यहाँको मुद्धा र जनताको एजेन्डालाई प्राथमिकता दिएर काम गर्छु दोर्ण कुवंर

कात्तिक ३ गते

नेपाली कांग्रेसका युवा नेता तथा ५ दलिय गठवन्धनबाट प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले पश्चिम बागलुङका जनताका मुद्धा र एजेन्डा आफनो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा जिल्लाको निसीखोला गाउँपालिका ६ नं. वडामा चुनावी प्रचार प्रसारको कार्यक्रमलाई सम्वोधन गर्दे कुवंरले संविधानको रक्षा, प्रतिगमनकारी तत्वलाई परास्त गर्न र लोकतन्त्रलाई मजबुढ बनाउन पाँचदलिय गठवन्धन भएर आफुहरु निर्वाचनमा होमीएको बताउँदै आफु पाँच दलको साझा उमेद्वार रहेका कारण सबैको भावना र अपनत्व हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आफु प्रदेश सभामा पुगेपछी पछि परेको गौरवको आयोजना उत्तरगँगा जलाशय  निर्माण प्रकृयालाई अगाडी बढाउन पहल गर्ने , सालझण्डी ढोरपाटन सडक, निसीखोला गाउँपालिकामा रहेका साखा सडक, निसी रोल्पा सडक लगाएत यहाँको कृर्षि, प्रर्यटन, शिक्षा , स्वास्थ्य र जनताको जनजिवीकाको सवाललाई प्राथमिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका अवसरमा नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवीले वोल्दै आफुले पश्चिम बागलुङको भुगोल राम्रो संग चिनेको हुँदा यहाँको शिक्षा, महिला, वालवालिकाको अवस्थामा परिवर्तन र संविधानमा लेखिएका हक अधिकार स्थापित गराउन, यहाँका विकास निर्माणको सन्दर्भमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

त्यस्तै नेकपा माओबादी केन्द्रका समानुपातीक साम्सद प्रेम बहादुर रोका मगर, राष्टिय जनमोर्चाका समानुपातिक उमेद्वार थम्मन घर्तिमगरले वोल्दै आफुलाई समानुपातीक तर्फ प्रदेश सभामा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही ,नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, जिल्ला उपसभापती तारानाथ पौडेल, नेकपा एस जिल्ला सदस्य हरि घर्ति , नेकपा माओबादी अखिल क्रान्तीकारी केन्द्रिय सदस्य महेन्द्र चन्द, लगाएतले वोल्दै संविधान र लोकतनत्तको रक्ष ागर्न प्रतिगमनकारी तत्वलाई परास्त गर्न र देश विकास गर्नका निम्ती पाँचदलिय साझा गठवन्धनका उमेद्वारलाई विजयी गराउनुको कुनै विकल्प नरहेको बताउँदै सबै नेता कार्यक्रता जिम्मेवार पूर्वक निर्वाचनका खटिन अपिल गर्नुभयो ।
कार्यक्रम नेपाली काँग्रेस वडा नं. ६ का सभापती दिपक थापाको अध्यक्षता, भिम घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । गठवन्धनले प्रदेश सभा (ख) अन्र्तगत ३ वटै पालिकामा सम्पर्क कार्यालय उद्घाटन संगै वडा स्तरमा अगुवा कार्यक्रता संग भेटघाट र छलफलका कार्यक्रमलाई अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित