Home Blog Page 151

टीकाको उत्तम साइत: भोलि बिहान ११ः५१ बजे

0

यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्नेछ ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

समितिले विश्वका विभिन्न देशका लागि स्थानीय समय अनुसार उत्तम साइत सार्वजनिक गरेको छ । भारतमा १०ः४५, अमेरिकाको न्युयोर्कमा ११ः११ को समयमा टीका लगाउन सकिनेछ । अमेरिकाका विभिन्न सहर अनुसार साइतको समय पनि फरक रहेको छ ।

बुर्तिबाङ क्षेत्रमा झिनियाको व्यापार बद्दो, बार्षिक तिनलाख बढि आम्दानी गर्दे खिममाया

0

असोज १८ गते
ढोरपाटन नगरपालिका २ तारिखेतमा वस्दै आउनुभएका खिममायाको दिनचर्या झिनीया रोटी बनाएर वित्दछ । घरमा खाली गफिएर विताउने समय उहाँले झिनीया बनाउने, विक्री गर्ने र मनग्य आम्दानी गर्नेमा वित्छ । घर्तीले झिनीया रोटी बेचेर बार्षिक तिनलाख बढि आम्दानी गर्दे आउनु भएको छ । विगत ५ बर्षदेखि घरमै झिनीया बनाउन थाल्नुभएका खिममायाले उत्पादन गरेको झिनीयाले पछिल्लो समय ग्राहकको मन जित्दै गएको हो ।
निसीखोला,तमानखोला,वडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका नागरीकले खिममायाले तयार पारेको झिनीया घरमै पुगेर खरिद गर्ने गर्दछन । श्रीमान रोजगारीको सिलसिलामा दुबैमा हुनुहुन्छ घरमा ४ जना बच्चा छन सबै बच्चा दिउँसो विद्यालय जान्छन तर साँझ विहान आफुसंगै झिनीया बनाउनमा सहयोग गर्दे आइरहेका छन उहाँले भन्नुभयो । श्रीमानको कमाई बचत गर्न सकिएको र आफुले गरेको मिहिनेतले घरखर्च, बालबच्चको पढाइएमा सहयोग पुगेको छ गतबर्ष तिनलाख रुपैयाँ बराबरको झिनीया बेच्नुभएका उहाँले यसबर्ष त्यो भन्दा बदि मुल्यको विक्री गर्ने गरी दशै तिहार लक्षित झिनीयाको चाङ तयार भइसकेको हो । एकलाख रुपैँयाको लागनीबाट ३ लाख पचास हजार रुपैयाँ सम्मको आम्दानी गर्न सकिने उहाँ बताउनु हुन्छ । काम सजिलो लगानी कम र लगानी डुब्ने सम्भावना समेत कम भएका कारण आफु यो व्यवसायमा लागेको उहाँले बताउनु भयो ।
केहि वर्ष पहिले विशेष गरी तिहार पर्वमा झिनीया खरिद हुने गरेकोमा पछिल्लो समयमा अन्य समयमा समेत ग्राहकको रोजाइमा परेपछि झिनीयाले बजार पाएको छ प्रति दर्जन एक सय रुपैयाँमा विक्री गर्न सकिने ग्राहकका लागी सस्तो र छिटो बनाउन सकिने खाजाको रुपमा रहेका कारण झिनीयाको माग बढेको पाइन्छ ।

यो वर्ष दशैँ टीकाको दिन भारी वर्षा हुने

0

१४ आश्विन २०७९

यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो।

तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अजै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार असोज १८ गते नवमीदेखि नेपालमा पनि न्यून चापीय प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना छ।

असोज १८ गते नवमीमा देशभर आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहेको छ। त्यसदिन  प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज १९ गने टीकाको दिन देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यी दिनहरूमा देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषिलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

३० हजार नाघ्यो डेंगुका बिरामीको संख्या

0

नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो। हाल देशभर ३० हजार १८६ जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ।  डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। यो संख्या नेपालमा डेंगु देखिए यताको सर्वाधिक हो।

