Home Blog Page 148

तमानखोलामा बाम ÷लोकतान्त्रीक गठवन्धनको निर्वाचन परिचालन समिती गठन

0

बुर्तिबाङ्ग कात्तिक १५ गते
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनलाई सानदारका साथ उमेद्वारलाई विजयी गराउन तमानखोला गाउँपालिकामा पाँच दलीय लोकतान्त्रीक÷बाम गठवन्धनको निर्वाचन परिचालन समिती गठन गरीएको हो । मंगलबार त्यहाँ स्थित नेता कार्यक्रताको उपश्थितीमा पालिका स्तरीय र वडा स्तरीय निर्वाचन परिचालन समितीको गठन गरीएको छ प्रसाद श्रीपालीले बताउनु भयो ।

बैठकले लिला कुमार छन्त्यालको सम्योजक र छ प्रसाद श्रीपाली उपसम्योजक रहेको २३ सदस्य पालिका स्तरीय निर्वाचन परिचालन समितीको गठन गरीएको हो । त्यसैगरी झक बहादुर बुढा सम्योजक र नारायण सुनार उपसम्योजक रहेको १७ सदस्य उच्च स्तरीय निर्वाचन सम्मोन्य समितीको गठन गरीएको हो ।

मंसिर ४ गतेहुने निर्वाचनमा साझा गठवन्धनका उमेद्वारलाई भारी मतका साथ विजयी गराउने उदेश्य सहित गठन गरीएको उक्त समितीले सक्रिय पूर्वक निर्वाचलाई लक्षित गतिविधी अगाडी बढाउने गाउँगाउँमा गई कार्यक्रता तथा जनतालाई गठवन्धन हुनुका कारण त्यसको आवस्यकता संगै गठवन्धनलाई जिताउने अभियानमा जुट्ने बताइएको छ । विजय बुढाको सम्योजक दिलेन्द्र घर्ती सहसम्योजक रहेको ९ सदस्य पालिका स्तरीय र वडा स्तरीय युवा परिचालन समिती निर्वाचन परिचालन कमिटीको सम्योजक र सहसम्योजक चयन गरीएको छ
वडा स्तरीय निर्वाचन परिचालन समिती तर्फ वडा नं. १ मा नरकुमार गोतामे सम्योजक दलप्रसाद पुन सहसम्योजक, वडा नं. २ मा लिल प्रसाद वि.क सम्योजक जित बहादुर घर्ति सहसम्योजक, वडा नं. ३ मा प्रकाश घर्ति सम्योजक भिम बुढा सहसम्योजक, वडा नं. ४ मा मनोज वि.क. सम्योजक , विकल छन्त्याल सह सम्योजक, वडा नं. ५ मा तेजेन्द्र रामजाली सम्योजक दिपक सुन्चौरी सहसम्योजक, वडा नं. ६ मा चित्र बहादुर छन्त्याल सम्योजक, टोप बहादुर श्रीपाली सहसम्योजक रहेको वडा स्तरीय समितीको गठन गरीएको हो ।

काँग्रेसले सार्वजनिक ग¥यो घोषणापत्र ।।

0

नेपाली काँग्रेसले आउँदो निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काँग्रेसको मुख्य कार्यालय ललितपुरको सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा तथा पदाधिकारी र घोषणापत्र लेखन समितिका सदस्यहरूले आज घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा काँग्रेसले प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिवद्धता जनाएको छ । यस्तै, काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भए आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ । वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने सङ्कल्प काँग्रेसले गरेको हो । व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गर्दछ, काँग्रेसको घोषणापत्रमा भनिएको छ ।

