Home Blog Page 149

सिटिजन लाईफ इन्स्योरेन्स बुर्तिबाङ शाखा द्धारा सरसफाई संगै फोहोर व्यवस्थापन सामाग्री हस्तान्त्रण

0

बुर्तिबाङ कात्तिक ५ गते
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको पाँचौ बार्षिक उत्सवको अवसरमा बुर्तिबाङ बजारमा सरसफाई कार्यक्रम संगै वडा कार्यलयलाई फोहोर व्यवस्थापन गर्ने सामाग्री हस्तान्त्रण गरीएको छ ।
ढोरपाटन नगरपालिका वडा नं. १ ले आयोजना गर्दे आइरहेको साप्ताहीक सरसफाई कार्यक्रमलाई सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाले समेत सम्मोन्य गर्दे बुर्तिबाङ बजारका विभिन्न स्थान तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकी आसपासका क्षेत्रमा सरसफाई गरीएको हो साथै कम्पनीको तर्फदेखि वडा कार्यालयलाई फोहोर राख्ने वाल्टिन समेत उपलब्ध गराइएको छ ।
वडा अध्यक्ष वान वहादुर छन्त्याल वडा सदस्य गोपाल महत, वडा सदस्य अन्जु विश्वकर्मा, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका शाखा प्रवन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजर, एजेन्सी, इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली , म्यादी प्रहरी , महिला स्वास्थ्य स्वयम सेवीका लगाएत पचास जना बढिको उपश्थितीमा सरसफाई कार्यक्रम गरीएको हो ।

आयोजित औपचारीक कार्यक्रममा प्रमुख अतिथीका रुपमा वडा अध्यक्ष वान वहादुर छन्त्यालले वोल्दै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण काम गर्दे आइरहेको बताउँदै आगामी दिनमा समेत सहकार्य र सम्मोन्य गर्दे यस्ता रचनात्मक कार्यक्रम गर्न अपिल गर्नुभयो ।

उहाँले थप वोल्दै वीमा क्षेत्रको दायरालाई थप फराकिलो वनाउन ग्रामिण क्षेत्रका नागरीक संग पहुँच बढाई उनिहरुको बचत गर्ने बानिको विकास र वीमाको मध्यमबाट जोखिम बहन गर्ने अभियानमा चेतनामुलक कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
कार्यक्रममा वडा सदस्य गोपाल महतले वोल्दै सिटिजन लाईफ इन्योरेन्स कम्पनीले यस क्षेत्रका नागरीकको सुरक्षा र वचत गर्ने बानिको विकास संगै समुदाय संग सम्मोन्य गर्दे विभिन्न रचनात्मक कार्यक्रम गर्दे आइरहेकोमा धन्यबाद ज्ञापन गर्दे वीमा क्षेत्रमा अझैपनी विश्वस्सनीयताको अभाव छ भन्ने भ्रम रहेको बताउँदै त्यसलाई चिर्नका निम्ती यस्ता कार्यक्रमले थप महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

कम्पनीका एजेन्सी म्यानेजर शिवलाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा शाखा प्रवन्धक छविलाल पाण्डेले वोल्दै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले पाचौँ बार्षिक उत्सवको अवसरमा देशभरका शाखा कार्यलयमा विभिन्न कार्यक्रम गर्दे गर्दा बुर्तिबाङ शाखाले समेत सरसफाई कार्यक्रम र फोहोर व्यवस्थापन सामाग्रि हस्तान्त्रण गरीएको बताउँदै आगामी दिनमा समेत यस्ता अभियान र कार्यक्रममा सहभागिता जनाउने बताउनु भयो ।

विगतका वर्षमा समेत विभिन्न विद्यालयमा विद्यार्थीलाई स्टेशनरीका सामाग्रि हस्तान्त्रण, असहाय गरीव विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्दे आइरहेको बताउँदै कम्पनीले सेवा मुखी कार्यक्रम समेत गर्दे जाने बताउँदै यस अभियानमा सम्मोन्य गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रम विनोद विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिगमनकारी तत्वबाट देशलाई बचाउन गठवन्धनको जित आवस्यक रहेको वक्ताहरुको जोड