निर्वाचन अधिकृतको कार्यालय स्थापना, क्षेत्र नं. २ बागलुङको मतगणना बुर्तिबाङबाट हुने

0

बुर्तिबाङ असोज १५
आगामी मंसिर ४ गते हुन लागिरहेको प्रदेश सभा तथा प्रतिनिधी सभा निर्वाचनमा यसपटक क्षेत्र नं. २ बागलुङको हकमा बुर्तिबाङबाटै मतगणना हुने भएको छ ।
विगतमा बागलुङ बजारबाट हुने जिल्लाभरको मतगणना यसपटक ढोरपाटन नगरपालिका २ मा स्थापना गरीएको निर्वाचन अधिकृतको कार्यालयबाट क्षेत्र नं. २ को मतगणना हुने निर्वाचन अधिकृत वाबुराम पाण्डेले बताउनु भयो ।
६ वटा पालिका रहेको यस क्षेत्रको मतगणना यहिँबाट हुने गरी व्यवस्था भएको छ , हामीहरु सोहि वमोजिम निर्वाचन तयारीमा जुटिसकेका छौँ निर्वाचन अधिकृत पाण्डेले भन्नु भयो ।
ढोरपाटन नगरपालिका २ स्थित बुर्तिबाङ नयां शहर आयोजनाको भवनमा शनिवार एक कार्यक्रमका विच निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको हो । यहाँस्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपश्थितीमा आयोजित कार्यक्रममा अधिकृत पाण्डेले निर्वाचनलाई शान्त, मर्यादित र निश्पक्ष हुने गरी आफुहरुले काम गर्ने र त्यसका निम्ती सम्पूर्ण राजनैतिक दलको समेत जिम्मेवारीता रहेका कारण निर्वाचनलाई सफल बनाउन सबैले सम्मोन्यकारी भुमिका खेल्नुपर्ने बताउनु भयो क्षेत्र नं. २ बाट यसपटकको निर्वाचनमा मतदान गर्न पन्चानब्बे हजार नागरीक सहभागि हुँदैछन ।
कार्यक्रममा ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्मा अधिकारी, इलाका प्रशासन कार्यालय बुर्तिबाङ प्रमुख लोक बहादुर कुवँर, नेपाली कांग्रेस प्रतिनिधी तारानाथ पौडेल, नेकपा एमाले प्रतिनिधी लक्ष्मण पुन, माओबादी केन्द्र प्रतिनिधी निल बहादुर पुन, जनता समाजवादी पार्टी प्रतिनिधि गंगा घर्ती मगर लगाएत जनप्रतिनिधी, पत्रकारको उपश्थिती रहेको थियो ।
सहभागिले निर्वाचन अधिकृतको कार्यालय अपायकमा रहेको बताउँदै बुर्तिबाङ बजारमा सार्न अनुरोध गरेका छन उनिहरुले निर्वाचन पश्चात मतपेटिका ल्याउन तथा मतगणनाका क्रममा खान वस्न लगाएतमा असुविधा हुने भएका कारण बजार क्षेत्रबाट मतगणना हुने प्रवन्ध मिलाउन आग्रह गरेका हुन । कार्यक्रम सहाएक निर्वाचन अधिकृत ऋृषि रिजालले सञ्चालन गर्नुभएको हो ।

दिलीप टोमटाको खोजतलासको माग गर्दै दलित अधिकारकर्मीको टोली डेलिगेसनमा

0

लोकेन्द्र निरासी, बुर्तिबाङ ।

एक महिनादेखि बेपत्ता निसीखोला गाउँपालिका वडा नं। १ हर्पेका दिप टोमटा ९दिलीप० को खोजतलास र थप अनुसन्धानको माग गर्दै शुक्रबार ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा दलित अधिकारकर्मीहरुको टोली डेलिगेसन गएको छ ।

गत असोज ३ र ४ गते पनि उक्त घटनामा प्रहरी प्रशासनबाट प्रभावकारी रुपमा खोजतलास र अनुसन्धान हुन नसकेको भन्दै निसीखोला दलित सञ्जालको अगुवाईमा दलित अधिकारकर्मीहरुले ईलाका प्रहरी कार्यालय बुर्तिबाङ, ईलाका प्रशासन कार्यालय बुर्तिबाङ र निसीखोला गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

निसीखोला गाउँपालिका वडा नं १ हर्पे निवासी दिलीप टोमटा गत भाद्र १६ गते देखी बेपत्ता भएको तर एक महिना बितिसक्दा समेत फेला नपरेको कारण अनुसन्धान प्रभावकारी हुनुपर्ने भन्दै दोस्रो चरणको कार्यक्रम अन्तरगत दलित अधिकारकर्मीहरुको टोलीले गम्भीर रुपमा ध्यानाकर्षण गराउँदै ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा डेलिगेसन गएको हो ।

टोमटा गत भाद्र १६ गते बेलुकी ८ बजेको समयमा घरबाट निस्केर छिमेकी साथीहरु जीवन बि।क र नारायण बि।क।को घरमा गएको र त्यहाँबाट निसीखोला गाउँपालिका १ की अर्को गाउँकी कुँवर थरकी आफ्नी प्रेमिकालाई भेट्न जान्छु भनेर साथीहरुबाट निस्किएको र त्यँही समयदेखि उनी बेपत्ता भएको बताइएको छ ।

लामो समयसम्म स्थानीय रुपमा परिवारजन र आफन्तहरुले खोज तलास गर्दा टोमटा फेला नपरे पछि प्रहरी प्रशासनमा खोजतलास गरी पाउँ भनी परिवारका सदस्यले तत्काल लिखित निवेदन दिएका थिए । टोमटा रातको समयमा साथीहरुबाट छुटिएर केटी साथीले बोलाएको छ भनी गत भाद्र १६ गते राती करिब ११ बजेको समयमा त्यहाँबाट गएको भन्ने जानकारी अनुसन्धानमा खुलेको र टोमटाको फेसबुक आइडीबाट परिवारजनले चेक गर्दा युवतीले बोलाएको र भेट्न गएको फोन तथा म्यासेन्जरमा कुराकानी भएको प्रमाणबाट समेत खुलेको जनाइएको छ । साथै मोबाईल फोनको कल डिटेलबाट समेत सो कुरा पुष्टि हुन गएको बताइएको छ । निज टोमटासङ्गै विद्यालयमा अध्ययन गर्ने कुवँर थरकी ती युुवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुल्न आएको छ ।

दिलीप टोमटा दलित समुदायको व्यक्ति भएको र गैरदलित समुदायकी युवतीसंगको पे्रम सम्बन्धकै कारणले उक्त घटना घटेको हुन सक्ने भन्दै यस विषयमा प्रहरीले गहिरो अनुुसन्धान गरिनु पर्ने माग राख्दै दलित संघसंस्था र दलित अधिकारकर्मीहरुले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । तर महिना दिन बितिसक्दा समेत घटनाको सत्य तथ्य बाहिर आउन सकेको छैन ।

शुक्रबार दलित अधिकारर्मीहरुसंग कुरा गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश कुमार शर्मा अधिकारीले घटनाको प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको र छिटै सत्य तथ्य बाहिर आउने बताउनु भयो । फेसबुक आइडी, म्यासेन्जर, कल डिटेल लगायत आवश्यक अन्य स्रोतहरुबाट समेत अनुसन्धान भइरहेको र थप अनुसन्धानको लागि दिलीप टोमटाकी प्रेमीका भनिएकी ती युवती र अन्य शंकास्पद व्यक्तिहरुलाई समेत जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाइएको अधिकारीले बताउनु भयो ।

डेलिगेसन टोलीमा निसीखोला गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष कुबिर वि.क. पत्रकार एवं दलित अधिकारकर्मी लोकेन्द्र सुनार, दलित अधिकारकर्मीहरु अशोक वि.क. रोशन वि.क., संजय सुनार, विष्णु वि.क. विराज वि.क., संचारकर्मी सुमन सुनार, योगेन्द्र विश्वकर्मा, विनोद विश्वकर्मा, लोक बहादुर विश्वकर्मा, एबी खाती, लगायत थुप्रै दलित अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

