Home Blog Page 150

पेट ढुस्स र गडबड भएमा के गर्ने ?

0

चाडपर्वमा मीठोमसिनो खानाले धेरैको पेट खराब भएको हुनसक्छ । खासगरी तारेको, भुटेको, मसालेदार खानेकुरा पेटमा सहजै पच्दैन । यस्ता खानेकुराले पेट गडबड हुन्छ । ढुस्स हुने, पखाला लाग्ने, ग्याँस भरिने जस्ता समस्या हुन्छ । खानपानको कारण पेटमा के कस्ता समस्या हुन्छ ? त्यसको उपचार विधि के हो ?

चाडपर्वको खानपानले ग्यास्ट्रिक

ग्यास्ट्रिक हुने मुख्य कारण भनेको खराब खानपान नै हो । तनाव, चिन्ता र केही औषधिको सेवनले पनि ग्यास्ट्रिकको समस्या देखापर्छ । अझ चाडपर्वको बेला बढी चिल्लो पिरो खानाले त झन् ग्यास्ट्रिकको समस्या निम्ताउने सम्भावना बढी हुन्छ । चाडबाडको बेला खाना खाने समय पनि मिलेको हुँदैन ।

समयमा खाना नखाँदा र चिल्लो पिरो खानेकुरा बढी खाँदा ग्यास्ट्रिकको समस्या देखा पर्छ ।

ग्यास्ट्रिकको जटिलता

ग्यास्ट्रिक भएमा सामान्य समस्यादेखि लिएर धेरै जटिल समस्या देखा पर्न सक्छ । धेरै चिल्लो पिरो खानाको सेवनले हाम्रो आन्द्रामा असर गर्नुको साथै बढी एसिड उत्पादन गरेर आन्द्रामा घाउ नै हुन सक्छ ।

ग्यास्ट्रिकको कारण पेट फुल्ने, वाकवाक लाग्ने, ढ्याउ आउने, पेट पोल्ने, पेटमा घाउ हुने र आन्द्रा प्वाल परेर इन्फेक्सन हुने, अल्सर हुने र क्यान्सर नै पनि हुन सक्छ ।

उपचार के छ ?

ग्यास्ट्रिक भएर के गर्ने भन्दा पनि ग्यास्ट्रिक नै हुन नदिन के गर्ने भन्ने कुरा बढी महत्त्वपूर्ण हो । त्यसैले ग्यास्ट्रिक हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्छ । तारेको, भुटेको धेरै चिल्लो खानेकुरा खानु हुँदैन, समयमा खाना खानुपर्छ ।

ग्यास्ट्रिक भएको छ भने प्रशस्त मात्रामा पानी पिउने । जंक फुड, प्याकेट फुड नखाने, घरमै बनेको खानेकुरा खाने । ल्वाङ, सौफ र पाकेको केराको सेवन पनि गर्न सकिन्छ । ल्वाङ सौफ र केराले ग्यास्ट्रिक समस्या कम गर्न सक्छ । डाक्टरको सल्लाह लिएर एन्टासिडको झोल पनि सेवन गर्न सकिन्छ ।

अस्पताल जानुपर्ने स्थिति 

चाडपर्वको बेलामा ग्यास्ट्रिकको समस्या लिएर धेरै बिरामी अस्पताल आउने गर्छन् । पहिलेदेखि नै ग्यास्ट्रिकको समस्या भएकाले यस्तो बेला झन् चिल्लो, पिरो र मसालेदार खानेकुराको सेवन गर्छन् र पेट दुखेर गम्भीर भएर अस्पताल आइपुग्छन् । इमरजेन्सीमा बढी मात्रामा आउने बिरामी ग्यास्ट्रिकको समस्या लिएर नै आएका हुन्छन् ।

पेटको दीर्घकालीन समस्या

चाडपर्वको खानपानले हुने ग्यास्ट्रिकको असर दीर्घकालसम्म पनि रहन्छ । कुनै पनि रोग लागेपछि त्यसको उपचार नगरेको खण्डमा त्यो झन् जटिल हुँदै जान्छ । चाडपर्वको बेलामा धेरै चिल्लो पिरो खानेकुरा खाएर ग्यास्ट्रिक भयो र आन्द्रामा घाउ भयो भने त्यो बढ्दै गएर अल्सर र क्यान्सर समेत हुन सक्छ ।

कस्तो खानपान गर्ने ?

ग्यास्ट्रिकको समस्या कम गर्न सन्तुलित भोजन गर्नुपर्छ । धेरैबेर भोकै नबसी समय–समयमा केही न केही खाइरहनुपर्छ । बढी नुन, अजिनोमोटो भएको, पोलेको खानेकुरा खानु हुँदैन । रक्सी, चुरोट नखाने र खानामा हरियो सागसब्जी र फलफूललाई बढी मात्रामा समावेश गरे यो समस्या बिस्तारै कम हुँदै जान्छ ।

ग्यास्ट्रिक भएकाहरूले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । सागपात र फलफूल प्रशस्त मात्रामा खाने रेसायुक्त खानेकुरा खानुपर्छ । चिल्लो पिरो कम भएको खानेकुरा र घरमै बनेको खानेकुरा खानुपर्छ । धेरै तातो खानेकुरा पनि खानु हुँदैन । चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ ।

मदिरा र कोल्ड ड्रिंकको असर

मदिरा र कोल्ड ड्रिंकको सेवनले पनि ग्यास्ट्रिकको समस्या हुन सक्छ । पेटमा एसिडको मात्रा बढाएर ग्यास्ट्रिकको समस्या ल्याउने भएकाले मदिरा र कोल्ड ड्रिंक सेवन नगर्नु राम्रो हुन्छ ।

 

बुर्तिबाङ राईजिङ युवा क्लवको २० औँ बार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेलाको शुक्रबार औपचारिक उद्घाटन ।

0

बिनोद विश्वकर्मा बुर्तिबाङ
बुर्तिबाङ राईजिङ युवा क्लवको २० औँ बार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेलाको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ ।
गत मंगलबार बाट सुरु भएको कार्यक्रमको आज औपाचारिक रुपमा नेपाली काँग्रेस बागलुङ जिल्ला सभापति तथा बागलुङ जिल्ला क्षेत्र नं २ ख का गठवन्धनका तर्फबाट प्रत्यासी जित बहादुर सेरचनले प्रमुख अतिथिकोे रुपमा उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सेरचनले आफु चुनावको मैदानमा रहेको हुदा जनता सङ्ग भोट माग्दै गर्दा जनताको धेरै समस्या रहेको र समस्याको समाधान गर्छु भन्दा जनतालाई पत्यार नलाग्ने भन्दै गर्दा गरिवी बेरोजगारी समस्या धेरै रहेको र त्यासलाई समाधान गर्न जनताले त्यस्तो व्याक्ति छनौट गर्नु पर्ने बताउनु भयो ।

निर्वाचन जितेर गए पछि फर्किएर गर्ने कामको योजना नबनाए जनताले नपत्याउने बताउनु भयो । कार्यक्रममा थप बोल्दै सेरचनले यो मुलुकमा अहिले ४० लाख युुवा बैदेशिक रोजगारमा जान बाध्य भएका छन् र अव ५० लाख युवा बिदेशिना बाध्य हुन सक्ने खतरा बढेकाले मञ्चमा उभिएर ठुलाठुला कुरा गर्ने सबै सचिन अवाश्यक रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेस केन्द्रीय माहाधिवेसन प्रतिनिधि तथा बागलुङ क्षेत्र नं २ ख का गठवन्धन बाट प्रत्यासी दोर्ण कुमार कुवँरले आफु यस क्षेत्रको जनताको समस्या संग प्रत्यक्ष रुपमा चिने जानेको हुदा समस्या समाधन गर्न लाई पत्यासी भएको बताउनु भयो ।

त्यस्तै कार्यक्रमा प्रदेश २ ख का का स्वातन्त्र उम्मेदवार नर बहादु गुरुङ ,क्षेत्र नं २ का स्वातन्त्र उम्मेदवार तुल्सीराम अर्ययाल,क्षेत्र नं २ ख का ज स पा बाट उम्मेदवार गंगा बहादुर घर्ती, समानुपातिक उम्मेदवार दिलमायाँ पौवी, लगायतले क्लवको लागि सुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ढोरपाटन नगरपालिका उप प्रमुख धन बहादुर कायत ,निसीखोला गाउँपालिका प्रमुख सुर्य बहादुर घर्ति, तमानखोला गाउपालिका प्रमुख जोकलाल बुढा ,गलकोट नगरपालिकाकी पुर्व उप प्रमुख रेनुका काउछा, समाजसेवी देवेन्द्र कुमार घर्ति लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममाको बीचमा निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधिको बीचमा भएको मैत्रिपुर्ण भलिबल प्रतियोगिता निसीखोला गाउँपालिकाका जनप्रतिनिधिले जित हातपारेका थिए ।
कार्यक्रम क्लवका अध्यक्ष समशेर विश्वकर्माको अध्यक्षता कल्वका कोषाध्यक्ष मिथुन विश्वकर्माको स्वागत र कलाकार राजेस बर्देवाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कल्वका पुर्व अध्यक्षलाई प्रमुख अतिथि द्धारा दोसल्ला र माला लगाएर अतिथसम्मान गरिएको थियो ।
कल्वले खुल्ला पुरुष भलिवल प्रतियोगिता,महिला भलिवल प्रतियोगिता,सरायँनाच प्रतियोगिता,सामुहिक नृत्य,एकल नृत्य तथा रस्साकस्सा प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गरेकोमा छ ।

बागलुङमा क्षेत्र नं. २ तर्फ चार सहित पाँच जनाको उमेद्वारी फिर्ता

0

बुर्तिबाङ असोज २६
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र सँघिय सभा निर्वाचनमा उमेद्वारी दिएका मध्य क्षेत्र नंं २ मा ४ जना र १ मा १ जनाले आफनो उमेद्वारी फिर्ता लिएका छन । क्षेत्र नं. १ बाट प्रतिनिधी सभाका उमेद्वार कृष्ण संकर श्रेष्ठले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफनो उमेदवारी फिर्ता लिएका हुन । क्षेत्र नंं २ मा प्रतिनिधी सभामा स्वतन्त्र उमेद्वारी दर्ता गराएका गणेश कुमार थापाले उमेद्वारी फिर्ता लिएका हुन ।
क्षेत्र नं. २ को प्रदेश सभा (क) तर्फ स्वतन्त्र उमेद्वारी दिएका भिमलाल पोख्रेल प्रदेश सभा (ख) तर्फ दिपक थापा र कर्मती पुलनले आफनो उमेद्वारी फिर्ता लिएका हुन । क्षेत्र नं. २ प्रतिनिधी सभा तर्फ ७ जनाको प्रतिस्प्रर्धा हुने छ । गठवन्धनको तर्फदेखि शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल, नेकपा एमालेको तर्फदेखि मन्जु सर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्र प्रसाद गुरुङ, नेपाल दलित पार्टीबाट टेक प्रसाद कामी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री र स्वतनत्रबाट तुल्सीराम अर्याल, डिल बहादुर कार्कीको उमेद्वारी कायम रहेको हो ।
प्रदेश सभा (क) तर्फ गठवन्धनको तर्फदेखि नेपाली काँग्रेसका जिल्ला सभापती जित बहादुर शेरचन र स्वतन्त्र प्रकाश घर्ति मगर विच प्रतिस्प्रधा हुने देखिएको हो । उता क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ ७ जनाको विचमा प्रतिस्प्रर्धा हुने देखिएको छ ।
गठवन्धनको तर्फदेखि नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधी दोर्णकुमार कुवंर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ति, नेपाल दलीत पार्टीबाट टेक प्रसाद कामी, मंगोल नेशनल अर्गनाइजेशन बाट तारा बहादुर घर्ति मगर, स्वतन्त्र तर्फ नरबहादुर गुरुङ र दुर्गादेवी घर्तिको नाम निर्वाचन आयोगले अन्तिम नामावलीमा प्रकाशन गरेको निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।

