spot_img

न्यु मोर्डन एकेडेमीमा लागु औषध र ट्राफिक सचेतना विषयक प्रशिक्षण

बुर्तिबाङको न्यु मोर्डन एकेडेमीमा इलाका प्रह्री कार्यालयको आयोजनामा ट्राफिक सचेतना तथा लागु औषध दुर्वेशनीबाट बच्ने विषयमा विद्यार्थीका लागी सचेतना मुलक प्रशिक्षण  कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ स्थित न्यु मोर्डन ऐकेडेमी बोर्डिङ स्कुलमा अध्ययनरत बिधार्थीलाई लागु औषध तथा त्यसको सेवन , मानिसमा पार्ने प्रभाव र वच्ने उपाय तथा तथा ट्राफिक जनचेतना मुलक सम्बन्धिअन्तरक्रिया, तथा प्रशिक्षण दिइएको हो ।

पछिल्लो समय किशोर किशोरीमा लागु औषध तथा बिभिन्न कुलतमा फस्ने गरेको कारण यस बाट केही मात्रमा भए पनि कमि ल्याउने उदेश्य सहित कार्यक्रम सञ्चालन गरीएको प्रहरी सहायक निरिक्षक बिशाल दर्जीले बताउनु भयो ।कार्यक्रमा प्रहरी सहायक निरिक्षक बिशाल दर्जी तथा अन्य प्रहरी कर्मचारीले प्रशिक्षण दिएका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित