बिनोद विश्वकर्मा,बुर्तिवाङ
बागलुङ क्षेत्र नं २ (ख) का गठबन्धनका उम्मेदवार दोर्ण कुमार कुवँरले जनताको हक अधिकारलाई सुन्श्चिित गर्नको आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।
जिल्लाको निसीखोला गाउँपालिकामा ५ दलिय गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना कार्यक्रममा यस्तो बताउनु भएको हो । कुवँरले नेपाली काँग्रेसले टिकट दिए पनि गठवन्धनको सबै दलको प्रतिनिधित्व गरेको र जनताको समस्या पर्दा कहिले पनि पछि नहट्ने बताउनु भयो ।
कार्यक्रममा थप बोल्दै कुवँरले जनताको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा प्रमुख मुद्धा बनाए अगाडी बढ्ने उद्घोष गर्नु भयो । थप बोल्दै उहाले निसीभुजी र तमान क्षेत्रको विकासको निम्ति कहिले पनि पछाडी नहट्ने भन्दै प्रतिबद्धता समेत जनाउनु भयो ।