बुर्तिबाङ भाद्र १७
ढोरपाटनमा रहेको जनवादी आधारभुत विद्यालयमा प्रकृर्ति संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी तथा विद्यार्थीलाई खेलकुद स्टेशनरीका सामाग्रि हस्तान्त्रण गरीएको छ ।
ढोरपाटनमा रहेको नेपाली शेनाको ढोरपाटन देवी वक्स गुल्मको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितीका पदादिकारी विचमा प्रकृर्ति संरक्षण, पछिल्लो समय विश्वमा देखिएको जलवायु परिवर्तन, जलवायु परिवर्तनबाट देखिएको प्रभाव र त्यसबाट वच्ने उपाय एवं रोकथामका विषयमा छलफल एवं अन्र्तक्रृया सहित कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रध्यानाध्यापक देव बहादुर सुनारले बताउनु भयो । आयोजित कार्यक्रमका अवसरमा विद्यार्थीका लागी स्टेशनरी तथा खेलकुदका सामाग्रि समेत गुल्मले हस्तान्त्रण गरेको हो । गुल्मका गुल्मपती शेनानी विनिश श्रेष्ठको प्रमुख आतिथ्यता एवं जनचेतना मुलक मन्तव्य रहेको हो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष प्रेम विश्वकर्माको अध्यक्षता, देवी वक्स गुल्मका क्याप्टेन पदम गिरीको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक देव बहादुर सुनारको स्वागत, शिक्षक थमप्रकाश जैसिको सञ्चालनमा सम्पन्न भएको विद्यालयका प्रध्यानाध्यापक देव बहादुर सुनारले बताए ।
जनवादी आधारभुत विद्यालयमा प्रकृर्ति संरक्षण सम्वन्धी जनचेतना मुलक कार्यक्रम
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् ९नन ग्रेडिङ० उल्लेख हुने बोर्डका प्रमुख शर्माले जानकारी दिनुभयो ।
यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैनन् । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । सार्वजनिक नतिजाअनुसार ३।६१ देखि ४।० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या चार हजार एक सय ७९ रहेको छ । यस्तै ३।२१ देखि ३।६० जीपीए ल्याउनेको सङ्ख्या ३० हजार एक सय सात जना, २।८१ देखि ३।२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार दुई सय ८४ रहेको छ ।
परीक्षा बोर्डका अनुसार २।४१ देखि २।८० जीपीए ल्याउनेको सङ्ख्या ६४ हजार ९३, २।०१ देखि २।४० जीपीए ल्याउनेका सङ्ख्या १० हजार नौ सय र १।६१ देखि २।० जीपीए ल्याउनेको सङ्ख्या ३५ मात्रै छ । नन ग्रेडिङ ल्याउनेको सङ्ख्या एक लाख ८८ हजार चार सय १० रहेको छ । यस पटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अङ्क ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।
जनतासंग नेपाली काँग्रेस अभियान ः जनताको मन जित्ने गरी काम गर्न तिवारीको आग्रह
बुर्तिबाङ भाद्र १७
नेपाली काँग्रेसद्धारा “जनतासगं नेपाली काँग्रेस” अभियान शुक्रबारदेखि देशभर सुरु भएको छ । ढोरपाटन नगरपालिकामा एक कार्यक्रमका विच अगुवा नेता कार्यक्रतालाई प्रशिक्षण दिँदै प्रत्यक वडामा कार्यक्रम सञ्चालन गर्ने गरी अभियानको सुभारम्भ गरीएको हो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापती कल्पना तिवारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी तिवारीले वोल्दै नेपाली काँग्रेस जनताको र देश निर्माणमा अग्रणी भुमिका खेल्ने पार्टी भएका कारण जहिले पनी जनता र देशकोे हित हुने काम गर्नुपर्ने बताउनु भयो ।
