दोस्रो ढोरपाटन ब्याडमिन्टन कप सम्पन्न, विभिन्न विधामा खेलाडी पुरस्कृत

बुर्तिबाङ, बागलुङ । लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बुर्तिबाङमा सञ्चालन भएको दोस्रो ढोरपाटन ब्याडमिन्टन कप–२०८३ सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो।

लायन्स क्लब अफ ढोरपाटन बागलुङले खेलकुदको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन तथा विभिन्न जिल्लाका खेलाडीबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नेसनल सुपर भेट्रान्स, नेसनल भेट्रान्स, नेसनल ‘बी’ लेभल तथा धौलागिरी ‘सी’ लेभल गरी विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताअन्तर्गत नेसनल सुपर भेट्रान्स ५५ प्लसतर्फ गुल्मीका खगेन्द्र रेगामी मगर र तेज गलामी मगरको जोडी प्रथम भएको छ। कास्कीका राजु श्रेष्ठ र प्रेमप्रसाद गुरुङको जोडी द्वितीय हुँदा कास्कीकै प्रेमप्रसाद गुरुङ–रामबहादुर गुरुङ तथा बुटवल बीबीसीका गोपाल तन्दन–सरोज थापाको जोडी संयुक्त तृतीय भएका छन्।

त्यस्तै, नेसनल भेट्रान्स ४५ प्लसतर्फ कास्कीका राजु गुप्ता र राजेन्द्र वाग्लेको जोडी प्रथम भएको छ। कास्कीकै बिरु थापा र विष्णुबहादुर अधिकारीको जोडी द्वितीय तथा चितवनका केवल न्यौपाने–शंकर श्रेष्ठ र बुर्तिबाङका राम सुवेदी–कृष्ण राणाको जोडी संयुक्त तृतीय भएका छन्।

नेसनल ‘बी’ लेभलतर्फ बाडगंगाका गिरु राना र तेजु मगरको जोडी प्रथम भएको छ। तनहुँका सफल भुजेल र ललित बोहोराको जोडी द्वितीय हुँदा गुल्मीका संजोग थापा–राजन काउचा तथा रुकुमका पौल ठकुरी–गोविन्द मगरको जोडी संयुक्त तृतीय भएका छन्।

यसैगरी, धौलागिरी ‘सी’ लेभलतर्फ पर्वतका रामराज सुवेदी र आविष्कार जिसीको जोडी प्रथम भएको छ। भीमगिठेका रेशम थापा र रामेश्वर खत्रीको जोडी द्वितीय तथा बुर्तिबाङका राजेन्द्र पवि र मिथुन पविको जोडी तृतीय भएका छन्।

प्रतियोगिताका खुला राष्ट्रिय, ४५ वर्षमाथिको राष्ट्रिय भेट्रान र ५० वर्षमाथिको राष्ट्रिय सुपर भेट्रान विधाका विजेता जोडीले ५० हजार रुपैयाँ, द्वितीयले ३५ हजार रुपैयाँ तथा संयुक्त तृतीय हुने जोडीले जनही १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, अन्तर–बागलुङ जिल्ला ‘सी’ लेभलतर्फ प्रथम हुने जोडीले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ तथा संयुक्त तृतीय हुने जोडीले जनही ७/७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। सबै विधाका विजेतालाई कप, पदक तथा प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। समापन समारोहमा लोकान्तर न्युजका प्रधान सम्पादक विमल गौतम प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

प्रतियोगिता लायन्स क्लब अफ ढोरपाटन बागलुङका अध्यक्ष हेमेन्द्र घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष मुक्तिनाथ लोहनी, द्वितीय उपाध्यक्ष सुरेशकुमार थापा, तृतीय उपाध्यक्ष रामबहादुर खत्री, सचिव सरन पाण्डे, कोषाध्यक्ष अर्जुन पाध्या पोखरेललगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

त्यस्तै, क्लबका डिपार्टमेन्ट चिफ रामप्रसाद आचार्य, डिपार्टमेन्ट को–चिफ केशब थापा, जोन चेयरपर्सन तेजिन्द्र खत्रीलगायतको समेत सहभागिता रहेको थियो। कार्यक्रम डिस्ट्रिक्ट सिनियर एओजी रामनारायण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

आयोजक लायन्स क्लब अफ ढोरपाटनका अनुसार प्रतियोगिताले ढोरपाटन क्षेत्रमा ब्याडमिन्टन खेलको विकाससँगै नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने र खेलाडीहरूबीच आपसी सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

क्लबले आगामी दिनमा समेत खेलकुदका गतिविधिलाई निरन्तरता दिने जनाएको छ। पश्चिम बागलुङमा राष्ट्रियस्तरका खेलाडी तथा विभिन्न जिल्लाका खेलाडीलाई एउटै स्थानमा ल्याएर प्रतियोगिता आयोजना गर्दा स्थानीय खेलाडीले अनुभव आदानप्रदान गर्ने अवसर पाउनुका साथै क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img