0

बुर्तिबाङ कात्तिक ४ गते
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको तयारीका क्रममा मतदातासँग साझा गठवन्धनका नेताहरुले वोल्दै प्रतिगमनकारी नेकपा एमालेलाई यस पटकको निर्वाचनबाट पाखा लगाउनुको विकल्प नरहेको बताएका छन ।
जनताको बलिदान र रगतबाट ल्याइएको संविधान र हालसम्म प्राप्त उपलब्धी गुम्न सक्ने खतराबाट साझा गठवन्धनले जोगाएको बताउँदै जुनकुनै हालतमा एमालेलाई पत्तासाप गर्नुपर्ने बताए ।
वक्ताहरुले थप वोल्दै बागलुङ क्षेत्र नं. २ प्रतिनिधी सभा तर्फ नेकपा माओबादी केन्द्रका सचिव शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल र प्रदेश सभा (ख) तर्फ युवा नेता दोर्ण कुमार कुवंरलाई जिताउन सके मात्रै पश्चिम बागलुङमा गठवन्धनको जित हुने र यस क्षेत्रको विकास निर्माण र समृद्धिले फड्को मार्ने बताएका हुन ।
कार्यक्रमका अवसरमा गठवन्धनका प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले आफु प्रदेश सभामा गएपनी नगएपनी यहाँका जनताका आवस्यकता, पश्चिम बागलुङको मुद्धा, छुट्टै जिल्लाको माग, ढोरपाटन उत्तरगंगा हाइड्रो जलविधुत परियोजना, अर्नाकोट एर्यरपोर्ट निर्माण लगाएत निसी,भुजी तमान र ढोरपाटनका जनताका महत्वपूर्ण आवस्यकता र मागलाई पुरा गरेर छोड्ने प्रतिबद्धता जनाउनु भयो । जनताको हक अधिकार स्थापित गर्न, यहाँका समस्या सम्वोधन गर्न गठवन्धनका उमेद्वारको विकल्प नरहेको बताउनु भयो ।
निसीखोला गाउँपालिका ५ मा आयोजित चुनावी अभियान कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष खिमविक्रम शाही, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रेम घर्ति, नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवी नेकपा माओबादी केन्द्रका समानुपाती उमेद्वार प्रेम रोका मगर, राजमो समानुपातीक उमेद्वार थम्मन घर्ति लगाएतले वोल्नुभएको हो ।

यहाँको मुद्धा र जनताको एजेन्डालाई प्राथमिकता दिएर काम गर्छु दोर्ण कुवंर

0

कात्तिक ३ गते

नेपाली कांग्रेसका युवा नेता तथा ५ दलिय गठवन्धनबाट प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले पश्चिम बागलुङका जनताका मुद्धा र एजेन्डा आफनो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा जिल्लाको निसीखोला गाउँपालिका ६ नं. वडामा चुनावी प्रचार प्रसारको कार्यक्रमलाई सम्वोधन गर्दे कुवंरले संविधानको रक्षा, प्रतिगमनकारी तत्वलाई परास्त गर्न र लोकतन्त्रलाई मजबुढ बनाउन पाँचदलिय गठवन्धन भएर आफुहरु निर्वाचनमा होमीएको बताउँदै आफु पाँच दलको साझा उमेद्वार रहेका कारण सबैको भावना र अपनत्व हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आफु प्रदेश सभामा पुगेपछी पछि परेको गौरवको आयोजना उत्तरगँगा जलाशय  निर्माण प्रकृयालाई अगाडी बढाउन पहल गर्ने , सालझण्डी ढोरपाटन सडक, निसीखोला गाउँपालिकामा रहेका साखा सडक, निसी रोल्पा सडक लगाएत यहाँको कृर्षि, प्रर्यटन, शिक्षा , स्वास्थ्य र जनताको जनजिवीकाको सवाललाई प्राथमिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका अवसरमा नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवीले वोल्दै आफुले पश्चिम बागलुङको भुगोल राम्रो संग चिनेको हुँदा यहाँको शिक्षा, महिला, वालवालिकाको अवस्थामा परिवर्तन र संविधानमा लेखिएका हक अधिकार स्थापित गराउन, यहाँका विकास निर्माणको सन्दर्भमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