घटनाको छिटोभन्दा छिटो सत्य तथ्य अनुसन्धान नगरिए आन्दोलनका थप कार्यक्रमहरु अगाडि बढाइने दलित अधिकारर्मीहरुले बताएका छन् ।

चाडपर्व नजिकिँदै गर्दा बुर्तिबाङ प्रहरीको चेकजांचमा कडाई

0

बुर्तिबाङ असोज १२ गते
पछिल्लो समय इलाका प्रह्री कार्यालय बुर्तिबाङले चाडपर्व लक्षित अभियान अन्र्तगत विभिन्न स्थानमा चेकिङलाई कडाई गर्दे सचेतना मुलक कार्यक्रम गरेको छ ।
चाडपर्वको समयमा सवारीचालकले यात्रुबाट मनपरि भाडा असुल्ने, क्षमता भन्दा बढि यात्रु चढाउने, प्रयोजन विपरित सवारी हाँक्ने जस्ता गतिविधी बढेको भन्दै प्रहरीले सवारी चेकजाँचमा कडाई गर्दे बुर्तिबाङ वसपार्कमा यात्रु सहायता कक्षको समेत व्यवस्थापन गरीएको हो ।
वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिकाका विभिन्न स्थानमा पुगेर यस्तो अभियान सञ्चालन गरीएको अस्थाई ट्राफिक पोष्ट बुर्तिबाङका प्रहरी सहाएक निरीक्षक विशाल परियारले बताए ।
प्रहरीले चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधीलाई रोक्न नागरीकलाई सचेत बनाउँदै कहिँकतै अपराधिक गतिविधी भएमा सवारी चालकले भाडादर भन्दा बढि रकम असुलीे गरेमा, क्षमता भन्दा बढि यात्रु ओसार्ने जस्त गतिविधी गरेमा सहायता कक्ष वा १०० र १०३ मा फोन गरी जानकारी दिन समेत अपिल गरेको हो ।
कार्यालयका प्रमुख राजेश सर्मा अधिकारी र अस्थाई ट्राफिक पोष्ट बुर्तिबाङका प्रहरी सहाएक निरीक्षक विशाल परियारको कमान्डमा प्रहरीले यस्तो अभियान चलाएको हो ।

डेंगीबाट बच्न बुर्तिबाङमा सचेतना मुलक कार्यक्रम,डेंगी संक्रमण बद्दो दरमा

0

बुर्तिबाङ असोज ९ गते
ढोरपाटन नगरपालिकाको आयोजनामा आइतबार बुर्तिबाङमा मलेरिया डेंगी लगाएतका किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा तथा प्युपा नस्ट गर्ने अभियान सुरु गरीएको छ ।

पछिल्लो समय डेंगी रोगको संक्रमण क्रमिक रुपमा बृद्धि भइरहेको अवस्थामा रोग नियन्त्रणका निम्ती सचेतना र लामखुट्टेको वासस्थान खोजी गरी लार्भा तथा प्युपा नस्ट गर्ने अभियान सुरु भएको स्वास्थ्य सम्योजक केशव थापाले बताए ।
बागलुङमा मात्रै पछिल्लो समय ६५ जना डेंगीका सँक्रमित भेटिएको र ढोरपाटन नगरपालिकामा मात्रै त्यस्ता संक्रमित १० जना रहेको पाइएको छ । संक्रमण दर थप बृद्धि नहोस भन्नका निम्ती यस्तो अभियान सुरुवात गरीएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख लक्ष्मि सर्माले बताउनु भयो । यो रोग लामखुट्टेको टोकाइको माध्यमबाट एक व्याक्ति देखि अर्का व्याक्तिमा सर्ने रोग भएका कारण समयमै सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।