यसैगरी उमेद्वारको निर्वाचन चिन्ह समेत आजै उपलब्ध गराइएको छ । स्वतन्त्र तर्फ प्रतिनिधी सभामा तुल्सीराम अर्याल सुर्यमुखि फुल, डिल बहादुर कार्कीको पुतली चिन्ह प्राप्त भएको हो । प्रदेश सभा (क) तर्फ प्रकाश घर्ति लालटिन प्रदेश सभा (ख) तर्फ नर बहादुर गुरुङ बिजुलीको चिम, दुर्गादेवी घर्ति जेव्रा चुनाव चिन्ह प्राप्त गर्नुभएको हो ।

बागलुङ क्ष्ँोत्र नं. १ तर्फ कार्यालयले प्रकाशित गरेको अन्तिम नामाबलीमा प्रतिनिधिसभा तर्फ ६ जना उमेदवार कायम रहेका छन् । कायम रहनेमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमालेका नेता सूर्य पाठक, राप्रपाका उमेदवार लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द सापकोटा, नेपाली कांग्रेस बिपीका शिवलाल सापकोटा र स्वतन्त्र उमेदवार चन्द्रबहादुर क्षेत्री छन् ।

प्रदेश तर्फ १ को १ मा ५ जनाको उमेदवारी कायम छ । ती मध्ये कांग्रेसका दिपेन्द्रबहादुर थापा, एमालेका हिराबहादुर केसी, राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर बिक र स्वतन्त्र उमेदवार दिपेन्द्र हमाल छन् । क्षेत्र नंं १ को २ मा ४ जना मात्रै उमेदवार कायम रहेका छन् । यो क्षेत्रमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेल, राप्रपाका गोबिन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहबीर थापा उमेदवार छन् ।

युवा उम्मेदवार ४ प्रतिशत घटे

0

 

४० वर्षमुनिका युवा उम्मेदवारको संख्या अघिल्लो संसदीय निर्वाचनमा ३४.८४ प्रतिशत र गत स्थानीय निर्वाचनमा ४१ प्रतिशत रहेकामा यसपालि ३० प्रतिशत मात्रै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ युवा उम्मेदवारको संख्या थप घटेको छ ।

प्रमुख राजनीतिक दलले आकांक्षी युवालाई टिकटमा वञ्चित गर्दा २०७४ को संसदीय र गत स्थानीय निर्वाचनमा भन्दा कम युवाको उम्मेदवारी परेको हो । प्रतिनिधिसभाको १ सय ६५ सिटमा २ हजार ५ सय ३१ र प्रदेशसभाको ३ सय ३० सिटमा ३ हजार ४ सय ८१ गरी ६ हजार १२ जना उम्मेदवार छन्, जसमध्ये २५ देखि ४० वर्षसम्म उमेर समूहका १ हजार ८ सय ५३ जना अर्थात् ३० दशमलव ८२ प्रतिशत मात्रै युवा छन् । २०७४ को निर्वाचनमा ३४.८५ प्रतिशत युवा उम्मेदवार थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका ५ हजार १ सय ९० जनामध्ये १ हजार ८ सय ९ अर्थात् ३४ दशमलव ८५ प्रतिशत ४० वर्षमुनिका थिए ।

पाँच महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा १ लाख ४५ हजार १३ उम्मेदवारमध्ये ५९ हजार ४ सय ७२ जना अर्थात् ४१ प्रतिशत युवा थिए । स्थानीय तहमा ४० वर्षभन्दा कम उमेरका १४ हजार ४ सय ४ जना निर्वाचित भएका छन्, जुन बहालमध्ये ४० प्रतिशत हो । यस पटक प्रतिनिधिसभा सदस्यमा २५ देखि ४० वर्षसम्म उमेर समूहका ७ सय ८३ जना उम्मेदवार छन् । २५ वर्षका उम्मेदवार २० जना छन् । ४१ देखि ९९ वर्ष उमेरसम्मका १ हजार ७ सय ४८ जना अर्थात् ६९ प्रतिशत छन् ।

८० वर्षदेखि ९९ वर्षसम्मका १० जना छन् । ९९ वर्षीय टीकादत्त पोखरेलले गोरखा–२ मा नेपाली कांग्रेस बीपीका तर्फबाट उम्मेदवारी दिएका छन् । राप्रपाका ८७ वर्षीय युवराम गौतमले तेह्रथुम, ८० वर्षका लोसपाका महन्थ ठाकुरले महोत्तरी–३, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बागलुङ १, स्वतन्त्रबाट हृदयनारायण प्रसाद बरैले पर्सा–१ बाट उम्मेदवारी दिएका छन् । यस्तै, माओवादीबाट ८५ वर्षीय महिन्द्रराय यादवले सर्लाही ३, स्वतन्त्रबाट ८५ वर्षकै विष्णुप्रसाद ढकालले काठमाडौं–६ र ८४ वर्षीय पशुपतिनाथ तिमिल्सिनाले स्वतन्त्रबाट कास्की–३ मा उम्मेदवारी दिएका छन् । त्यस्तै डडेलधुरामा ८४ वर्षकै कर्णसिंह रावल र ८१ वर्षका कृष्णराज गिरीले बारा–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभामा २५ देखि ४० वर्षसम्मका १ हजार ७० युवाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्, यो कुल उम्मेदवारीको ३०.७३ प्रतिशत हो । २५ वर्षका उम्मेदवार ३२ जना छन् । ४० वर्षमाथिका उम्मेदवार २ हजार ४ सय ११ र ८० वर्षभन्दा माथिका ४ जना उम्मेदवार छन् । पर्वत १ (२) बाट राप्रपाका ८५ वर्षीय बालकृष्ण पौडेलले उम्मेदवारी दिएका छन् । म्याग्दी १ (२) मा ८१ वर्षीय झलकबहादुर बानियाँले राप्रपाबाटै उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । ८० वर्षका जयप्रसाद चौलागाईंले झापा–४ (२) मा स्वतन्त्र र दिलबहादुर सोदेम्बाले तेह्रथुम–१ (२) लोसपाबाट उम्मेदवारी दिएका छन् । प्रदेशसभाका उम्मेदवारमध्ये सबैभन्दा बढी ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ६८ जना छन् । ६० देखि ६९ उमेर समूहका ४ सय ८ जना छन् ।

प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षतर्फ राप्रपाका १ सय ४५, एमालेका १ सय ४४, राष्ट्रिय स्वतन्त्र पार्टीका १ सय ३३, कांग्रेसका ९२, लोसपाका ५३, माओवादीका ४७, जसपाका ३४ र एकीकृत समाजवादीका २५ जना उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि ९ सय ४४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्यमा स्वतन्त्र १ हजार २ सय ७८, राप्रपाका २ सय ८२, एमालेका २ सय ८६, कांग्रेसका १ सय ८७, माओवादीका १ सय १६, जसपाका १ सय ४५, एकीकृत समाजवादीका ८५ र लोसपाका ७८ जना उम्मेदवार छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महिला उम्मेदवार २ सय ३५ जना अर्थात् ९.२८ प्रतिशत मात्रै छन् । कांग्रेसले ६, एमालेले १२, माओवादीले ८, एकीकृत समाजवादीले १ जना महिलालाई मात्र टिकट दिएका छन् । सबैभन्दा बढी उम्मेदवार उठाएको राप्रपाले पनि ८ जना महिला मात्र समेटेको छ । जसपाबाट ७ जना र लोसपाबाट ३ जना महिला उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिने महिला ८५ जना छन् ।

