेर दाइको हत्या गरीएको खुल्न आएको प्रहरी अनुसन्धान बताउँछ । जीवलालको घाँटी र पेटमा चोट रहेको छ उनले स्वयम चक्कु र खुकुरीको प्रयोग गरेर आफुले आफैलाई हानेको बताउँदै आएका छन प्रहरीद्धारा निजले प्रयोग गरेको खुकुरी र चक्कु समेत वरामद गरेको हो ।
ढुँगाले हानेर ज्यान गुमाएका उदीमानको टाउकोमा चोट छ लामो समयदेखि गाउँघरमा धामी झाँक्रीको रुपमा उनले स्थानियको सेवा गर्दे आएका थिए ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमख राजेश कुमार सर्मा अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले हत्यारा जीवलाल भण्डारीलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङले थप अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img