बागलुङमा ९ प्रजातिका लामखुट्टे छन जसका कारण डेंगी, हात्तिपाईले रोग, स्क्रव टाइफस , मलेरिया जस्ता रोग ब्ददो मात्रामा रहेको सर्माले बताउनु भयो । पछिल्लो समय देखिएको डेँगु रोगका कारण अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, आँखाका गेडि दुख्ने, शरिरको जोर्र्नी, मांसपेशी दुख्ने समस्या विरामीमा देखिने गरेको पाइएको छ । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने र डेंगी भएको खण्डमा विरामीले प्रसस्त मात्रामा झोलिलो पर्दाथ खाने, आराम गर्ने, प्रसस्त पानी पिउने र स्वास्थ्य कर्मिको निगरानीमा रहनु पर्ने डा. अनिश थापाले बताउनु भयो ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका उपप्रमुख धन बहादुर कायतले वोल्दै मानिसको सबैभन्दा महत्वपूर्ण धन स्वास्थ्य भएका कारण स्वास्थ्यको क्षेत्रमा सबै नागरीक सचेत हुनुपर्ने बताउनु भयो । नागरीकलाई स्वास्थ्य क्षेत्रमा सेवा सुविधा दिने तथा सचेत बनाउने दायित्व जनप्रतिनिधी र कर्मचारीको समेत रहेका कारण सबैले आफनो टोल वडा र समाजमा सचेतना मुलक कार्यक्रम गर्ने , सरसफाई अभियान सुचारु गर्ने गरी काम गर्नुपर्ने बताउनु भयो ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, जनप्रतिनिधी, समाजसेवी टंक प्रसाद पौडेल, पत्रकार, स्वास्थ्य कर्मी, स्वास्थ्य महिला समुह, कर्मचारी लगाएतको उपश्थितीमा बुर्तिबाङ बजारमा सचेतना मुलक कार्यक्रम संगै बजार क्षेत्रमा लामो समयदेखि पानी जमेका टायर, वाल्टी, ड्रम, तथा खाल्डा खुल्डीको पानी फालेर अभियानको सुरुवात गरीएको हो । अव निरन्तर वडाको सक्रियतामा बजार सरसफाई गरीने वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताउनु भयो । कार्यक्रम ढोरपाटन नगरपालिका स्वास्थ्य सम्योजक केशव थापाले सञ्चालन गर्नुभएको हो ।

बुर्तिवाङमा प्रथम जिल्ला स्तरिय भलिबल रेफ्री तालिम सुरु

0

बिनोद विश्वकर्मा बुर्तिवाङ
बुर्तिवाङमा प्रथम जिल्ला स्तरिय भलिबल रेफ्री तालिम सुरु भएको छ ।

जिल्ला भलिबल संघ बागलुङको सम्योजन ढोरपाटन नगरपालिका भलिबल संघको आयोजना तथा ढोरपाटन स्पोर्टस् क्लवको व्यावस्थापनमा ६ दिने भलिबल रेफ्री तालिम सनिबार देखी सुरु भएको छ । कार्यक्रमको उद्घाटन जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेश राजभन्डारीले दिप प्रज्वलन गरेर गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका राजभन्डारीले पहिलो पटक बुर्तिवाङमा जिल्ला स्तरिय रेफ्रीको लागि तालिम सञ्चालन हुनु खुशीको कुरा भएको बताउनु भयो । राजभन्डारीले खेलमा क्षणिकको लागि मात्र समय बिताउनको लागि मात्र नभएर अनुशासन,ईच्छा,चाहना,तथा मेहनत गरेमा खेल क्षेत्रबाट व्याक्तिलाई सफल बनाउने बताउनु भयो ।

