
बुर्तिबाङ कात्तिक ४ गते
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको तयारीका क्रममा मतदातासँग साझा गठवन्धनका नेताहरुले वोल्दै प्रतिगमनकारी नेकपा एमालेलाई यस पटकको निर्वाचनबाट पाखा लगाउनुको विकल्प नरहेको बताएका छन ।
जनताको बलिदान र रगतबाट ल्याइएको संविधान र हालसम्म प्राप्त उपलब्धी गुम्न सक्ने खतराबाट साझा गठवन्धनले जोगाएको बताउँदै जुनकुनै हालतमा एमालेलाई पत्तासाप गर्नुपर्ने बताए ।
वक्ताहरुले थप वोल्दै बागलुङ क्षेत्र नं. २ प्रतिनिधी सभा तर्फ नेकपा माओबादी केन्द्रका सचिव शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल र प्रदेश सभा (ख) तर्फ युवा नेता दोर्ण कुमार कुवंरलाई जिताउन सके मात्रै पश्चिम बागलुङमा गठवन्धनको जित हुने र यस क्षेत्रको विकास निर्माण र समृद्धिले फड्को मार्ने बताएका हुन ।
कार्यक्रमका अवसरमा गठवन्धनका प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले आफु प्रदेश सभामा गएपनी नगएपनी यहाँका जनताका आवस्यकता, पश्चिम बागलुङको मुद्धा, छुट्टै जिल्लाको माग, ढोरपाटन उत्तरगंगा हाइड्रो जलविधुत परियोजना, अर्नाकोट एर्यरपोर्ट निर्माण लगाएत निसी,भुजी तमान र ढोरपाटनका जनताका महत्वपूर्ण आवस्यकता र मागलाई पुरा गरेर छोड्ने प्रतिबद्धता जनाउनु भयो । जनताको हक अधिकार स्थापित गर्न, यहाँका समस्या सम्वोधन गर्न गठवन्धनका उमेद्वारको विकल्प नरहेको बताउनु भयो ।
निसीखोला गाउँपालिका ५ मा आयोजित चुनावी अभियान कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष खिमविक्रम शाही, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रेम घर्ति, नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवी नेकपा माओबादी केन्द्रका समानुपाती उमेद्वार प्रेम रोका मगर, राजमो समानुपातीक उमेद्वार थम्मन घर्ति लगाएतले वोल्नुभएको हो ।