spot_img

बुर्तिवाङमा प्रथम जिल्ला स्तरिय भलिबल रेफ्री तालिम सुरु

बिनोद विश्वकर्मा बुर्तिवाङ
बुर्तिवाङमा प्रथम जिल्ला स्तरिय भलिबल रेफ्री तालिम सुरु भएको छ ।

जिल्ला भलिबल संघ बागलुङको सम्योजन ढोरपाटन नगरपालिका भलिबल संघको आयोजना तथा ढोरपाटन स्पोर्टस् क्लवको व्यावस्थापनमा ६ दिने भलिबल रेफ्री तालिम सनिबार देखी सुरु भएको छ । कार्यक्रमको उद्घाटन जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेश राजभन्डारीले दिप प्रज्वलन गरेर गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका राजभन्डारीले पहिलो पटक बुर्तिवाङमा जिल्ला स्तरिय रेफ्रीको लागि तालिम सञ्चालन हुनु खुशीको कुरा भएको बताउनु भयो । राजभन्डारीले खेलमा क्षणिकको लागि मात्र समय बिताउनको लागि मात्र नभएर अनुशासन,ईच्छा,चाहना,तथा मेहनत गरेमा खेल क्षेत्रबाट व्याक्तिलाई सफल बनाउने बताउनु भयो ।

“राज्यले खेलाडी बाट अपेक्षा चाहीँ गर्छ तर खेल क्षेत्रमा लगानी गर्न भने चाहदैन खेल क्षेत्रमा लागेका खेलाडीलाई कति धेरै समस्याहरु छन् राज्यले त्यसको समाधान समेत गर्न चाहदैन” राजभन्डारीले भन्नुभयो । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहनुभएका ढोरपाटन नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास सम्योजक नवीन सेरचनले ढोरपाटन नगरपालिकाले खेल क्षेत्रको विकासको लागि योजना बनाउने बताउनु भएको छ । पालिकाले निसी,भुजी,तमान तथा बडिगाडको समेत संगम स्थलभएता पनि प्रयाप्त खेल मैदान नभएको कारण पालिकाले यस विषयमा अध्यन गरेर काम अगाडी बढाउने जानकारी दिनु भयो । सेरचनले ढोरपाटन मल्टी स्पोर्टस् क्लवले खेल क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको बताउनु भयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अन्तराष्ट्रिय रेफ्री कुल बहादुर रानाले भलिबल खेल नेपालको राष्ट्रि खेल हावापानी सुहाउदो खेल जहाँपनि खेल्न मिल्ने भएता पनि यसको व्यावस्थापन हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय रेफ्री कपिल जिसी,प्रदेश रेफ्री निल कुमार घर्ती लगाएतको उस्थिति रहेको थियो । कार्यक्रम ढोरपाटन भलिबल संघ अध्यक्ष नारायण रानाको अध्यक्षता रहेको कार्यक्रमको स्वागत गण्डकी प्रदेश रेफ्री बसन्ती बुढा र ढोरपाटन मल्टी स्पोर्टस् क्लवका महासचिव दिपेन्द्र छन्त्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

तालिममा बागलुङ जिल्ला भरका करिव ३० जना सहभागि रहेको ढोरपाटन स्पोर्टस् क्लवका महासचिव दिपेन्द्र छन्त्यालले बताउनु भयो । तालिम पश्चात् प्रयोगात्मक तथा लिखित परिक्षा सञ्चालन गरी छनोट हुने महासचिव छन्त्यालले जानकारी दिनुभयो ।

तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपालका ३ अन्तराष्ट्रिय भलिबल रेफ्री मध्यका कुल बहादुर राना,राष्ट्रिय रेफ्री कपिल जि सी ,प्रदेश रेफ्री निल कुमार घर्ती ,प्रदेश रेफ्री दिपेन्द्र छन्त्याल र प्रदेश रेफ्री बसन्ती बुढाले प्रशिक्षण गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित