निसीखोला र तमानखोलामा पहिरोमा परी ९ जनाको मृत्यु, १ बेपत्ता

बागलुङ ।

बागलुङका निसीखोला र तमानखोला गाउँपालिकामा गएराति परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ९ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। बाढीपहिरोले दुई पालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ओमलाल विककी श्रीमतीसहित तीन छोराको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्ती मगरको मृत्यु भएको जनाइएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार तमानखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

तमानखोला गाउँपालिका–४ मा गाउँमाथिबाट खसेको पहिरोले दर्जनौँ घरसहित बालशिक्षा केन्द्र र लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा समेत क्षति पुर्‍याएको छ। उक्त घटनामा हालसम्म दुई जनाको शव फेला परेको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी कार्य भइरहेको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार मृतकहरूको पहिचान गर्ने काम भइरहेको छ। प्रहरी टोली निसीखोलाको घटनास्थलमा पुगेर उद्धार तथा व्यवस्थापनको काम सकेर तमानखोलातर्फ उद्धारका लागि जाँदै गरेको जनाएको छ।

पहिरोले लघुजलविद्युत् आयोजनाको विद्युत् गृह नै बगाएपछि उक्त क्षेत्रमा विद्युत्, फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ।

बाढीपहिरोका कारण निसीखोला र तमानखोला गाउँपालिकामा गरी दुई दर्जनभन्दा बढी घर बगेका छन् भने ५० भन्दा बढी परिवार विस्थापित भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img