बुर्तिबाङ ढोरपाटन यातायात प्रा.ली द्धारा निसीखोलामा सेवा विस्तार

बुर्तिबाङ साउन २२
बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली ले शनिवार एक कार्यक्रमका विच आफनो सेवालाई निसीखोला गाउँपालिकामा विस्तार गरेको छ ।
२०७३ सालदेखि जिप, भ्यान र ट्याक्सी मार्फत सेवा दिँदै आइरहेको सँस्थाले पश्चिम बागलुङका विभिन्न पालिकाबाट सिधै बागलुङ,पोखरा, बुटवल लगाएतका स्थानसम्म पुग्नका निम्ती कार्यालय स्थापना गरेर सेवा प्रवाहलाई बृद्धि गरेको हो  बुर्तिबाङ देखि बागलुङ पोखरा जिप सेवा सञ्चालन गर्दे आइरहेकोमा अव निसीखोलाको झिवाखोला बजारदेखि सिधै पोखरा जिप सञ्चालन गर्ने र हाल मनोमानी रहेको सवारी भाडादरलाई एकरुपता दिने गरी अगाडी बढ्ने उदेस्य सहित सेवा प्रवाह अगाडी बढाइएको सँस्थाका अध्यक्ष विनोद भण्डारीले बताए ।
आयोजित कार्यक्रममा प्रमुख अतिथी एवं निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ति मगरले वोल्दै मानिसको आधारभुत आवस्यकता मध्यको यातायात सेवालाई विस्तार गरेर निसीखोलाका नागरीकलाई सरल र सहज पहुँच उपलब्ध गराएकोमा सँस्थालाई धन्यबाद दिँदै यातायातमा भइरहेको अस्वस्थ प्रतिस्प्रर्धालाइ रोकेर नाफा सँगै नागरीकको सेवा मुखि बन्न सुझाए । उनले भने यातायातको विकास सडकको व्यवस्थापन सँगै सवारी भाडा बढि भएको सुनिन आएको छ त्यसको पनी उचित व्यवस्थापन हुनुपर्दछ पालिकाले समेत सकारात्मक काममा सहयोग गर्दे जाने बताए ।
कार्यक्रमका अवसरमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका सहायक ट्राफिक निरीक्षक विशाल परियारले वोल्दै सवारी मापडण्ड अनुसार चल्न र व्यवसाय सँगै जनताको ज्यु ज्यानको ख्याल गरी सवारीका साधन चलाउन आग्रह गर्दे यस क्षेत्रमा सवारीको चाप बृद्धि हुँदै गर्दा सवारी व्यवस्थापन हुन नसकेको वसपार्क निर्माण , काउन्टर व्यवस्थापन पार्किक व्यवस्थापन जस्ता विषय समस्याको रुपमा रहेको बताउँदै त्यसको व्यवस्थापनमा जुट्न यातायात समिती, जनप्रतिनिधी समेतलाई आग्रह गरेका हुन ।
आयोजित कार्यक्रममा सँस्थाका सचिव नरबहादुर क्षेत्रीले वोल्दै आफनो प्रा.ली.ले जनताको सेवाभाव सँग जोडिएर काम गर्ने बताए । कर्मचारीलाई यातायातमा कार्ड वनाएर केहि प्रतिशत भाडा छुट दिने, असहाय, अति विपन्न परिवारलाई यात्रा गर्नमा आर्थिक रुपमा असहज भएको खण्डमा वडा तथा पालिकाले दिइएको सिफारीसका आधारमा भाडा छुटको समेत व्यवस्था गरीने बताए । कार्यक्रममा निसीखोला गाउँपालिका ४ का अध्यक्ष टिकानिधी पौडेल, पत्रकार छविलाल पाण्डे, पभा माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक मोहनविक्रम सापकोटा लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको हो । कार्यक्रम संस्थाका अध्यक्ष विनोद भण्डारीको अध्यक्षता उपाध्यक्ष होम बहादुर पुनको स्वागत, कर्मचारी दिपक क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

हाल बुर्तिबाङ देखि निसीखोला गाउँपालिकाको भल्कोट सम्म मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा कालोपत्रे निर्माण भइसक्दा समेत भाडादर मनपरि देखिएको छ । बुर्तिबाङ झिवाखोला १३ किलोमिटर सडक हुँदै गर्दा यातायातका साधनले ३५० रुपैयाँ सम्म प्रति यात्रु असुल्ने गरेका छन । अव आफुहरुले तत्कालै भाडा समायोजन गर्ने र स्थानिय तहका जनप्रतिनिधी, प्रशासन सँग वसेर त्यसको व्यवस्थापनमा जाने सचिव राजु क्षेत्रीले बताएका हुन

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित