Home Blog Page 152

निसीखोला गउँपालिकाको निर्णय र कार्य प्रति एमाले निसीखोलाको ध्यानाकर्षण ।।

0

बिनोद विश्वकर्मा , बुर्तिवाङ
नेकपा एमाले निसीखोलाले निसीखोला गाउँपालिकालाई १० बुदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।
निसीखोला गउँपालिकाले विभिन्न समयमा गरेका निर्णय र कार्यहरुप्रति नेकपा एमाले निसीखोलाको गम्भिर ध्यानाकार्षण भएको जनाएको हो ।

पालिकाले संविधान र कार्यविधिलाई वेवास्ता गदै मनोमानि ढंगले पहुँचको भरमा निर्णय गरेको कार्यले पालिका धरासायी बन्ने भन्दै तत्काल उक्त कार्यहरु एवं निर्णय सच्याई प्रचलित विधि र कार्यविधि अनुरुप तोकिएको मापदण्डका आधारमा गाउँपालिकालाई विधि पद्धतिमा चलाउन आग्रह आफ्नो १० बुदे माग सहितको ध्यानाकार्षण पत्र बुधबार गाउँपालिकामा पुगेर हस्तान्तरण गरेको छ ।

निसीखोला गउँपालिकाले विभिन्न सूचनालाई वेवसाईटमा नराखेको आर्थिक वर्ष २०७९÷८० को निति तथा कार्यक्रम र योजना स्वीकृत भएको पहिलो त्रैमासिक अवधिको अन्तिमसम्म पनि योजना कार्यान्वयनमा नभएकाले योजना सम्झौता गरी तत्काल कार्य अगाडी बढाउन,करार कर्मचारी नियुक्ति प्रक्रियामा वेथिति देखिएको भन्दै रोजगार सहायक नियुक्ति प्रक्रियामा नियम उल्लङ्घन भएको भन्दै छनोट समितिलाई तत्काल खारेज गरी नियमानुसार पुनःप्रक्रिया अघी बढाउन,योग्यता भएका प्रमुख प्रशासकिय अधिकृतलाई फिर्ता गर्ने र कार्यालयमा हाजिर नहुन धम्की दिएको भन्दै त्यस विषयमा ध्यानाकार्षण भएको र अगाडी प्रमुख प्रशासकिय अधिकृत धुर्व रिजाल र तत्काल सरुवा भई आएका चुर्ण बहादुर कार्कीलाई हाजिर हुन नदिनुको कारण स्पष्ट पार्न,जनप्रतिनिधिहरुनै हालसम्म विद्यालय व्यावस्थापन समितिको जिम्मेवारीमा रहेको भन्दै तत्काल हटउन , दरबन्दी मिलानको क्रममा गत आर्थिक वर्षमा थपिएका शिक्षक दरवन्दी वितरण गर्नुपर्नेमा हालसम्म पनि वितरण नगरेकाले तत्काल निश्पक्ष रुपमा दरबन्दी वितरण गर्न समेत एमालेले ध्यानाकार्षण पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै तत्काल गाउँ शिक्षा समितिलाई पुर्णता दिई शिक्षका कार्यक्रमहरु समिति मार्फत अगाडी बढाउन ,चाडपर्व नजिकिएको तथा वर्षातले बाटाघटाहरु बन्द रहेकाले मर्मत सम्भार गर्न तथा म्याद नाघेको अखाद्य वस्तुहरुको विक्रिवितरण हुन सक्ने भन्दै बजार अनुगमन गर्न ,पलिकाले प्रदन गर्ने सेवासुविधाको नागारिक वडापत्रको व्यावस्था गरी पालिकाले दिने सेवाको समय आवश्यक कागजात र फाँट समेतको उल्लेख गरी छिटो छरितो सेवा उपलब्ध गराउन ,स्वास्थ्य विमा कार्यक्रम लगाएतका विपन्न तथा लक्षित कार्यक्रमहरु तत्काल कार्यान्वयनमा जैजान,दिर्घकालिन महत्वको सवालमा निर्णय लिनुपुर्व सरोकारवाला पक्ष सङ्ग छलफल गर्न समेत पत्रमा उल्लेख गरेको छ ।

हस्तान्तरण कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा निसीखोला कमिटी अध्यक्ष भुमिराज घर्तीले तत्काल समस्याको समाधान नभए अन्य आन्दोलनको कार्यक्रम गर्ने समेत बताए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य मिलन हमालले ध्यानाकार्षण पत्र पढेर सुनाएका थिए । हमालले माग पुरा नगरेमा पालिकाले क्षेति व्याहोर्ने र त्यासको जिम्मेवारी पालिकाले लिनु पर्ने बताए ।

बुधबार पालिकामा अध्यक्ष, उपाध्यक्ष तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत समेत नभएको कारण पालिकाका स्वास्थ्य शाखा प्रमुख टोप बहादुर चन्दलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले निसीखोला सचिव लोकिश्वर पौडेलले गरेका थिए ।

१९ दिन देखी बेपत्ता टोमटाको अनुसन्धान फितलो भएको भन्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा ज्ञापन पत्र ।

0

बिनोद विश्वकर्मा
निसीखोला दलित सञ्जाल द्धारा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ ज्ञापन पत्र बुझाएको छ ।

निसीखोला गाउँपालिका वडा नं १ निवासी दिप टोमटा (दिलिप) गत भाद्र १६ गते देखी बेपत्ता भएको तर १९ दिन बितिसक्दा समेत फेला नपरेको कारण निसीखोला दलित सञ्जालको ध्यानाकार्षण भएको भन्दै सोमबार प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

टोमटा गत भाद्र १६ गते बेलुकी ८ बजेको समयमा घरबाट निस्केर छिमेकी साथीहरु जीवन बि.क र नारायण बि.क.को घरमा गएको त्यहाँ बाट निसीखोला गाउँपालिका १ की प्रेमिकालाई भेट्न जान्छु भनेर निस्किएको र त्यँही समय देखी उनी बेपत्ता भएको हुन् ।

“स्थानिय रुपमा परिवार र आफन्तहरुले खोज तलास गर्दा टोमटा फेला नपरे पछि प्रहरी र प्रशासनमा खोज तलास गरी पाउँ भनि परिवारका सदस्यले तत्काल लिखित निवेदन समेत प्रशासनमा दिएका थिए । टोमटा रातको समयमा साथीहरु सङ्ग बाट छुट्टिएर केटी साथीले बोलाएको छ भनि रातको ११ बजेको समयमा त्यहाँ बाट गएको भन्ने जानकारी अनुसन्धानमा खुलेको र टोमटाको फेसबुक आइडीबाट परिवारजनले चेक गर्दा युवतीले बोलाएको र भेट्न गएको फोन तथा म्यासेन्जरमा कुराकानि भएको प्रमाण बाट समेत खुलेको साथै मोबाईल फोनको कलडिटेल बाट समेत सो कुरा पुष्टि हुन गएको छ । निज टोमटा सङ्गै अध्यान गर्ने कुवँर थरकी ती युुवति बिच प्रेम सम्बन्ध खुल्न आएको छ” ज्ञापन पत्रमा भनिएको छ ।

टोमटा दलित समुदायको भएको र गैरदलित समुदायको युवति सङ्गको पे्रम सम्बन्धकै कारणले उक्त घटना घटेको हुन सक्ने भन्दै यस विषयमा प्रहरीले गहिरो अनुुसन्धान गर्न समेत माग गरेको छ । प्रहरीले टोमटाको प्रेमीका भनिएकी युवतिलाई सोधपुछ गर्दा उक्त घटनाको भोलिपल्ट युवतिले टोमटा संग भएका फोन म्यासेन्जरमा भएका कुराकानि डिलेट गरी मोबाईल समेत फुटेको बताएकी छन् ,ति युवतिले यसरी प्रमाण नष्ट गर्नुको रहस्य के हो ? यसको प्रहरी किन अनुसन्धान गर्न सकेन भन्दै प्रश्न समेत ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

हस्तान्तरण पश््चात बोल्दै निसीखोला दलित सञ्जालका अध्यक्ष रिम बहादुर बि.कले घटनालाई प्रहरी प्रशासनले वेवास्ता गरेमा आन्दोलनका कार्यक्रमलाई अगाडी बढाउने बताए ।