५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बीमा र बीमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने काँग्रेसले जनाएको छ। यस्तै ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने तथा बीमा रकमको दायरा बढाई १० लाख पु¥याइने र अति विपन्न, एकल महिला लगायतको बीमाबापतको प्रिमियम पनि सरकारले नै तिरिदिने सङ्कल्पपत्रमा उल्लेख छ । यस्तै सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने र गर्न पनि नदिने, सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने, कानुनको सीमा बाहिर गएर आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय र काम नगर्नेलगायत सङ्कल्प पनि काँग्रेसले गरेको छ । यस्तै, राष्ट्रिय गौरबका सबै निर्माणाधीन आयोजना सम्पन्न गर्ने, कृषि मल कारखानाको स्थापना गर्ने, आधा घण्टाभित्र पक्की सडकमा पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पु¥याउने, सुरक्षित घरमा बस्ने परिवार सङ्ख्या ५५ प्रतिशत पु¥याउने, विद्युतीय ऊर्जाको उत्पादन १० हजार मेगावाट पु¥याउने, ४ सय केभीएको पूर्वपश्चिम प्रसारण लाइन सम्पन्न गर्ने, वार्षिक २० लाख पर्यटक भित्र्याउने र दैनिक पर्यटक खर्च १ सय डलर पु¥याउने, तरकारी, फलफूल, माछा मासु, दूध, मसला र औद्योगिक बालीमा आत्मनिर्भर बनाउने,सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पहुँच पु¥याउने जस्ता महत्त्वकांक्षी घोषणा पनि काँग्रेसले गरेको छ । सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदमा विषयगत योग्यता र निश्चित मापदण्डका आधारमा गर्ने, सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले वर्षेनी सम्पत्ति विवरण सार्वजनिक गर्ने, नागरिकलाई झन्झटरहित सार्वजनिक सेवा उपलब्ध गराउने लगायत कुरा घोषणाापत्रमा उल्लेख गरिएको छ ।महामन्त्री तथा घोषणापत्र लेखन समितिका संयोजक विश्वप्रकाश शर्माले सार्वजनिक गरेको घोषणा पत्रको मूल सार निरन्तरतामा नवीनता भएको बताउनुभयो । महामन्त्री शर्मा नेतृत्वमा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा.स्वर्णिम वाग्ले,डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत ४१ सदस्यीय समितिले एक महिना लगाएर घोषणापत्र तयार पारेको हो । यस्तै, नेपाली काँग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने सङ्कल्प पनि गरेको छ । विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेत्र मुक्त बनाउने, विद्यार्थीलाई शैक्षिक ऋण, सामुदायिक स्कुलको व्यवस्थापन, निजीको शुल्क अनुगमन, माध्यमिक तहसम्म आवास सहित निशुल्क शिक्षा, एक विद्यालय एक दलित शिक्षकको नीति लागू गर्ने जस्ता विषयहरूसङ्कल्प पत्रमा छ ।

कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छन् ःमन्त्रीपौडेल

0

बुर्तिबाङ कात्तिक १२

शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालकांग्रेस र नेकपामाओवादी केन्द्र देशलाई अप्ठ्यारोपर्दा मिल्दै आएको बताउनुभएको छ । शनिबार गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावीकार्यक्रमलाई सम्बोधनगर्दै उहाँले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारोपर्दा मिलेर अघि बढेको बताउनुभयो । “कांग्रेस र माओवादीबीचमुल मुद्धा मिलेका छन्,” केपीओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधानजोगाउनकांग्रेस माओवादीसहित सरकार गठनभइ संविधानको रक्षाभयो ।”
उहाँले राजतन्त्रफालेर गणतन्त्र ल्याउने कुरा सामान्यनभएको बताउनुभयो । “अबबन्ने गठबन्धनको सरकारले संविधानको मुलमर्मअनुसार अघि बढ्ने विश्वास व्यक्तगर्नुभयो । “अबबन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्छ”, उहाँले भन्नुभयो, “राजनीतिक स्थायीत्वको लागि गठबन्धनको सरकार बन्छ।”उहाँले बाचुन्जेल बागलृङको विकासका लागि लागि परिरहने विश्वास व्यक्तगर्नुभयो ।बागलुङ जिल्ला सुरुङमार्गको युगमाप्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यताअध्ययनका लागि सरकारले बजेट छुट्याएको बताउनुभयो । उहाँले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि भौतिक संरचनाबन्ने बताउनुभयो ।
बागलुङ–२ प्रदेश क का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले हरेक कुरामा परिर्वतन गरी जनताको जीवनस्तर उठाउन आफूहरुको उम्मेदवारी भएको बताउनुभयो ।
ग्रामिण क्षेत्रका समस्या समाधान नभएसम्म देशको प्रगतिनहुने बताउँदै निर्वाचित भएपछि कामगर्दछ कि गर्दैन भन्ने कुरा ठूलो भएको बताउनुभयो ।