प्रदेशमा ३ हजार १ सय ८३ पुरुष र २ सय ९७ जना महिला उम्मेदवार छन् । प्रदेशमा ८.५३ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको हो । कांग्रेसले ५, एमालेले ११, माओवादीले ९, एकीकृत समाजवादीले ७, लोसपाले ८, जसपाले १३, राप्रपाले १८ महिला उम्मेदवार उठाएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका महिला १ सय ८ जना छन् । दुवै सभामा गरी पुरुष उम्मेदवार ५ हजार ४ सय ७९ (९१.१३ प्रतिशत) र महिला ५ सय ३२ (८.८४) छन् । तेस्रो लिंगी (प्रदेशसभा) एक जना छन् । सर्लाही–२ (२) मा नेपाली जनता पार्टीबाट उम्मेदवारी दिएका महेन्द्र साह तेली तेस्रो लिंगी हुन् ।

आमनिर्वाचनमा युवा उम्मेदवारको संख्या विगतमा भन्दा कम भए पनि राजनीतिप्रति सचेतना र जागरण बढेको राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेत दाबी गर्छन् । ‘उम्मेदवारी दिनेको संख्या स्थानीय तहको निर्वाचनमा भन्दा कमी हो,’ उनले भने, ‘पुरानो पुस्तामा युवाको दबदबा बढेको छ तर उम्मेदवारी दिनेको संख्या अझै सन्तोषजनक छैन । कानुनमै युवा कति प्रतिशत हुने भन्ने यकिन नभएसम्म यस्तै हुन्छ । दलहरूले युवालाई मार्ग प्रशस्त्र नगरेका कारण स्वतन्त्र उम्मेदवारी पर्ने गरेको छ ।’ उनले भनेजस्तै स्वतन्त्रबाट उम्मेदवारी दिने ४० वर्षभन्दा कम उमेरका ३ सय ७३ जना छन् ।

युवा परिषद्का पूर्वउपाध्यक्ष माधव ढुंगेलले दलले विश्वास नगरेकै कारण युवा उम्मेदवार कम भएको बताए । ‘युवा उम्मेदवार कम्तीमा ४० प्रतिशत हुनुपर्थ्यो । नयाँ पुस्ता युवा प्रवेशले परिवर्तनमा आशा जगाउन सक्छ । तर युवा दलको विश्वासमा पर्न सकेनन्,’ उनले भने ।

निर्वाचनमा होमीयो साझा गठवन्धन

0

असोज २६ गते बुर्तिबाङ
पाँचदलिय साझा गठवन्धन क्षेत्र नं. २ बागलुङको आगामी मंसिर ४ गते हुने प्रदेश सभा र सँघिय सभा निर्वाचन तयारी व्यापक रुपमा अगाडी बढाएको छ ।
निर्वाचनलाई भव्य सभ्य र सानदार रुपमा सफल पार्दे प्रतिगमनको अन्त्य, लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताको जर्गेना साथै यस क्षेत्रको विकासका निम्ती आफना उमेद्वारलाई विजयी गराउन मंगलबार उमेद्वार सहित दलिय प्रतिनिधीको बैठकले निर्वाचनलाई सफल पार्न विभिन्न रणनितीक योजना अगाडी बढाएको हो ।
गठवन्धनको तर्फदेखि सँघिय सभा निर्वाचन क्षेत्र नं. २ बागलुङका उमेद्वार माननिय शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल, क्षेत्र नं. २ प्रदेश सभा (क) का उमेद्वार जित बहादुर शेरचन, प्रदेश सभा (ख) तर्फका उमेद्वार दोर्णकुमार कुवँर सहित पाँच दलका नेता तथा जिम्मेवार व्याक्तिको उपश्थितीमा बैठक बस्दै निर्वाचन तयारी विषयक छलफल र योजना तय गरीएको हो ।
नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र , राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको विचमा व्यापक छलफल गर्दे साझा उमेद्वारलाई विजयी गराउन सबै तह र तप्काबाट सक्रिय पुर्वक लाग्ने, निर्वाचन प्रचार प्रसार, निर्वाचन, परिचालन, सम्पर्क कार्यालय स्थापना, चियापान कार्यक्रम लगाएतका विषयलाई तत्काल अगाडी बढाउने, जनताको निम्ती काम गर्न सक्ने र महत्वपूर्ण आवस्यकताका विषयलाई घोषणा पत्रको रुपमा लिएर जाने लगाएका विषयमा छलफल गर्दे विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरीएको हो ।
पाँचदलीय गठवन्धन प्रतिगमनको अन्त्य र राष्ट्रियताको रक्षा, लोकतन्त्र र संविधानको जर्गेनाका निम्ती रहेका कारण निर्वाचनलाई शानदार रुपमा जित आफनो पक्षमा लिने गरी अगाडी बढ्ने साझा निर्णय भएको हो ।