ज्ञापन पत्र बुभ्mदै ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायव निरीक्षक ईश्वर दुलालले घटनाको बारेमा अनुसन्धान चलिरहेको र यस ज्ञापन पत्रलाई जिल्लामा पु¥याउने बताउनु भएको छ । निसीखोला दलित सञ्जालले यस बाहेक ईलाका प्रशासन कार्यलय हुदै जिल्ला प्रशासन कार्यालय बागलुङ, निसीखोला गाउँपालिका कार्यालयमा समेत ज्ञापन पत्र बुझाउने सञ्जालका अध्यक्ष रिम बहादु बि.कले जानकरी गराए ।

नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सभापती गुरुङद्धारा पार्टि परित्यागको घोषणा

0

बुर्तिबाङ भाद्र ३० गते
नेपाली काँग्रेस पार्टीमा लामो समय योगदान पु¥याएका ढोरपाटन नगरपालिका १ का नर बहादुर गुरुङले आफु आवद्ध रहँदै आएको पार्टिबाट साधारण सदस्य समेत नरहने गरी पारित्याग गरेको घोषणा गरेका छन ।
विद्यार्थी राजनिती हुँदै २०५९ देखि २०६४ सालसम्म क्षेत्रीय सभापती समेत भएका गुरुङ पार्टिको एक सक्रिय कार्यक्रताको रुपमा काम गर्दे आएका थिए ।
गुरुङ पछिल्लो समय पार्टीले आफनो कुनै मुल्यांकन गर्न नसकेको , पार्टि भित्रै निती सिद्धान्तको खिल्ली उढाउँदै गुट –उपगुट मौलाएको ,योगदान क्षमताका आधारमा नेता कार्यक्रतालाई समेत व्यवस्थापन गर्न सक्ने नेतृत्व नहुनु र गठवन्धनका कारण पार्टिमा लामो समय सम्म योगदान गरेका नेता कार्यकर्ताको लोकतान्त्रीक पद्धती अनुसार योगदानको कदर नहुने देखेपछि पार्टीमा असन्तुष्ट रहँदै आएका थिए । आफुहरुले काँग्रेसपार्टिलाई थप मजबुद बनाउन पार्टिकै सक्षम व्याक्ति निर्वाचनमा उठाउनु पर्ने माग राख्दा समेत त्यसको सुनुवाई नभएपछि आफुलाई चित्त नबुझेकै कारण पार्टीबाट बाहिर निस्कीएको बताए ।
केहि दिन पहिले आफुले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन अन्र्तगत प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका गुरुङ विहिबार पार्टि परित्याग गरेको पत्र सामाजिक सञ्जालमा पोष्ट गर्दे आफु नेपाली काँग्रसको कुनै पद तथा साधारण सदस्य समेत नरहने गरी पार्टि परित्याग गरेको घोषणा गरेका हुन । आफुले प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका छन ।

खाइपाई आएको तलव घटाएको भन्दै बालविकास सहजकर्ता द्धारा ढोरपाटन नगर उपप्रमुख कायतलाई ज्ञापन पत्र ।

0

बिनोद विश्वकर्मा बुर्तिवाङ,

ढोरपाटन नगरपालिका भित्रका बाल विकास सहजकर्ता द्धारा नगरपलिकामा ज्ञापन पत्र बुझाएका छन् ।
ढोरपाटन नगरपालिकाले बालविकास सहजकर्ताले खाइपाई आएको तलव भत्तालाई घटाएको र त्यस घटाएको रकमलाई तुरुन्त थप गर्नु पर्ने भन्दै ६ बुदे माग सहितको ज्ञापन पत्र ढोरपाटन नगर पालिकाका उपमेयर धन बहादुर कायत लाई बुझाएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा नेपाल सरकारको निर्देशन अनुसार स्थानिय तहबाट ७ हजार रुपैया दिनु पर्ने घोषण भए सङ्गै बाल शिक्षकले गत आर्थिक वर्ष २०७८ साउन १ गते बाट २०७९ असार मसान्त सम्म उपलब्ध बनाएको तर नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाले २ हजार घटाएको हुनाले आपुहरुले नगरपालिकाको ७ हजार र केन्द्रको १० हजार सहित १७ हजार पाउनु पर्ने माग बाल विकास सहजकर्ताहरुको छ ।

त्यस्तै नगरपालिका बाट अनुदानका बाल शिक्षक लाई पोशाक भत्ताको व्यवस्था,चार्डपर्व भत्ताको व्यवस्था,बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति शिक्षकलाई प्रशिक्षण तथा तालिमको व्यवस्था,बालबालिकाको सिकाईमा शैक्षिक सामाग्री अभाव भएको भन्दै आवश्यक शैक्षिक सामाग्रीको माग लगाएतका माग राखी ज्ञापन पत्र हस्तान्तरण गरीएको छ ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रमा ढोरपानट नगरपालिका उपमेयर धन बहादुर कायत ,प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम भट्टराई ,शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा,बालविकास सहजकर्ता,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै उपमेयर कायतले सहजकर्ताको माग जायज भएको तथा नगरपालिकाको आर्थिक स्रोतको कमीको कारण माग संम्बोधन गर्न नसकिएको बताउनु भयो । उपमेयर कायतले मागलाई आगामी कार्यपालिका बैठकमा छलफलको रुपमा लैजाने र सकेसम्म कार्यन्वयन गर्ने बताउनु भएको छ । साथै उपमेयर कायतले आफु निर्वाचित भएको धेरै समय नभएको त्यस कारण धेरै काम गर्न नै बाकीँ रहेको बताउनु भएको छ ।
नगरपालिकाले खर्च व्यवस्थापन गर्ने गरी ३७ वटा र केन्द्रको व्यवस्थापनमा २४ बटा गरी कुल ६१ बालविकास केन्द्र रहेका छन् ।
संघर्ष समितिनै बनाएर अगाडी बढेको बालविकास सहजकर्ताले यस अघि पनि सहजकर्ताले माग संम्बोधनको लागि ज्ञापन पत्र बुझाएको तर कुनै पनि विषयमा सम्बोधन नभएको भन्दै यस पटक पुनह ज्ञापन पत्र बुझाईएको र यस पटक पनि माग पुरा नभए बालविकास केन्द्रनै बन्द गरी आन्दोलनमा जाने नगरस्तिरिय बालशिक्षक संर्घस समितिका अध्यक्ष खिमा रेश्मी बुढाले बताउनु भयो ।

चालकको लापरवाहीले बुर्तिबाङमा भयानक बस दुर्घटना ः एक जना घाईते, लाखौँ मुल्यको भौतिक क्षेती

0

बुर्तिबाङ भाद्र २४
बुर्तिबाङ बजारमा शुक्रबार विहान करिब ९ बजे बा ३ ख ९१८० नम्वरको अनियन्त्रित रुपमा भएको बस दुर्घटनाले लाखौँ मुल्यको भौतिक सम्पतीको क्षेती हुनुका साथै बजारमा सवारीका कारण हुने सुरक्षामा चुनौती दिएको छ ।
बुर्तिबाङ बसपार्कदेखि चलाइएको बस एकाएक अनियन्त्रीत भएपछि सडक छेउँमा रोकी राखिएका ग १ च ७६९ र लु २ च ४७५४ नम्वरका दुई पिकअप जिप, ध १ ज ८७७ नम्वरको १ ट्याक्सी, १ रुकुटर र ध १ प ९५०८ नम्वरको १ मोटरसाइकलमा क्षेति पुर्याउँदै स्थानियले पसलमा विक्रीका लागी राखेको तरकारी, फलफुल, कपडा पूर्ण रुपमा नष्ट हुनुका साथै एक घरमा क्षेती भएको छ घटनाकै कारण बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली. का कर्मचारी विरबहादुर कुवँर घाइते हुनुभएको छ । कुवँरलाई थप उपचाका लागी मणिपाल अस्पत्ताल रिफर भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीको भनाई छ ।
अत्याधिक भिडभाड हुने बुर्तिबाङ बसपार्क देखि परिवर्तन चोक सम्म करिव ३ सय मिटर अनियन्त्रीत रुपमा गुडेको बस कल्पना फलफुल पसल भएको घरमा ठोकिएपछि मात्रै नियन्त्रमा आयो घर पूर्ण रुपमा क्षती भएको छ । सयौँ मानिस ओहोर दोहोर गर्दे गरेको सडकमा एक्कसी अनियन्त्रीत रुपमा बस आएको थाहा पाएपछि सडकमा हिँडेका यात्रु भागाभाग गरेर ज्यात त जोगाउन सफल भए तर सवारीका साधन , पसल र घरमा गरी लाखौँ मुल्यको क्षेती हुने गरी बस दुर्घटनाले असुरक्षाको चुनौती दिलायो । बसमा चालक थिए वा सहचालक अझै एकिन भएको छैन । दुर्घटना पश्चात सवारी चलाएका व्याक्ति फरार रहेको र खाजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । कतिपयलाई सामान्य चोट समेत लागेको छ ।
कसरी भयो त घटना ः
इलाका प्रहरी कार्यालय बुर्तिबाङको ठिक अगाडी बसपार्क देखि एकजना व्याक्तिले बस चलाएर बसपार्कदेखि मुनिको ओरालो तर्फ ल्याए तव बसमा व्रेक नलागेकै कारण ओरालो सडकमा अनियन्त्रीत भयो इलाका प्रहरी कार्यालय अगाडी एकजना अशक्त व्याक्ति घस्रिएर हिँडेको देखेपछि उनलाई बचाउनकै लागी बस सिधै ओरालो मोडीयो जवकी बस कुनै हालतमा ति बस चलाएका व्याक्तिले रोक्न सकेनन् ओरालोमा रप्तारमा गुड्यो र सिधै घरमा ठोकीएर बस रोकीएको पाइएको छ ।  प्रत्यक्ष दर्सीको भनाई  अनुसार बसमा चालक नभएर हेल्फर रहेको बताइएको छ बस चलाएका उनि दुर्घटना पश्चात बस रोकिएपछि बसबाट निक्लीएर भागेको बताइएको छ । प्रहरीले  यस विषयमा चालकको खोजी अनुसन्धान भइरहेको जनाएको छ

निसीखोलाका एक युवा ६ दिन देखि सम्पर्क विहिन

0

बुर्तिबाङ ÷भाद्र २१ गते
बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ हर्पेका १९ बर्षिय एक युवक गत भाद्र १६ गतेदेखि परिवारबाट सम्पर्क विहिन बनेका छन ।
स्थानीय दुर्गे टोमाटाको छोरा दिलिप टोमाटा ६ दिनदेखि सम्पर्क विहिन वनेका परिवारका सदस्यको भनाई छ । घरदेखि साँझ ८ बजेतिर साथीकहाँ जान्छु भनी हिँडेका दिलिप विभिन्न ठाउँमा खोजी गर्दा समेत सम्पर्कमा आउन नसकेको निजकी दिदी हिमला टोमटाले बताइन ।
देवीस्थान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनी एकाएक सम्पर्क विहिन वनेपछी परिवारलाई निकै चिन्ता भएको र प्रहरी सहित सबैसंग खोजी कार्यको लागी अपिल गरेको हिमलाले बताइन ।
गहुँगोरो वर्ण, ५ फुट ३ इन्च उचाई, निलो ट्रयाकको ज्याकेट, कालो टिसर्ट, जिन्सको पाइन्ट र सेतो जुत्ता लगाएर हिँडेका आफनो छोराको खोजी गरी जानकारी प्राप्त भएमा ९८६७६९९०४० मा सम्पर्क गरीदिन परिवारले आग्रह गरेको छ ।

वडिगाडमा शिक्षकहरुका लागी उत्प्रेणात्मक कार्यशाला गोष्ठी

0

बुर्तिबाङ ÷भाद्र २१ गते
वडिगाड गाउँपालिकाको आयोजनामा शिक्षकहरुका लागी सोमबार उत्प्रेणात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका अन्र्तगत रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताका निम्ती क्षमता विकास र उत्प्रेणात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले वोल्दै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार भइरहेको र वर्तमान परिपेक्षमा शिक्षण सिकाईमा नविनतम विकास भएको र उत्प्रेणात्मक सिप र ज्ञानले शिक्षकलाई थउ शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, सामाजिक विकास समितीका सम्योजक दिपेन्द्र के.सी. , वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद आर्चायको मन्तव्य रहेको कार्यक्रम शिक्षा अधिकृत पूर्ण बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यसैगरी मंगलबार कक्षा १० का विद्यार्थीका निम्ती उत्प्रेणात्मक कार्यशाला र बुधबार कक्षा ९ र १० का विद्यार्थी विच हाजीरी जवाफ प्रतियोगिता सञ्चालन गरीने बताइएको छ ।

माओबादी केन्द्रको निर्णय बागलुङ क्षेत्र नं. २ मा प्रचण्ड ,प्रदेशसभा (ख)तर्फ चन्द्र अर्यालको नाम सिफारिस

0

बुर्तिबाङ भाद्र २० गते
आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा राजनैतिक दलले आकांक्षी उमेद्वारको जिल्ला र केन्द्रमा सिफारीस गर्दे गर्दा नेकपा माओबादी केन्द्रले क्षेत्र नं. २ बागलुङबाट प्रदेश र सँघमा आकाँक्षीको नाम सिफारिस गरेको छ ।
आइतबार र सोमबार बसेको बैठकले क्षेत्र नं. २ को सँघतर्फ नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड र प्रदेश सभामा गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्याललाई सर्वसहमत सिफारीस गरीएको बताइएको छ ।

त्यसैगरी संघको समानुपातिक तर्फ पार्टिका बैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुनलाई सिफारीस गरेको हो । प्रदेश सभामा पाँच जनाको नाम सिफारीस गरीएको छ जसमा प्रेम बहादुर रोका, विमला वि.क., झक बहादुर वि.क., कमला पुन र अन बहादुर वि.क.लाई सिफारीस गरीएको नेकपा माओबादी केन्द्रका नेता चन्द्रलाल अर्यालले बताउनु भयो ।

आरजु राणा सहित प्रत्यक्षतर्फ १० र समानुपातिकमा ४ जनाको नाम काँग्रेस बागलुङ क्षेत्र नम्बर २ बाट सिफारीस

0

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवा सहित १० जनाको नाम प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारीस गरेको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।
बागलुङ क्षेत्र नम्बर २ गठबन्धन हुँदा पनि नेपाली काँग्रेसकै भागमा हुनुपर्ने माग सहित प्रधानमन्त्री पत्नीलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारीस गरिएको छ । काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा। शान्तराज आचार्य, महाधिवेसन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारीस गरिएको छ ।
समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

अखिल नेपाल युवक संघको बुर्तिबाङमा विशेष संगठनात्मक प्रशिक्षणमुलक भेला तथा मार्चपास कार्यक्रम

0

बुर्तिबाङ भाद्र १८ गते
नेपाल कम्युनिष्ट पार्टी मशालको सहायक संगठन अखिल नेपाल युवक संघको बुर्तिबाङमा विशेष संगठनात्मक प्रशिक्षणमुलक भेला तथा मार्चपास कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) अन्र्तगत पर्ने ३ पालिकाका संगठनमा आवद्ध नेता कार्यक्रताको उपश्थितीमा प्रशिक्षणमुलक कार्यक्रम संगै बुर्तिबाङ बजार परिक्रमा गरी नागरीकता विधयक लगाएत वर्तमान सरकारले गरेका गलत कार्यको खवरदारी सहित विरोध सभा गरीएको हो ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा रहेका संगठनमा आवद्ध नेता कार्यक्रताको उपश्थितीमा रहेको आयोजित कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा अखिल नेपाल युवक संघ केन्द्रिय महासचिव भिमशेन वनले सम्वोधन गर्नुभएको हो ।
राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दिपक थापा, रक्तिम सांस्कृर्तिक अभियानका केन्द्रीय सचिव सहविन अर्गजा,अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगर समिती सदस्य सुनमाया घर्ति, धन बहादुर कुवँर लगाएतको आतिथ्यता एवं प्रशिक्षण मुलक मन्तव्य रहेको जनाइएको छ । कार्यक्रममा संगठनका केन्द्रीय सचिव डम्वर बहादुर कार्कीले आगामी कार्ययोजना,र युवक संगठनको बारेमा कार्यविधी प्रस्तुत गर्नुभएको थियो कार्यक्रम अखिल नेपाल युवक संघ ढोरपाटन नगर उपाध्यक्ष पुस्कर अदैको अध्यक्षता, संगठनका निसीखोला गाउँपालिका अध्यक्ष राजेन्द्र कुमार शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।