“राज्यले खेलाडी बाट अपेक्षा चाहीँ गर्छ तर खेल क्षेत्रमा लगानी गर्न भने चाहदैन खेल क्षेत्रमा लागेका खेलाडीलाई कति धेरै समस्याहरु छन् राज्यले त्यसको समाधान समेत गर्न चाहदैन” राजभन्डारीले भन्नुभयो । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहनुभएका ढोरपाटन नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास सम्योजक नवीन सेरचनले ढोरपाटन नगरपालिकाले खेल क्षेत्रको विकासको लागि योजना बनाउने बताउनु भएको छ । पालिकाले निसी,भुजी,तमान तथा बडिगाडको समेत संगम स्थलभएता पनि प्रयाप्त खेल मैदान नभएको कारण पालिकाले यस विषयमा अध्यन गरेर काम अगाडी बढाउने जानकारी दिनु भयो । सेरचनले ढोरपाटन मल्टी स्पोर्टस् क्लवले खेल क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको बताउनु भयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अन्तराष्ट्रिय रेफ्री कुल बहादुर रानाले भलिबल खेल नेपालको राष्ट्रि खेल हावापानी सुहाउदो खेल जहाँपनि खेल्न मिल्ने भएता पनि यसको व्यावस्थापन हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय रेफ्री कपिल जिसी,प्रदेश रेफ्री निल कुमार घर्ती लगाएतको उस्थिति रहेको थियो । कार्यक्रम ढोरपाटन भलिबल संघ अध्यक्ष नारायण रानाको अध्यक्षता रहेको कार्यक्रमको स्वागत गण्डकी प्रदेश रेफ्री बसन्ती बुढा र ढोरपाटन मल्टी स्पोर्टस् क्लवका महासचिव दिपेन्द्र छन्त्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

तालिममा बागलुङ जिल्ला भरका करिव ३० जना सहभागि रहेको ढोरपाटन स्पोर्टस् क्लवका महासचिव दिपेन्द्र छन्त्यालले बताउनु भयो । तालिम पश्चात् प्रयोगात्मक तथा लिखित परिक्षा सञ्चालन गरी छनोट हुने महासचिव छन्त्यालले जानकारी दिनुभयो ।

तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपालका ३ अन्तराष्ट्रिय भलिबल रेफ्री मध्यका कुल बहादुर राना,राष्ट्रिय रेफ्री कपिल जि सी ,प्रदेश रेफ्री निल कुमार घर्ती ,प्रदेश रेफ्री दिपेन्द्र छन्त्याल र प्रदेश रेफ्री बसन्ती बुढाले प्रशिक्षण गर्ने छन् ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङ द्धारा यात्रु नागारिक सहायता कक्षा स्थापना

0

बिनोद विश्वकर्मा बुर्तिवाङ

ईलाका प्रहरी कार्यालय बुर्तिबाङले यात्रु नागारिक सहायता कक्षा स्थापना गरेको छ ।

यात्रुहरु बिभिन्न समस्यामा परेका तथा भाडामा ठगिने जस्ता समस्या रहेको भन्दै यात्रुलाई कुनै गुनासो पीरमर्का परेको खण्डमा सहायता प्रदान गर्नको निम्ति भन्दै बुर्तिबाङ बस पार्कमा सहायता कक्षा स्थापना गरिएको हो ।

चाडपर्वको समय नजिकिएको र यस समयमा यात्रुको आवतजावत धेरैहुने, चालकले मादक पदार्थ सेवन गरेर चलाउने,क्षमता भन्दा बढी यात्रु बोक्ने तथा बिगतमा भएका घटनालाई स्मरण गदै त्यस्ता समस्याको समाधानको लागि सहायता कक्षा स्थापना गरिएको ट्रफिक प्रहरी सहायक निरिक्षक विशाल दर्जीले बताउनु भयो ।

“रातो प्यलेट नम्बरका गाडीले यात्रु बोक्यो भनेर कतिपय समाजिक सञ्जालमा देखिन्छ तर प्रत्यक्ष रुपमा भने त्यो गुनासो आउदैन हामी त केही समयका लागि मात्र हो यहाँको व्यावस्थापनको लागि स्थानिय जनतानै सचेत हुन जरुरी छ ” साहायक निरिक्षक दर्जीले भन्नुभयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु ज्ञवाली, ईलाका प्रहरी कार्यलय बुर्तिवाङका प्रहरी निरिक्षक राजेश अधिकारी, यातायत व्यासायी,चालक,स्थानिय लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमा स्थानियले बुर्तिवाङमा जथाभाबी काउन्टर खोलिएको र यसलाई बस पार्क बाट मात्रै सञ्चालन गर्न प्रहरीले समन्वयकारी भुमिका खेल्नु पर्ने बताएका थिए ।