क्षेत्र नं. २ बागलुङबाट उमेद्वारी दिएका ३ जनाको मनोनय दर्ता खारेज

0

असोज २३ गते
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फदेखि क्षेत्र नं. २ बागलुङबाट प्रदेश सभा र प्रतिनिधी सभामा मनोनयन दर्ता गराएका ३ जनाको मनोनयन दर्ता खारेज भएको छ ।
प्रतिनिधी सभामा मनोनयन दर्ता गराएका अञ्चल शाही, प्रदेश सभा (क) तर्फ संकर खरेल र प्रदेश सभा (ख) तर्फ मनोनयन दर्ता गराएका शान्ता कुमारी चन्दको मनोनय दर्ता खारेज भएको हो । गत स्थानिय तहमा उमेद्वारी दिएका तर निर्वाचन आयोगमा जरिवाना नतिरेका कारण उनिहरुको उमेद्वारी दर्ता खारेज भएको हो ।

कम्प्युटर सिस्टममा इन्ट्रि गर्दा जरिवाना नतिरेको देखिएपछी मनोनयन दर्ता खारेज भएको निर्वाचन सहायक अधिकृत ऋषिराम रिजालले बताउनु भयो ।

बागलुङ क्षेत्र नं. २ मा सँघतर्फ ९ ,दुई प्रदेश सभामा १४ जनाको उमेद्वारी दर्ता

0

असोज २३ गते
बागलुङको क्षेत्र नंं २ मा सँघिय निर्वाचनका निम्ती स्वतन्त्र सहित ९ जनाको उमेदवारी दर्ता भएको छ ।त्यसैगरी प्रदेश सभा तर्फ (क) तर्फ ४ जना र (ख) तर्फ १० गरी २३ जनाले उमेद्वारी दर्ता गराएका हुन ।

संघिय निर्वाचन तर्फ साझा गठवन्धनको तर्फदेखि निर्वाचनमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री एवं नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिव देवेन्द्र पौडेलले आफनो उमेद्वारी निर्वाचन कार्यालयमा पुगेर दर्ता गराउनु भएको हो नेकपा एमालेको तर्फदेखि प्रदेश कमिटी सदस्य मन्जु सर्मा चालिसे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेशनल अर्गनाइजेशन पार्टीबाट गोर्वधन घर्ती मगर, चित्र प्रसाद गुरुङ नेकपा जनमुक्ति पार्टी,स्वतन्त्र तर्फ तुल्सिराम अर्याल, गणेश कुमार थापा र डिल बहादुर कार्कीले उमेद्वारी दर्ता गराउनु भएको हो ।

त्यस्तैगरी बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख) तर्फ ९ जनाको उमेद्वारी दर्ता भएको छ । साझा गठवन्धनको तर्फबाट नेपाली कांग्रेस केन्द्रिय महादिवेशन प्रतिनिधी दोर्ण कुमार कुवंरले उमेद्वारी दर्ता गराउनु भएको हो । त्यसैगरी नेकपा एमालेको तर्फदेखि जिल्ला उपाध्यक्ष लक्ष्मण पुनले मनोनय दर्ता गराउनु भएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्ता कुमारी चन्द, जनता समाजवादी पार्टीबाट गंगा बहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीबाट तारा बहादुर घर्ती, उमेद्वारी दर्ता गराउनु भएको छ । स्वतन्त्र तर्फ दिपक थापा, नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती कर्मती पुन र टेक प्रसाद कामीले आफनो उमेद्वारी दर्ता गराउनु भएको हो ।

