ढोरपाटन नगरपालिकाद्वारा घर डुबानमा प्रभावित परिवारलाई राहत वितरण

बागलुङ । ढोरपाटन नगरपालिकाले अविरल वर्षाका कारण घर डुबानमा परेर प्रभावित भएका परिवारलाई खाद्यान्न तथा लत्ताकपडासहितका राहत सामग्री वितरण गरेको छ ।

गत असोज ९ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण ढोरपाटन उपत्यकाका विभिन्न बस्तीमा घर डुबानमा परेपछि प्रभावित परिवारलाई नगरपालिकाले राहत उपलब्ध गराएको हो ।

कार्यवाहक नगर प्रमुख धनबहादुर कायतलगायतको उपस्थितिमा ढोरपाटन उपत्यकाको तल्लोचौर, भण्डारीगाउँ, बिजौराखोला, नवीगाउँलगायतका बस्तीका प्रभावित परिवारलाई चामल, नुन, तेल, म्याट, कम्बललगायतका राहत सामग्री वितरण गरिएको कार्यवाहक नगर प्रमुख कायतले जानकारी दिनुभयो ।

भारी वर्षाका कारण ढोरपाटन उपत्यकामा दर्जनौँ घर डुबानमा पर्दा स्थानीय नागरिक प्रभावित भएका थिए । वर्षाका कारण नदीले आफ्नो धार परिवर्तन गर्दा उपत्यकाका बस्तीसमेत जोखिममा परेको नगरपालिकाले जनाएको छ ।

बस्ती आसपास नदीको बहाव र कटानको जोखिम बढ्दै गएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img