गण्डकी प्रदेशका स्वास्थ्य सचिवसहित सरोकारवालाको सहभागितामा बुर्तिबाङ अस्पतालमा स्वास्थ्य सेवा सुधारबारे अन्तरक्रिया सम्पन्न

बागलुङ, साउन १८।

बुर्तिबाङ प्रादेशिक अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सरोकारवालाबीच अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अस्पतालको सेवा प्रवाह, जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास, आवश्यक स्वास्थ्य उपकरण, विशेषज्ञ चिकित्सकको व्यवस्था तथा चार स्थानीय तहको सहकार्यमा अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालले बुर्तिबाङ प्रादेशिक अस्पताललाई पश्चिम बागलुङका नागरिकको भरोसायोग्य स्वास्थ्य संस्था बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा प्राप्त सुझावलाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्दै अस्पताललाई थप व्यवस्थित र सेवामुखी बनाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका मुख्य सचिव डा. युवानिधि बसौलाले अस्पतालको विकास केवल सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै स्थानीय तह, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी तथा नागरिकबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रमबाट प्राप्त सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक नीति, योजना तथा स्रोत व्यवस्थापनमार्फत क्रमिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, दुर्गम क्षेत्रका नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो।

 

त्यसैगरी निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बुर्तिबाङ प्रादेशिक अस्पताल चार स्थानीय तहका नागरिकको साझा अस्पताल भएकाले चारै पालिकाको सहकार्य, समन्वय र साझेदारीमा अस्पतालको सेवा तथा गुणस्तर अझ सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले अस्पतालको दीर्घकालीन विकासका लागि सबै पक्षको साझा प्रतिबद्धता र सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

 

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका मुख्य सचिव डा. युवानिधि बसौला, स्वास्थ्य मन्त्रीका निजी सचिव जयसोर भुसाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुसाल, बुर्तिबाङ प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अभिनाश पोख्रेल, निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं ढोरपाटन नगरपालिका–१ का वडा अध्यक्ष बानबहादुर छन्त्याल, नेपाली कांग्रेस क्षेत्र नं 2 प्रदेश सभापति मेसलाल शर्मा, नेकपा (एमाले) का प्रतिनिधि ज्ञानप्रसाद कंडेल, राष्ट्रिय स्वतन्त्र पार्टी ढोरपाटन नगर समितिका उपसभापति विमल विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि हेमेन्द्र घर्ती, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि झकप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि हरिबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी ढोरपाटन नगरपालिका उपशाखाका प्रमुख पुरण पाण्डे, लायन्स क्लब अफ ढोरपाटनका सचिव शरण पाण्डे तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख आतिथ्यता गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका मुख्य सचिव डा. युवानिधि बसौलाले, अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालले तथा सञ्चालन बुर्तिबाङ प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अभिनाश पोख्रेलले गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img