तमानखोला–६ मा हावाहुरीले मकैबालीमा ठूलो क्षति

बागलुङ । निरन्तरको वर्षासँगै आएको हावाहुरीका कारण बागलुङको तमानखोला गाउँपालिका–६ मा मकैबालीमा ठूलो क्षति पुगेको छ।

वडा नम्बर ६ अन्तर्गत नर्जा, पात्ले, भित्रिवनलगायत गाउँमा अधिकांश कृषकले लगाएको मकैबाली हावाहुरीका कारण ढलेर नष्ट भएको वडा अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो।

गएराति वर्षासँगै आएको हावाहुरीले पाक्ने अवस्थामा रहेको मकैबाली ढलाउनुका साथै सिमी लगायतका अन्य खाद्यबालीमा समेत ठूलो क्षति पुर्‍याएको बताइएको छ।

मकैबाली ढलेपछि कृषकहरूलाई यस वर्षको उत्पादनमा ठूलो असर पर्ने चिन्ता बढेको छ। हावाहुरीबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन हुन बाँकी रहेको जनाइएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img