त्यस्तै नेकपा माओबादी केन्द्रका समानुपातीक साम्सद प्रेम बहादुर रोका मगर, राष्टिय जनमोर्चाका समानुपातिक उमेद्वार थम्मन घर्तिमगरले वोल्दै आफुलाई समानुपातीक तर्फ प्रदेश सभामा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही ,नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, जिल्ला उपसभापती तारानाथ पौडेल, नेकपा एस जिल्ला सदस्य हरि घर्ति , नेकपा माओबादी अखिल क्रान्तीकारी केन्द्रिय सदस्य महेन्द्र चन्द, लगाएतले वोल्दै संविधान र लोकतनत्तको रक्ष ागर्न प्रतिगमनकारी तत्वलाई परास्त गर्न र देश विकास गर्नका निम्ती पाँचदलिय साझा गठवन्धनका उमेद्वारलाई विजयी गराउनुको कुनै विकल्प नरहेको बताउँदै सबै नेता कार्यक्रता जिम्मेवार पूर्वक निर्वाचनका खटिन अपिल गर्नुभयो ।
कार्यक्रम नेपाली काँग्रेस वडा नं. ६ का सभापती दिपक थापाको अध्यक्षता, भिम घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । गठवन्धनले प्रदेश सभा (ख) अन्र्तगत ३ वटै पालिकामा सम्पर्क कार्यालय उद्घाटन संगै वडा स्तरमा अगुवा कार्यक्रता संग भेटघाट र छलफलका कार्यक्रमलाई अगाडी बढाएको छ ।

जनताको हक अधिकारलाई सुनिश्चित गर्नको लागि मेरो उम्मेदवारी कुवँर ।

0

बिनोद विश्वकर्मा,बुर्तिवाङ

बागलुङ क्षेत्र नं २ (ख) का गठबन्धनका उम्मेदवार दोर्ण कुमार कुवँरले जनताको हक अधिकारलाई सुन्श्चिित गर्नको आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।

जिल्लाको निसीखोला गाउँपालिकामा ५ दलिय गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना कार्यक्रममा यस्तो बताउनु भएको हो । कुवँरले नेपाली काँग्रेसले टिकट दिए पनि गठवन्धनको सबै दलको प्रतिनिधित्व गरेको र जनताको समस्या पर्दा कहिले पनि पछि नहट्ने बताउनु भयो ।

कार्यक्रममा थप बोल्दै कुवँरले जनताको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा प्रमुख मुद्धा बनाए अगाडी बढ्ने उद्घोष गर्नु भयो । थप बोल्दै उहाले निसीभुजी र तमान क्षेत्रको विकासको निम्ति कहिले पनि पछाडी नहट्ने भन्दै प्रतिबद्धता समेत जनाउनु भयो ।

प्रतिगमनको अन्त्य संविधानको रक्षा र देश विकासका निम्ती गठवन्धनको विकल्प छैन मन्त्री पौडेल

0

कात्तिक १
पाँचदलिय साझा गठवन्धनको तर्फदेखि बागलुङ क्षेत्र नं. २ प्रतिनिधी सभाका उमेद्वार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशलाई प्रतिगमनकारी तत्वबाट जोगाउन, जनताको जननिर्वाचित संविधानलाई ध्वस्त पार्ने षड्यन्त्रकारी तत्वबाट जोगाउन भएको बताउँदै देशको विकास र समृद्धि गठवन्धनले गर्ने बताउनु भयो ।
राजनैतिक रुपले वैचारिक पृथकता हुँदा हुँदै पनी साझा मुद्धामा एकठाउँमा पाँचदल हुन पुगेको बताउँदै देशलाई विध्वसं पार्ने तत्वबाट जोगाएर प्रदेश र सँघमा गठवन्धनको सरकार वनेको बताउँदै गत स्थानिय तह निर्वाचनमा समेत गठवन्धनले जित हासिल गरेको बताउंदै मंसिर ४ गते हुन लागिरहेको प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा समेत साझा गठवन्धन निर्वाचनमा होमिएको बताउनु भयो ।
अहिले सम्मको उपलब्दी गुम्न सक्ने खतरालाई मध्यनजर राख्दै गठवन्धन भएको बताउँदै देशको विकास र सुशासन र मार्ग प्रसस्त पार्नका निम्ती गठवन्धन अवको कम्तिमा पाँच बर्ष सम्म रहने बताउनु भयो ।
देशका अधिकांस ठाउँमा गठवन्धनले जित हासिल गर्ने बताउँदै बागलुङका ४ प्रदेश सभा र २ प्रतिनिधी सभामा समेत सानदारका साथ जित हासिल गर्ने घोषणा गर्नुभयो । क्षेत्र नं. २ का जनताका समस्या, यहाँको विकास र समृद्धिका निम्ती आफुहरुले धेरै काम गर्न बाँकी रहेको बताउँदै शिक्षा, स्वास्थ, सडक, मोटरेवल पुल, कृर्षि, रोजगार जस्ता महत्वपूर्ण विषयलाई आफु र प्रदेश सभा (ख) का उमेद्वार जुझारु युवा दोर्ण कुमार कुवँरले मिलेर विकास गर्ने प्रतिबद्धता जनाउनु भयो । शिक्षा क्षेत्रमा केही काम भएको छ । सडक पूर्वाधार विकासका काम पनी कतिपय निर्माणका चरणमा छ न अझैपनी यहाँका समस्यालाई आफुहरुले मिलेर सम्वोधन गरीने बताउनु भयो । तमानखोला गाउँपालिकामा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दे मन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।

निर्वाचन जितेपछि जनताको काम जिम्मेवारी पूर्वक गर्छु , तलव भत्ता लिन्न : दोर्ण कुवंर

0

कात्तिक १ गते
साझा गठवन्धनबाट बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) का उमेदवार दोर्णकुमार कुवंरले मंसिर ४ को निर्वाचनमा यस क्षेत्रको विकास र समृद्धिका निम्ती आफुलाई जनताले जिताउनुको विकल्प नभएको बताउँदै सांसद भएपछि सेवा सुविधा वापत कुनैपनी तलव भत्ता नलिने प्रतिबद्धता जनाउनु भएको छ ।
आफु जनताको निम्ती काम गर्न प्रदेश सभामा जाने र जनताको समस्या , गुनासो यस क्षेत्रलाई विकास र समृद्धिमा अगाडी बढाउन जिम्मेवारी पूर्वक काम गर्ने बताउंदै तलव भत्ताको सुविधा नलिने उद्घोष गर्नुभएको हो ।
विकास निर्माण गरीवी उन्मुलन, प्रशासनिक निकायको विकास , सडक, कृर्षि, प्रर्यटन, स्वरोजगार जस्ता विकासका पूर्वाधारबाट यस क्षेत्र पछि परिरहेको छ मैले करिव १० बर्षदेखि यस क्षेत्रको विकासका निम्ती कुनै पदमा नरहंदा पनी काम गर्दे आएको छु अव पनी सेवा सुविधा नलिने गरी जनताकै काममा पाँच बर्ष तल्लिन रहने बताउँदै काम गर्ने अवसर दिन मतदातालाई आग्रह गर्नुभयो ।
धेरै काम गनुपर्ने योजना मेरो छ त्यसैले यसपटकको निर्वाचनमा जनताले जिताएर पठाएमा सँघिय सांसद संग सम्मोन्य गर्दे जनताका समस्या र आवस्यकतालाई पहिलो प्राथमिकता दिएर अगाडी बढ्ने बताउनु भयो ।
साझा गठवन्धनको तमानखोला गाउँपालिकामा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दे कुवंरले जिल्लाकै दुर्गम रहेको तमानखोला गाउँपालिकाको विकासमा समेत आफुलाई थप चिन्ता र चासो रहेका कारण गाउँपालिकाको सदरमुकाम सम्म पक्कि सडक निर्माण, बोङगादोभान, तमान, म्याग्दी सडक कालोपत्रे, नर्जा खुंखानी सडक व्यवस्थापन, मोटरेवल पुल निर्माण, प्रर्यटन प्रर्वधन, कृर्षि , शिक्षा र स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अगाडी बद्ने प्रतिबद्धता जनाउनु भयो ।
देशमा प्रतिगमनकारी तत्वलाई परास्त गर्न, संविधानको रक्षा, जनतालाई शुसाशन दिलाउनका निम्ती गठवन्धन हुन पुगेको बताउँदै स्थानिय , प्रदेश र संघिय सरकार भएपछि मात्रै यस क्षेत्रको विकास हुने प्रस्ट पार्नुभयो ।

बुर्तिवाङ कोजाग्रत पुर्णिमा मेला : पुरुष भलिबलको फाईनलमा निसीखोलाको २ टिम भिड्ने ।

0

विनोद विश्वकर्मा बुर्तिवाङ ,
बुर्तिवाङ राईजिङ युवाक्लवको २० औँ वार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेला २०७९ सोमबार पनि जारी रहेको छ ।

क्लवले आयोजना गरेको बिबिध कार्यक्रम अन्र्तगत सोमबार पुरुष भलिबलको सेमी फाईनल र महिला भलिवलको फाईनल खेल सम्पन्न भएको छ । महिला भलिबल अन्र्तगत बडिगाड गाउँपालिका र ढोरपाटन स्पोर्टस् टेर्निङ सेन्टर बिच भएको फाईनलमा बडिगाड गाउँपालिका ७ का खेलाडीले सोझो सेटनै हाज पादै कोजाग्रत पुर्णिमा मेला २०७९ महिला भलिबलको बिजेता बनेका छन् ।

त्यस्तै पुरुष भलिबल प्रतियोगितामा निसीखोला गउँपालिका ७ राजकुट र आयोजक बुर्तिबाङ राईजिङ युवा क्लव बिच भएको खेल बाट निसीखोला ७ राजकुट र निसीखोला गाउँपालिका १ हर्पे र घुम्टे युवा परिवार संघ गलकोट बिच भएको खेलबाट निसीखोला गाउँपालिका १ हर्पे फाईनलमा प्रवेश गरेको छ । पुरुष भलिबलको फाईनल खेला मंगलबार हुने आयोजकले जनाएको छ । सोमबारनै भएको रस्साकस्सा प्रतियोगितामा ४ समुहको सहभागिता रहेकोमा उत्तर गंगा दउराली होटल ढोरपाटन प्रथम र निसीखोला गाउँपालिका ६ भलकोट समुह दिृतिय भएको छ ।

पुरुष भलिबलमा प्रथम हुनेले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैया कप मेडल र दिृतिय हुनेले ६१ हजार १ सय ११ रुयैया कप र मेडल र प्रमाण पत्र प्रप्त गर्ने छन् ।

निर्वाचनमा सक्षम र क्षमतावान उमेद्वारलाई रोज्नुहोस पौडेल : गठवन्धनको घरदैलो अभियान

0

असोज ३१ गते

विकास निर्माण र जनताको हक अधिकार स्थापित गराउनका निम्ती गठवन्धनको जित आवस्यक रहेको साझा गठवन्धनका प्रतिनिधी सभा उमेद्वार देवेन्द्र पौडेलले बताउनु भयो ।
गठवन्धनको जित सुनिश्चत भइसकेको बताउँदै आफु र प्रदेश सभा (क) र (ख) तर्फका उमेद्वार भिजन भएको र जनताको समस्या बुझन सक्ने, काम गर्न सक्ने क्षमतावान रहेका कारण यसक्षेत्रको विकास र समृद्धिका निम्ती लोकतान्त्रिक÷वाम गठवन्धनका उमेद्वारलाई विजयी गराउन अपिल गर्नुभयो ।
आफु शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भएको एक बर्षमा नेपालको शिक्षा प्रणालीको विकास र शैक्षिक भौतिक विकासका निम्ती धेरै काम गर्न सफल भएको बताउँदै शैक्षिक क्षेत्रको विकास भएमा मात्र समाज र देशको विकास हुने बताउनु भयो ।
उहाँले थप वोल्दै प्रदेश सभा (ख) का उमेद्वार दोर्ण कुमार कुवंर र आफु सक्षम व्याक्तित्व रहेका कारण यस क्ष्ोत्रको विकास र समृद्धिका निम्ती आफुहरुलाई जिताउन अपिल गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा (ख) का साझा उमेद्वार दोर्णकुमार कुवंरले वोल्दै जनताको समस्या, यहाँको विकास निर्माण र निसी, भुजी तमान ढोरपाटनको विकासका निम्ती आफु र संघिय सांसदका उमेद्वार देवेन्द्र पौडेलले सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । कुवंरले भन्नुभयो म कुनै पदमा नहुँदा पनी जनताको समस्याका निम्ती हरदम खटिएको हुँ अवपनी जनताको निम्ती खट्ने प्रण गर्दछु । यहाँका आवस्यक र समस्याको विकास गर्नु साझा गठवनधनको सरकारको दायित्व रहेको बताउनु भयो ।
साझा पाँचदलिय गठवन्धनको चुनावी अभियान बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) अन्र्तगत वडा नं. २ मा जभेटघाट कार्यक्रम सञ्चालन भएको छ । आगामी मंसिर ४ गते हुन लागिरहेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको तयारी स्वरुप उमेद्वारहरु जनताकहाँ जाने र मत माग्ने अभियान सुरु गरेका छन ।

प्रदेश सभा (ख) उमेद्वार को हुन त दोर्ण कुवंर

0

असोज ३१ गते
नेपाली काँग्रेसमा विद्यार्थी जीवनदेखि आफनो राजनितीक यात्रा सुरु गरेका युवा नेता दोर्ण कुवंर बागलुङ जिल्लाको साविक अधिकारीचौर गाउँविकास समिती वडा नं. ९ हाल ढोरपाटन नगरपालिका ५ को दुर्गम गाउँ मस्तिमा जन्मिएका हुन ।
बुबा सालिकराम कुवंर र आमा सिता कुवंर को कोखबाट जन्मिएका कुवंर विगत २०६५÷०६६ सालदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनिती संगै समाज सेवामा होमिएका व्यक्ति हुन ।
बागलुङ जिल्लाको क्षेत्र नं. २ अन्र्तगत धैरै स्थानमा विकासका निम्ती सक्रिय रुपमा लागेका उनि पार्टीभित्रको राजनितीमा वडा सभापती हुँदै १३ औँ महादिवेशनमा क्षेत्रीय सभापती हुँदै अहिले केन्द्रिय महाधिवेशन प्रतिनिधीमा छन । १४ औँ महाधिवेशनबाट जिल्ला सभापतीको रुपमा होमीएका कुवँर अन्तत जित बहादुर शेरचनलाई समर्थन गर्दे पछि हटेका थिए ।
यसरी सुरु हुन्छ उनको राजनैतिक र सामाजिक यात्रा
आरआर क्याम्पस काठमान्डौमा अध्ययन गर्दे गर्दा विद्यार्थी जीवन १८ बर्षदेखि राजनितीमा लागेका कुवंर विशेष गरी २०६६÷०६७ देखिनै उनी दुर्गम मानिने पश्चिम बागलुङलाई अव सुगम वनाउनु पर्छ यस क्षेत्रमा चेतना तथा विकासको बृद्धि गर्नुपर्दछ भन्ने उदेश्य सहित राजनैतिक र सञ्चार क्षेत्रको विकासमा अगाडी बढे ।
२०६७ सालदेखि गरीवी निवारणका लागी वातावरणीय स्वास्थ्य शिक्षा नामक सँस्था स्थापना गरी यहाँका व्यवसाही, बौद्धिक व्यक्तित्व, शिक्षक, राष्ट्र सेवक कर्मचारी, उद्योगी लगाएतलाई समावेश गर्दे सामुदायिक रेडियो ढोरपाटन सञ्चालनमा ल्याए जसबाट धेरै जनाले आफनो क्षमता प्रस्फुटन गर्ने अवसर संगै सुचना र सञ्चारबाट पछि परेको पश्चिम बागलुङका नागरीकले त्यो सुविधा अहिलेसम्म पाइरहेका छन ।
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट क्षेत्रीय सभापती भएका कुवँरले ३ बर्षे कार्यकाल सफलता पुर्वक बिताए पार्टीको संगठन विस्तार देखि सबैलाई समान रुपमा मिलाएर आफनो कार्यकाल सफल बनाए ।
चेम्वर अफ कमर्स बागलुङको अध्यक्ष
नेता कुवँर उद्योगी व्यवसाहीको हक अधिकारलाई स्थापित गराउन र उद्योग व्यसायको विस्तार गर्ने उदेश्य सहित २०७५ सालमा चेम्वर अफ कमर्स बागलुङको अध्यक्ष वनेका उनले पालिका स्तरमा समेत त्यसको समिती गठन गरेर उद्योगी व्यवसाहीलाई अगाडी बढ्नमा प्रेरणा दिएका हुन ।
विपद व्यवस्थापन समिती कोष सम्मोन्य जिल्ला अध्यक्ष लगाएत अन्य धेरै संघसंस्थामा लागेका उनि अधिकांस समय जनताको घरदैलोमा पुग्ने र आफु पदमा नरहँदा पनी जनताको गुनासो सुन्ने, उनिहरुका समस्या बुझ्ने र विकासका काममा तल्लिन बन्दै गए ।
जहाँ समस्या त्यहाँ दोर्ण कुवँर
पार्टीको पद वाहेक कुनै सांसद मन्त्रि नहुँदा पनी आफनो क्षेत्रको विकास र समृद्धिका निम्ती बढि मात्रामा मन्त्रालय, उच्च स्तरका कर्मचारी, नेता तथा साँसद मन्त्रीलाई निरन्तर झकझक्याने र खानेपानी, विधुत, पुल, विद्यालय, सडक , सञ्चार, टटवन्ध निर्माण जस्ता विकासका निम्ती नेता कुवँरको थुप्र्रै योगदान रहेको छ ।
हक्कि स्वभावका कुवंर सबैको सुझाव लिने र आएका सुझाव गुनासो र समस्याको तत्काल सम्वोधनका निम्ती सक्रिय रहँदै आएका व्यक्ति हुन । उनलाई चाप्लुसी मन पर्देन वोलेका कुरा व्यवहारमा उर्तानुपर्दछ भन्ने मान्यता उनिमा छ ।

कुवँरले अझै बढि अर्नाकोट एर्यरपोर्ट सञ्चालनमा ल्याउने उदेश्य सहित गरेको योगदानको चर्चा बढि सुनिन्छ । पछि परिरहेको आफनो क्षेत्रलाई चाँडै विकास निर्माण र समृद्धिको मोडेलमा देख्न चाहाने उनि अर्नाकोट एर्यरपोट निर्माणका निम्ती करिव ५ बर्ष समय खर्चिय धेरै पटक एर्यरपोर्ट निर्माणका निम्ती सम्भाब्यता अध्ययन पनी भयो धेरै क्षेत्रबाट सम्भावित हुँदाहुँदै पनी थप पहुँच र सत्तामा आफु नपुग्दाको परिणाम स्वरुप केहि पछि प¥यो । कोभिड १९ को महाविपत्ती, बाढी पहिरो जस्ता जनताका समस्यामा विभिन्न निकायमा हार गुहार गर्दे आर्थिक सहयोग देखि राहात र स्वास्थ्य सामाग्रि हस्तान्त्रण कार्यमा निकै सक्रिय कुवंंर यस क्षेत्रको निम्ती विकास निर्माण क्षमता वान र आँटिला व्यक्ति हुन ।
यसपटक बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ साझा गठवन्धनको तर्फदेखि प्रदेश सभामा उमेद्वारी दिएका कुवंरको मुख्य उदेश्य निसी भुजी तमान र ढोरपाटन क्षेत्रको विकास र परिवर्तन चाहान्छन पदमा नहुँदा समेत केहि न केहि विकास गरेर देखाउने उनी पदमा पुगेपछि केहि गर्न सक्ने सामार्थ वोकेका व्यक्ति हुन ।

बागलुङ पश्चिम क्षेत्रलाई छुट्टै जिल्ला बनाउने, पछि परेको ढोरपाटनलाई प्रर्यटन संग जोड्न पुर्वाधार तयार गर्ने, कृर्षि, प्रर्यटनको सम्भावनालाई अगाडी उठाउने, पछि परेका सडकलाई पुरा गर्ने र कालोपत्रे गर्ने, खेलकुद शिक्षा, स्वास्थ्य, खानेपानीको पहुँचलाई प्राथमिकता दिने उनको उदेश्य रहेको छ । यस क्षेत्रका विकास र सम्भावनाको विषयमा प्रस्ट ज्ञान र भिजन भएका कुवंर यस क्षेत्रको मुहार फेर्नकै निम्ती आफु सधा सर्वधा लाग्ने बताउँदै आएका छन । युवा तथा जेष्ठ नागरीकको मन मस्तिष्कमा रहेका कुवंर यतिवेला मंसिर ४ मा हुने निर्वाचनको परिणाम आफनो हातमा लिन जनताको माझमा पुगिसकेका छन ।

जनताको समस्या सम्वोधन गर्नु गठवन्धनको दायित्व हो पुरा गरेरै छोड्छौँ : देवेन्द्र पौडेल

0

असोज ३० गते

पाँच दलिय गठवन्धनको बुर्तिबाङमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरीएको छ ।
आगामी मंसिर ४ गते हुने आशन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको तयारी स्वरुप चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दे संघिय सभाका साझा उमेद्वार शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले बागलुङ जिल्लामा लोकतान्त्रीक÷वाम गठवन्धनबाट प्रत्यक्ष तर्फका ६ वटै उमेद्वारले शानदारका साथ जित हासिल गर्ने बताउँदै भारी मतसहित जित हासिल गर्ने गरी चुनावी अभियानमा जुट्न नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।

देशमा प्रतिगमनकारी तत्वलाई परास्त गर्न, संविधान र लोकतन्त्रको जर्गना गर्न त्यसैगरी जनताको हक अधिकार स्थापित गर्नका निम्ती गठवन्धन भएको बताउँदै यो गठवन्धन लामो समय सम्म रहने र देशको विकास , जनताको हक अधिकार स्थापित गर्ने विषयमा कुनै दुविधा नरहेको जिकिर गर्नुभयो ।
यहाँका मुद्धा, विकास निर्माण र जनताको आवस्यकता आफुलाई राम्रो संग जानकार रहेको बताउँदै निर्वाचनमा प्रदेश र सँघिय सभामा आफुहरुको जित पश्चात यहाँका एजेन्डालाई महत्वपूर्ण स्थान दिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । धेरै विकास निर्माणका काम अगाडी बढिसकेका छन यहाँको प्रर्यटन, शिक्षा, बागलुङ –घोँडावाँधे मध्यपहाडी लोकमार्ग कालोपत्रे, सालझण्डी ढोरपाटन सडक निर्माण र व्यवस्थापन, उत्तरगँगा जलाशय यूक्त आयोजना निर्माण, कृर्षि, स्वास्थ्य र शिक्षाका विषयलाई प्रदेशसभाका सांसद र सँघिय सांसदको पहलमा पुरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आयोजित कार्यक्रममा प्रदेश सभा (ख) का उमेद्वार दोर्णकुमार कुवंरले वोल्दै आज आफु पांच दलिय साझा गठवन्धनको साझा उमेद्वार रहेको बताउँदै यहाँका जनताको आशा, अपेक्षा, विकास निर्माण र आम नागरीकको जिवन स्तर उकास्ने र साझा मुद्धालाई संस्थागत गर्दे सबैको अपनत्व हुने गरी आफुले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यहाँका समस्या धेरै छन प्रशासनिक समस्या देखि नागरीकको जिवन स्तर उकास्नु विकासका पूर्वाधार पुरा गर्नु आफु र गठवन्धनको तर्फबाट प्रतिनिधी सभाका उमेद्वार देवेन्द्र पौडेलको समेत रहेको बताउँदै आफुहरुले जनताका मुद्धालाई आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । यहाँको भुगोल माटो र जनताको आवस्यकता आफुले राम्रोसंग बुझेका कारण साझा समस्या, साझा मुद्धा र विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडी लिएर जाने बताउनु भयो ।
नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापती तारानाथ पौडेल, गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, नेकपा माओबादी केन्द्र वैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोख्रेल, नेपाली काँग्रेस प्रदेश सभा (ख) सभापती मेशलाल सर्मा, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य संकर बहादुर कुवंर लगाएत नेताहरुले वोल्दै गठवन्धका उमेद्वारलाई भारी मतका साथ विजयी बनाउन सबै नेता कार्यक्रता जिम्मेवार पूर्वक लाग्नुपर्ने बताउँदै देशको रक्षा, संविधान , लोकतन्त्रको रक्षा गर्न र प्रतिगमनकारी तत्वलाई परास्त गर्न एकजुट भएर निर्वाचनमा लाग्नुको विकल्प नरहेको बताएका हुन।
कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाहीको स्वागत हेमेन्द्र घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको हो ।