प्रदेश सभा (क) तर्फ ४ जनाको उमेद्वारी दर्ता भएकोमा साझा गठवन्धनको तर्फदेखि नेपाली काँग्रेस जिल्ला सभापती जित बहादुर शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संकर खरेल र स्वतन्त्रबाट प्रकाश घर्ती, भिमलाल पोख्रेलले आफनो उमेद्वारी दर्ता गराउनु भएको हो ।

निर्वाचनलाई मर्यादित बनाउन ढोरपाटनमा निर्वाचन अधिकृतद्धारा सर्वदलीय बैठक

0

छविलाल पाण्डे ÷असोज २२
आइतबार हुने प्रदेश तथा सँघिय सभा निर्वाचनको मनोनयन दर्ता तथा निर्वाचन आचार संहिताको विषयमा शनिवार निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका २ मा सर्वदलीय सर्वपक्षिय छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका निम्ती भोली उमेद्वारले मनोनयन दर्ता गर्दे छन । बिहान १० देखि सांझ ५ बजेसम्म मनोनयन दर्ताको समय रहेको र मनोनयन दर्ता देखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म उमेद्वार तथा दलले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका विषयमा निर्वाचन अधिकृत वाबुराम पाण्डेले प्रस्ट पार्दे निर्वाचनलाई मर्यादित, भयरहित ,अनुसाहित रुपमा सम्पन्न गर्न सवैले आफनो कर्तव्य पालना गर्नुपर्ने बताउनु भयो ।
निर्वाचनमा सहभागि हुन मनोनयन गर्दा पालना गर्नुपर्ने प्रकृया , निर्वाचन प्रचार प्रसारको समयमा उमेद्वार तथा दलले पालाना गर्नुपर्ने नियन तथा नियम उल्लंघन गरेमा हुने जरिवाना तथा सजायका वारेमा समेत निर्वाचन अधिकृत पाण्डेले प्रस्ट पार्नुभयो ।
कार्यक्रमका अवसरमा निर्वाचन सहायक अधिकृत ऋषिराम रिजाल ,इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख ,नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, नेपाल स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधी, पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।
यसपटक क्षेत्र नं. २ बागलुङ प्रदेश र सँघिय निर्वाचनको मनोनयन दर्ता र मतगणना यसपटक ढोरपाटन नगरपालिका २ बुर्तिबाङ, कुत्थाप्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएको हो ।

अझै तीन दिन पानी पर्ने, मंगलबारदेखि बल्ल मौसममा सुधार

0

असोज २२

नेपालमा पछिल्लो पाँच दिनदेखि लगातार पानी परिरहेको छ। मनसुन सक्रिय रहेकाले अझै तीन दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना छ। आगामी मंगलबारदेखि मौसम क्रमिक रूपमा सुधार हुनेछ।

‘अबको तीन दिनसम्म वर्षाको सम्भावना छ। पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ। एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ,’ उनले भने।

नेपालमा मनसुन अझै सक्रिय रहेकाले वर्षा भइरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताए।

हाल नेपालमा मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर परेको हो। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाण्डौमा घाम लाग्यो : वर्षाको सम्भावना भने कायमै

0

मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि  बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही  बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ।’काठमाडौँ उपत्यकाका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ, शनिबार दिउँसोबाट विस्तारै सुधार हुँदै जानेछ, पश्चिममा भारी वर्षा भइरहेको छ,’ उनले भने, ‘गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम विस्तारै खुल्दै जान्छ ।’महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका केही, कर्णाली प्रदेशको थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा आज भारी वर्षा हुने जनाएको छ ।

नारायणी नदीले नारायणघाट पुलमा १२ मिटर नाघ्याे, पश्चिम चितवन र नवलपुरमा बाढीको खतरा

नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ बजेर ५५ मिनेटकाे समयमा फेरि खतराको तह नाघेकाे छ । देवघाट मापन केन्द्रमा नारायणीकाे तह ९ दशमलव ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।

यस्तै नारायणी नदीकाे नारायणघाट पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ । पानीको सतह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ ।

भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो ।