नेपाली कांग्रेस बागलुङ क्षेत्र नं.२ प्रदेशसभा (ख) बाट १३ जनाको नाम सिफारिस

बुर्तिबाङ भाद्र १७
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख) बाट आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा उमेद्वार बन्न इच्छुक आकाँक्षीको नाम सिफारिस गरेको छ ।
विहिबार बुर्तिबाङमा भएको बैठकबाट प्रदेश सभा निर्वाचनमा उमेद्वार बन्न आफनो आकाँक्षा रहेका १३ जना प्रतिनिधीको नाम क्षेत्रमा पठाउने निर्णय भएको हो ।
प्रत्यक्ष तर्फ ७ जना र समानुपातिक तर्फ ६ जना सिफारीस भएका हुन । प्रत्यक्ष तर्फ महादिवेशन प्रतिनिधी अर्जुन शेरचन, ऋषिराम कंडेल, गणेश शेरचन, टेकराज पौडेल, देवेन्द्र कुमार घर्ति मगर, शैलेश घर्ति मगर, सागर छन्त्यालको नाम सिफारिस गरीएको छ ।
त्यसैगरी समानुपातिक तर्फ तुलासिँह घर्ति मगर, दिलमाया पौवी, नरजंग घर्ति,मेषलाल सर्मा, सीता कुमारी सर्मा, हितदेवी घर्तिको नाम सिफारीस गरीएको छ । समानुपातिकमा ३ जना महिलाको नाम सिफारस भएको हो । नेपाली काँग्रेस जिल्ला सभापती जित बहादुर शेरचन, क्षेत्रीय सभापती जोकलाल बुढा, प्रदेश सभापती मेशलाल सर्मा लगाएत केन्द्रिय ÷प्रदेश प्रतिनिधी, जिल्ला, क्षेत्र, प्रदेश तहका नेता कार्यक्रताको उपश्थितीमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित