खाइपाई आएको तलव घटाएको भन्दै बालविकास सहजकर्ता द्धारा ढोरपाटन नगर उपप्रमुख कायतलाई ज्ञापन पत्र ।

बिनोद विश्वकर्मा बुर्तिवाङ,

ढोरपाटन नगरपालिका भित्रका बाल विकास सहजकर्ता द्धारा नगरपलिकामा ज्ञापन पत्र बुझाएका छन् ।
ढोरपाटन नगरपालिकाले बालविकास सहजकर्ताले खाइपाई आएको तलव भत्तालाई घटाएको र त्यस घटाएको रकमलाई तुरुन्त थप गर्नु पर्ने भन्दै ६ बुदे माग सहितको ज्ञापन पत्र ढोरपाटन नगर पालिकाका उपमेयर धन बहादुर कायत लाई बुझाएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा नेपाल सरकारको निर्देशन अनुसार स्थानिय तहबाट ७ हजार रुपैया दिनु पर्ने घोषण भए सङ्गै बाल शिक्षकले गत आर्थिक वर्ष २०७८ साउन १ गते बाट २०७९ असार मसान्त सम्म उपलब्ध बनाएको तर नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाले २ हजार घटाएको हुनाले आपुहरुले नगरपालिकाको ७ हजार र केन्द्रको १० हजार सहित १७ हजार पाउनु पर्ने माग बाल विकास सहजकर्ताहरुको छ ।

त्यस्तै नगरपालिका बाट अनुदानका बाल शिक्षक लाई पोशाक भत्ताको व्यवस्था,चार्डपर्व भत्ताको व्यवस्था,बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति शिक्षकलाई प्रशिक्षण तथा तालिमको व्यवस्था,बालबालिकाको सिकाईमा शैक्षिक सामाग्री अभाव भएको भन्दै आवश्यक शैक्षिक सामाग्रीको माग लगाएतका माग राखी ज्ञापन पत्र हस्तान्तरण गरीएको छ ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रमा ढोरपानट नगरपालिका उपमेयर धन बहादुर कायत ,प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम भट्टराई ,शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा,बालविकास सहजकर्ता,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै उपमेयर कायतले सहजकर्ताको माग जायज भएको तथा नगरपालिकाको आर्थिक स्रोतको कमीको कारण माग संम्बोधन गर्न नसकिएको बताउनु भयो । उपमेयर कायतले मागलाई आगामी कार्यपालिका बैठकमा छलफलको रुपमा लैजाने र सकेसम्म कार्यन्वयन गर्ने बताउनु भएको छ । साथै उपमेयर कायतले आफु निर्वाचित भएको धेरै समय नभएको त्यस कारण धेरै काम गर्न नै बाकीँ रहेको बताउनु भएको छ ।
नगरपालिकाले खर्च व्यवस्थापन गर्ने गरी ३७ वटा र केन्द्रको व्यवस्थापनमा २४ बटा गरी कुल ६१ बालविकास केन्द्र रहेका छन् ।
संघर्ष समितिनै बनाएर अगाडी बढेको बालविकास सहजकर्ताले यस अघि पनि सहजकर्ताले माग संम्बोधनको लागि ज्ञापन पत्र बुझाएको तर कुनै पनि विषयमा सम्बोधन नभएको भन्दै यस पटक पुनह ज्ञापन पत्र बुझाईएको र यस पटक पनि माग पुरा नभए बालविकास केन्द्रनै बन्द गरी आन्दोलनमा जाने नगरस्तिरिय बालशिक्षक संर्घस समितिका अध्यक्ष खिमा रेश्मी बुढाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित