तमानखोला, बागलुङ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न तमानखोला गाउँपालिका अधिवेशनबाट झकबहादुर बुढा गाउँपालिका सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशनले बुढालाई सहमतीय प्रणालीमार्फत गाउँपालिका सभापतिमा चयन गरेको हो। पार्टीभित्र सहमति र सहकार्य कायम गर्दै नयाँ नेतृत्व चयन गरिएको नेपाली कांग्रेस तमानखोलाले जनाएको छ।
अधिवेशनबाट गाउँपालिका कार्यसमितिको महिला उपसभापतिमा देवसरा विक र उपसभापतिमा टेकलाल कामी चयन हुनुभएको छ। त्यस्तै, सचिवमा प्रेमबहादुर पुन मगर तथा सह–सचिवमा अनिल थापा चयन हुनुभएको छ।
नयाँ कार्यसमितिमा रितादेवी रोका, टोमा कामी, मनकुमारी बुढाथोकी, प्रणजा सिपैली, भिमकुमारी छन्त्याल, अम्बिका कामी, टेकबहादुर अर्गेजा, ओमप्रसाद पुन, काजीराम रोका, बुद्धिबहादुर छन्त्याल, मानबहादुर सुन्यौरी, लोकबहादुर छन्त्याल, मिना कामी, नरेन्द्र पुन मगर, होमबहादुर कार्की, किसान छन्त्याल, असोका छन्त्याल, महेश वि.क. र नरबहादुर विक सदस्यमा निर्विरोध चयन हुनुभएको छ।
अधिवेशनबाट सहमतीय प्रक्रियामार्फत नेतृत्व चयन भएसँगै तमानखोलामा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ।
सभापतिमा चयन हुनुभएका बुढाले पार्टी संगठनलाई थप सुदृढ गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले स्थानीयस्तरमा पार्टीको संगठन विस्तारसँगै जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।
कार्यक्रममा क्षेत्रीय सभापति जोकलाल बुढा , १४ औ महाधिवेशनका प्रतिनिधिहरु र सम्पूर्ण पालिका प्रतिनिधिको उपस्थिती रहेको थियो।
१५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सम्पन्न भएपछि गाउँपालिका तहको नेतृत्व चयन गरिएको हो।

















