spot_img

माओबादी केन्द्रको निर्णय बागलुङ क्षेत्र नं. २ मा प्रचण्ड ,प्रदेशसभा (ख)तर्फ चन्द्र अर्यालको नाम सिफारिस

बुर्तिबाङ भाद्र २० गते
आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा राजनैतिक दलले आकांक्षी उमेद्वारको जिल्ला र केन्द्रमा सिफारीस गर्दे गर्दा नेकपा माओबादी केन्द्रले क्षेत्र नं. २ बागलुङबाट प्रदेश र सँघमा आकाँक्षीको नाम सिफारिस गरेको छ ।
आइतबार र सोमबार बसेको बैठकले क्षेत्र नं. २ को सँघतर्फ नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड र प्रदेश सभामा गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्याललाई सर्वसहमत सिफारीस गरीएको बताइएको छ ।

त्यसैगरी संघको समानुपातिक तर्फ पार्टिका बैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुनलाई सिफारीस गरेको हो । प्रदेश सभामा पाँच जनाको नाम सिफारीस गरीएको छ जसमा प्रेम बहादुर रोका, विमला वि.क., झक बहादुर वि.क., कमला पुन र अन बहादुर वि.क.लाई सिफारीस गरीएको नेकपा माओबादी केन्द्रका नेता चन्द्रलाल अर्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित