निसीखोलामा टाउको चुँडीएको अवस्थामा युवाको शव फेला

भाद्र १ गते
बागलुङ जिल्लाको निसीखोलामा टाउको चुँडीएको अवस्थामा एक युवाको शव फेला परेको छ ।
निसीखोला गाउँपालिका ४ झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा अन्दाजी २५ बर्षिय युवाको टाउको नै चुँडिएको अवस्थामा शव फेला परेको निसीखोला गाउँपालिका ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनु भयो ।
स्थानियले विहान करिव १० वजेतिर निसीखोलाको विच भागमा ढुँगामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए युवाको टाउको चुँडिएको अवस्थामा रहेको छ कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने वडा अध्यक्ष पौडेलले बताउनु भयो ।
प्रहरी टोली घटना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ स्थानियका अनुसार मृतक युवा निसीखोला ५ का रहेको अनुमान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित