बागलुङ — लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा पश्चिम बागलुङमा निःशुल्क आँखा उपचार तथा मोतिबिन्दुको शल्यक्रिया ९अपरेसन० शिविर सञ्चालन हुने भएको छ ।
लायन्स क्लब अफ ढोरपाटनले आगामी असोज २४ र २५ गते बुर्तिबाङ अस्पताल, बुर्तिबाङ, बागलुङमा शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा आँखा परीक्षण तथा उपचारसँगै मोतिबिन्दु भएका बिरामीको आवश्यकताअनुसार शल्यक्रिया समेत गरिने क्लब अध्यक्ष हेमेन्द्र घर्तिले बताउनु भयो
शिविरमा सहभागी हुन चाहने सेवाग्राहीका लागि बिहान ६ः३० बजेदेखि ९ः०० बजेसम्म टिकट वितरण गरिने जनाइएको छ ।
लायन्स क्लब अफ ढोरपाटनले विगतका वर्षहरूमा समेत स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसपटकको शिविरबाट ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका लगायत पश्चिम बागलुङका नागरिकसँगै छिमेकी जिल्ला गुल्मी र रुकुम क्षेत्रका नागरिकले समेत सेवा लिने अपेक्षा गरिएको छ ।

शिविरका लागि ढोरपाटन नगरपालिका, कर्मफ्लाइट्स फाउण्डेशन, रेडक्रस सोसाइटी बुर्तिबाङ र आई केयर फाउण्डेशन सहयोगी संस्थाका रूपमा रहेका छन् ।
त्यस्तै, प्राविधिक सहयोगमा धवलागिरी आँखा अस्पताल बागलुङ, हिमालय आँखा अस्पताल पोखरा र बुर्तिबाङ अस्पताल रहेका छन् ।
शिविर लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा तथा लायन्स क्लब अफ बुर्तिबाङ, लायन्स क्लब अफ निसीखोला र लायन्स क्लब अफ तमान शोलेको सह–आयोजनामा सञ्चालन हुन लागेको हो ।
आयोजकले आँखा सम्बन्धी समस्या भएका तथा मोतिबिन्दुको शल्यक्रिया आवश्यक पर्ने नागरिकलाई शिविरबाट लाभ लिन आग्रह गरेको छ । क्लबले विपद, शिक्षा, स्वास्थ्य, सरसफाई, खेलकुद लगाएतका क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दे आइरहेको छ ।

