जनताको हक अधिकार स्थापित गर्न लोकतन्त्र देखि देशको स्वाभिमान बचाउन लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस भएका कारण जनताको हक अधिकार स्थापित नहुने र जनताको मन जित्ने गरी काम गर्न नेता कार्यक्रता तथा जनप्रतिनिधीलाई आग्रह गर्नुभयो ।
शुक्रबार देखि सुरु भएको अभियान देशभर भाद्र २४ गतेसम्म जारी रहने छ उक्त अभियानमा जनताको विचमा जाने, उनिहरुको गुनासो, समस्या बुझ्ने र भावि रणनिती निर्माण गरी जनहित वमोजिमको अभियान सञ्चालन गर्ने गरी अभियानको सुरुवात भएका कारण सबै नेता कार्यक्रता अभियानमा जोडिन काँग्रेस जिल्ला सभापती जित शेरचनले बताउनु भयो ।
आयोजित कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी दोर्ण कुमार कुवँर, महादिवेशन प्रतिनिधी ऋषिराम कँडेल, देवेन्द्र कुमार घर्ति, सोम बहादुर पौवी, दिलमाया पौवी, दिपेन्द्र श्रेष्ठ, प्रदेश सदस्य अर्जुन शेरचन, लगाएत नेता कार्यक्रताको उपश्थिती रहेको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाली काँग्रेसलाई थप सक्रिय चलायमान र जनमुखी वनाउन नेता स्वंम सच्चिनु पर्ने, एक आपसमा सम्मोन्य सहकार्य हुनुपर्ने बताउँदै निर्वाचन मुखी कार्यक्रम मात्र अगाडी बढाएर नेपाली काँग्रेसको संगठन विस्तार नहुने सुझाव दिएका हुन ।
आयोजित कार्यक्रममा जिल्ला सचिव गण्डकी थापा अधिकारीद्धारा पार्टीको निर्दशन र कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको हो कार्यक्रम नगरसभापती धनबहादुर कायतको सभापतित्व उपसभापती कृष्ण के.सी.को सञ्चालनमा सम्पन्न भएको हो ।
विधी पद्धतीमा काम गर्दा आक्षेप लगाउन खोजियो उपमेयर कायत
बुर्तिबाङ ÷भाद्र १७ गते
ढोरपाटन नगरपालिका उपमेयर धनबहादुर कायतले आफुले निती , विधी र पद्धतीमा रहेर ढोरपाटन नगरपालिकामा काम गर्न खोज्दै गर्दा केही तत्वले आफुलाई असफल पार्न खोजेको आरोप लगाएका छन ।
विहिबार सामाजिक सञ्जाल फेसवुक मार्फत उपमेयर धनबहादुर कायतले रोजगार सहाएक पदमा आफनो व्याक्ति राख्न खोजेको र मनपरी गर्न खोजेको भन्ने स्टाटस आएपछि कायतले आफुलाई नियोजित रुपमा अराजक तत्वले भ्रमपूर्ण आरोप लगाउन खोजीएको बताएका छन ।
विहिबार ढोरपाटन नगरपालिकामा रोजगार सहायक पदको परिक्षा थियो जसमा १० जनाको सहभागिता रहेकोमा कोही पनी उर्तिण हुन सकेनन् त्यसैलाई लिएर केहि तत्वले सामाजिक सञ्जालमा आफनो अनावस्यक चरित्र हत्या गर्न खोजिएको बताउँदै आफुलाई अनावस्यक आरोप लगाउनेको खोजी गरी कानुनी उपचार खोजीने बताए ।
कायतले भने रोजगार सहायकको परिक्षा लिखित र प्रयोगात्मक गरी दुई चरणमा थियो त्यसलाई पारदर्सि ढँगले योग्य व्याक्तिको छनौट हुनुपर्ने आफनो धारणा थियो अनुगमन नियमन गर्नु आफनो दायित्व समेत भएका कारण दुबै परिक्षामा मैले पनी निरिक्षण गरेँ तर लिखितमा धेरै उर्तिण भएपनी प्रयोगात्मक परिक्षामा कोही पनी उर्तिण हुन सक्नुभएन मलाई आफनो मान्छे राख्न खोज्यो भनेर अनावस्य सामाजिक सञ्जालमा आरोप लगाइएको बताउँदै भ्रमको पछि नलाग्न आग्रह सहित खराव नियतले आफनो चरित्र हत्या गर्नेको खोजी भइरहेको र कार्यवाहीको दायरामा ल्याउने बताउँदै आफुले जनताको हित विपरित कुनै पनी काम नगर्ने र नकारात्मक गतिविधी गर्नेलाई पनी नछोड्ने ढोरपाटन टाइम्सलाई बताए ।
ढोरपाटन नगरपालिकाले खोलेको विज्ञापनमा रोजगार सहायकमा निवेदन दिइएका मध्ये पहिलो चरणमा १० जना छनौट भएका थिए दोश्रो चरणमा निश्पक्ष र योग्य व्याक्तिको छनौटका निम्ती विज्ञ व्याक्तिबाट परिक्षा लिने गरी गल्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल बहादुर वि.क. लाई वोलाएर परिक्षा गराइएको थियो ।
बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस
बुर्तिबाङ ÷भाद्र १७ गते
नेकपा एमाले बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्य पदका निम्ती ३ जनाको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गतेहुने प्रदेश सभा निर्वाचनको दलहरु विच आन्तरी तयारी भइरहेको अवस्थामा नेकपा एमालेले प्रदेश तहको आकाँक्षीको नाम सिफारिस गरेको हो । शुक्रबार बुर्तिबाङमा भएकोे बैठकबाट नेकपा एमालेका नेता टँक प्रसाद पौडेल, लक्ष्मण पुन र लक्ष्मि शेन सुनारको नाम जिल्लामा सिफारिस गरीएको नेकपा एमाले ढोरपाटन नगर उपसम्योजक ज्ञानप्रसाद कंडेलले बताउनु भयो । समानुपातिक तर्फको नाम सिफारीस जिल्लाले गर्ने भएका कारण त्यस विषयमा छलफल नभएको बताइएको छ ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं.२ प्रदेशसभा (ख) बाट १३ जनाको नाम सिफारिस
बुर्तिबाङ भाद्र १७
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख) बाट आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा उमेद्वार बन्न इच्छुक आकाँक्षीको नाम सिफारिस गरेको छ ।
विहिबार बुर्तिबाङमा भएको बैठकबाट प्रदेश सभा निर्वाचनमा उमेद्वार बन्न आफनो आकाँक्षा रहेका १३ जना प्रतिनिधीको नाम क्षेत्रमा पठाउने निर्णय भएको हो ।
प्रत्यक्ष तर्फ ७ जना र समानुपातिक तर्फ ६ जना सिफारीस भएका हुन । प्रत्यक्ष तर्फ महादिवेशन प्रतिनिधी अर्जुन शेरचन, ऋषिराम कंडेल, गणेश शेरचन, टेकराज पौडेल, देवेन्द्र कुमार घर्ति मगर, शैलेश घर्ति मगर, सागर छन्त्यालको नाम सिफारिस गरीएको छ ।
त्यसैगरी समानुपातिक तर्फ तुलासिँह घर्ति मगर, दिलमाया पौवी, नरजंग घर्ति,मेषलाल सर्मा, सीता कुमारी सर्मा, हितदेवी घर्तिको नाम सिफारीस गरीएको छ । समानुपातिकमा ३ जना महिलाको नाम सिफारस भएको हो । नेपाली काँग्रेस जिल्ला सभापती जित बहादुर शेरचन, क्षेत्रीय सभापती जोकलाल बुढा, प्रदेश सभापती मेशलाल सर्मा लगाएत केन्द्रिय ÷प्रदेश प्रतिनिधी, जिल्ला, क्षेत्र, प्रदेश तहका नेता कार्यक्रताको उपश्थितीमा कार्यक्रम भएको हो ।
गलकोटमा पहिरोले घर पुरियो
बुर्तिबाङ , बागलुङको गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ ।
दुई दिनदेखिको अविरल वर्षातका कारण गलकोट नगरपालिका वडा नम्बर ११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिनुभयो ।
पहिरोले घर पुरिँदा रानको परिवार विस्थापित भएका छन् । अहिले उनीहरु आफन्तकोमा आश्रय लिएको बसेको वडा अध्यक्ष श्रीसले बताउनुभयो । पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उहाँको भनाई छ ।
“जनताले प्रदेशको,केन्द्रको र स्थानिय सरकारको मात्र आशा गरेर हुदैन आफ्नो ठाउँको विकासको लागि आफै अगाडी बढ्नु पर्छ, सांसद शाही ।
बिनोद बिश्वकर्मा बुर्तिबाङ
गण्डकी प्रदेश मामिला सभापति तथा बागलुङ क्षेत्र नं २ (ख) का सांसद खिमविक्रम शाहीले जनताले आफ्नो ठाउँ बनाउन प्रदेशसरकारको तथा पालिकाको मात्र आशा राखेर मात्र विकास नहुने बताउनु भएको छ ।
निसीखोला गाउँपालिका वडा नं ४ स्थित बृहस्पति युवा क्लवले आयोजना गरेको तिज बिशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद शाहीले यस्तो बताउनु भएको हो । सांसद शाहीले आफ्नो ठाउँको विकास गर्नको लागि सोही ठाउँको जनता चनाखो भएर काम गर्नु पर्ने बतानु भयो ।
“जनताले प्रदेशको,केन्द्रको र स्थानिय सरकारको मात्र आशा गरेर हुदैन आफ्नो ठाउँको विकासको लागि आफै अगाडी बढ्नु पर्छ ”सांसद शाहीले भन्नुभयो । कार्यक्रममा थप बोल्दै शाहीले संघ र प्रदेशसभाको चुनाव नजिकिएको हुदा जनताले आफुलाई अनुकुल सांसदलाई जिताउने कुरामा बिश्वास व्याक्त गर्नु भयो ।
नवौ राष्ट्रिय खेलकुद गण्डकी प्रदेश छनोटमा बागलुङबाट ३ सय ५ खेलाडी ।
बागलुङ
गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय छनोट खेल खेल्न बागलुङबाट ३ सय ५ जना खेलाडी चुनिएका छन् ।
बागलुङमा भदौ ६ गतेदेखि १२ गतेसम्म भएको जिल्ला स्तरीय छनोट प्रतियोगिताबाट विभिन्न २१ खेलका लागि १ सय २३ जना महिला र १ सय ८२ जना पुरुष खेलाडी छनोट भएका छन् । बागलुङबाट छनोट भएका खेलाडीहरुले यहि भदौ १६ गतेदेखि १८ गतेसम्म गण्डकी प्रदेशमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यवहाक अध्यक्ष लोकेन्द्र केसीले बताउनुभयो ।
बागलुङबाट फुटबलमा १४ जना पुरुष र १४ जना महिला, भलिबलमा १० जना महिला र ८ जना पुरुष, कबड्डीमा १० जना पुरुष र १० जना महिला, टेबल टेनिसमा ५ जना महिला र ५ जना पुरुष खेलाडी छनोट भएका छन् । यस्तै आईटिएफ तेक्वान्दोमा ११ जना महिला र १४ जना पुरुष, कराँतेमा १५ जना महिला र १४ जना पुरुष, तेक्वान्दोमा १३ जना महिला र १३ जना पुरुष, एथलेटिक्समा ९ जना महिला र ९ जना पुरुष, उसुमा ६ जना महिला र १२ जना पुरुष, व्याडमिन्टनमा ६ जना महिला र ३ जना पुरुष खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समिति बागलुङका काव अध्यक्ष केसीले बताउनुभयो ।
यस्तै बास्केटबलमा ९ जना पुरुष, जिम्न्याष्टिकमा ३ जना महिला र ६ जना पुरुष, रग्वीमा ११ जना पुरुष, सुटिङमा ६ जना महिला र ७ जना पुरुष, बक्सिङमा ६ जना पुरुष, क्रिकेटमा १४ जना पुरुष, बुद्धिचालमा ६ जना पुरुष, फुलकन्टयाक्टमा ४ जना महिला र ४ जना पुरुष, स्क्वासमा १ जना महिला र २ जना पुरुष, ह्याण्डबलमा १० जना महिला र १० जना पुरुष र आर्चरीमा ४ जना पुरुष खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समिति बागलुङकी सचिव तारा शर्माले बताउनुभयो । २१ खेलको लागि ३ सय ५ खेलाडी सहित बागलुङबाट २३ जना प्रशिक्षकहरु र २० जना व्यवस्थापकहरु समेत रहेका छन् ।
यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगतामा आचरी तर्फ गण्डकी प्रदेशबाट बागलुङका तीन जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रदेश छनोटमा जिल्लाबाट ४ जनाले सहभागिता जनाएकोमा तीन जना खेलाडी राष्ट्रिय खेलको लागि छनोट भएको काव अध्यक्ष केसीले बताउनुभयो । उहाँले बागलुङका खडक बहादुर घर्ती, दुर्गा बहादुर घर्ती र कृष्ण भण्डारीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।
आज हरितालिका तीज व्रत, महिलालाई बिदा
१४ भदौ, आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् ।आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ
अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ ।
आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।










