गलकोटमा पहिरोले घर पुरियो

बुर्तिबाङ , बागलुङको गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ ।

दुई दिनदेखिको अविरल वर्षातका कारण गलकोट नगरपालिका वडा नम्बर ११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिनुभयो ।

पहिरोले घर पुरिँदा रानको परिवार विस्थापित भएका छन् । अहिले उनीहरु आफन्तकोमा आश्रय लिएको बसेको वडा अध्यक्ष श्रीसले बताउनुभयो । पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित