
असोज ३० गते
पाँच दलिय गठवन्धनको बुर्तिबाङमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरीएको छ ।
आगामी मंसिर ४ गते हुने आशन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको तयारी स्वरुप चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दे संघिय सभाका साझा उमेद्वार शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले बागलुङ जिल्लामा लोकतान्त्रीक÷वाम गठवन्धनबाट प्रत्यक्ष तर्फका ६ वटै उमेद्वारले शानदारका साथ जित हासिल गर्ने बताउँदै भारी मतसहित जित हासिल गर्ने गरी चुनावी अभियानमा जुट्न नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
देशमा प्रतिगमनकारी तत्वलाई परास्त गर्न, संविधान र लोकतन्त्रको जर्गना गर्न त्यसैगरी जनताको हक अधिकार स्थापित गर्नका निम्ती गठवन्धन भएको बताउँदै यो गठवन्धन लामो समय सम्म रहने र देशको विकास , जनताको हक अधिकार स्थापित गर्ने विषयमा कुनै दुविधा नरहेको जिकिर गर्नुभयो ।
यहाँका मुद्धा, विकास निर्माण र जनताको आवस्यकता आफुलाई राम्रो संग जानकार रहेको बताउँदै निर्वाचनमा प्रदेश र सँघिय सभामा आफुहरुको जित पश्चात यहाँका एजेन्डालाई महत्वपूर्ण स्थान दिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । धेरै विकास निर्माणका काम अगाडी बढिसकेका छन यहाँको प्रर्यटन, शिक्षा, बागलुङ –घोँडावाँधे मध्यपहाडी लोकमार्ग कालोपत्रे, सालझण्डी ढोरपाटन सडक निर्माण र व्यवस्थापन, उत्तरगँगा जलाशय यूक्त आयोजना निर्माण, कृर्षि, स्वास्थ्य र शिक्षाका विषयलाई प्रदेशसभाका सांसद र सँघिय सांसदको पहलमा पुरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आयोजित कार्यक्रममा प्रदेश सभा (ख) का उमेद्वार दोर्णकुमार कुवंरले वोल्दै आज आफु पांच दलिय साझा गठवन्धनको साझा उमेद्वार रहेको बताउँदै यहाँका जनताको आशा, अपेक्षा, विकास निर्माण र आम नागरीकको जिवन स्तर उकास्ने र साझा मुद्धालाई संस्थागत गर्दे सबैको अपनत्व हुने गरी आफुले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यहाँका समस्या धेरै छन प्रशासनिक समस्या देखि नागरीकको जिवन स्तर उकास्नु विकासका पूर्वाधार पुरा गर्नु आफु र गठवन्धनको तर्फबाट प्रतिनिधी सभाका उमेद्वार देवेन्द्र पौडेलको समेत रहेको बताउँदै आफुहरुले जनताका मुद्धालाई आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । यहाँको भुगोल माटो र जनताको आवस्यकता आफुले राम्रोसंग बुझेका कारण साझा समस्या, साझा मुद्धा र विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडी लिएर जाने बताउनु भयो ।
नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापती तारानाथ पौडेल, गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, नेकपा माओबादी केन्द्र वैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोख्रेल, नेपाली काँग्रेस प्रदेश सभा (ख) सभापती मेशलाल सर्मा, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य संकर बहादुर कुवंर लगाएत नेताहरुले वोल्दै गठवन्धका उमेद्वारलाई भारी मतका साथ विजयी बनाउन सबै नेता कार्यक्रता जिम्मेवार पूर्वक लाग्नुपर्ने बताउँदै देशको रक्षा, संविधान , लोकतन्त्रको रक्षा गर्न र प्रतिगमनकारी तत्वलाई परास्त गर्न एकजुट भएर निर्वाचनमा लाग्नुको विकल्प नरहेको बताएका हुन।
कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाहीको स्वागत हेमेन्द्र घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको हो ।