निसीमा अझै पुख्यौली पेशा, प्रतिघरमा ३० वटा सम्म गाइभैँसी पाल्दै

0

बुर्तिबाङ कात्तिक १२ गते
बागलुङको निसीखोला गाउँपालिका ५ र ६ नम्वर वडाका कृषकले पुर्खाेली पेशा अंगाल्दै आएका छन । स्थानीय करिव १२ सय बढि घरधुरीले आफना बाबु बाजेले पाल्दै आएको स्थानिय जातका गाई भैँसि र भेँडा पालन गर्दे आएका हुन ।
प्रति घरमा २०÷२५ वटा सम्म गाई भैँसी पाल्ने गरीएको स्थानीय तेजेन्द्र पुनले बताउनु भयो । विशेषगरी खेत बारी धेरै रहेको र मल उत्पादनको रुपमा स्थानिय जातको गाई भैँसी पाल्ने गरीएको पुनको भनाई छ । पशुचौपाया बर्षातको समयमा लेकमा लैजाने र कात्तिक लागेसंगै गाउँ झारिने गरीन्छ ।
निसीखोला ६ भल्कोटका तुल बहादुर बुढा अहिले ८८ बर्ष पुग्नुभयो आफुले १५ बर्ष हुँदा देखि बाबु बाजेसंग गाई भैँसी पाल्न सुरु गर्नुभएका उहाँको उर्जाशिल जिवन पशु चौपायाँ हेर्देमा गयो ।
घरमा २२ वटा गाई र भैँसी छन उहाँको उदेश्य पनी खेतबारीमा प्रशस्त मलजल राख्ने र राम्रो अन्न वाली उत्पादन गर्ने हो । धेरै संख्यामा गाई भैँसी भएपनी घरमा प्रयोग गर्ने बाहेक अन्यत्र दुध दही र घ्यूको विक्री नगर्ने उनिहरुले खेतवारीमा मललाईनै बढि प्राथमिकता दिने गरेका हुन ।
अर्का चन्द्रमणी बुढाको १८ वटा गाई छन १६ बर्षदेखि गाई पाल्दै आउनु भएका उहाँको भनाई पनी मल उत्पादन गर्ने र गोरु उत्पादन गरी खेतबारी जोत्नमा प्रयोग हुने बताउनु भयो । उहाँका अनुसार बर्षातको समयमा हाँचे भन्ने लेकमा गाईवस्तु लैजाने र हिँउदको समयमा गाउँ ल्याउने गर्नुहुन्छ । त्यहाँका कृषकहरु बर्षातको दुई देखि तिन महिना लेकमा र हिँउदका औल (निसी) झरेर खेती पाती लगाउने, वारिमा मल बढाउने काम गर्दे आउने गरेका छन । राज्यले वास्तविक किसानलाई चिन्न नसकेका कारण यसलाई थप व्यवसाहीकरण र स्थानिय उत्पादनलाई जोगाउन कठिन वन्दै गइरहेको समाजसेवी तेजेन्द्र पु्नको भनाई छ ।

बागलुङ क्षेत्र नंं.२ (ख)मा जसपाका उम्मेदवार घर्तीे द्धारा ऐमालेका पुनलाई समर्थन ।

0

बिनोद विश्वकर्मा ,बुर्तिवाङ

बागलुङ क्षेत्र नंं.२ (ख) का जसपाका उम्मेदवार गंगा बहादुर घर्तीले नेकपा एमालेका उम्मेदवार लक्ष्मण पुनलाई समर्थन गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन मार्फत घर्तीले केन्द्रमा पनि एमाले र जसपाको तालमेल भएको कारण पनि समर्थन गरेको बताएका थिए । घर्तीले अहिलेको चुनाव ग्याङ्ग फाईट भएको कारण पनि एमाले र जसपाले तालमेल गर्न पर्ने अवस्था सृजना भएको बताएका छन् ।

एमालेका उम्मेदवार लक्ष्मण पुनले घर्तीको समर्थनले आफ्नो जित सुनिश्चित भएको दावी समेत गरेका छन् ।

 

हिल प्वाइन्ट सेकेन्डरी स्कुल पोखराको टोलीद्धारा बागलुङ र रुकुममा शैक्षिक भ्रमण

0

कात्तिक ७ गते
हिल प्वाइन्ट सेकेन्डरी स्कुल पोखराको टोलीद्धारा शैक्षिक भ्रमण अन्र्तगत बागलुङ र रुकुम जिल्लाका विभिन्न प्रर्यटकिय स्थलको भ्रमण गरेको छ ।
विद्यालयका विद्यार्थी र शिक्षक सहितको टोलीद्धारा बागलुङको प्रर्यटकिय स्थल कालिका मन्दिर , ढोरपाटन सिकार आरक्ष, ढोरवराह मन्दिर तथा पश्चिम बागलुङका विभिन्न प्रर्यटकिय स्थलको स्थलगत भ्रमण गर्नुका साथै रुकुम जिल्लाको कलमदह ताल लगाएत विभिन्न प्रर्यटकिय क्षेत्रको अध्ययन भ्रमण संगै यहाँको अवस्था, स्थानीय रहनसहन र प्रर्यटकिय सम्भावनाका विषयमा अनुसन्धान गरीएको शिक्षक हेविन्द्र खड्काले बताउनु भयो ।
शिक्षक, विद्यार्थी सहितको शैक्षिक भ्रमणले यस क्षेत्रको प्रर्यटन प्रर्वधन र प्रचार प्रसारमा टेवा पुग्ने देखिएको विद्यालयका प्रिन्सीपल दिवाकर जोसीले बताउनु भयो ।

बागलुङमा गठवन्धनको जित सुनिश्चत भइसक्यो, सानदार परिणाम ल्याउने गरी खट्नुहोस मन्त्री देवेन्द्र पौडेल

0

बुर्तिबाङ कात्तिक ७ गते
पाँचदलिय साझा गठवन्धनको चुनावी भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम निसीखोला गाउँपालिका ४ मा सोमवार सम्पन्न भएको छ ।
आशन्न मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई सफल पार्न वडा स्तरीय कार्यक्रमलाई प्राथमिकता दिएको गठवन्धनको चुनावी भेलालाई शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गर्दे बागलुङमा गठवन्धनको जित भइसककेको बताउँदै भारी मतले विजयी गराउने अभियानमा होमीन नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
देशलाई नेकपा एमालले प्रतिमगनको दिशामा लगिसकेको अवस्थामा पाँच दलिय गठवन्धन गरेर संविधानको रक्षा र हालसम्म प्राप्त उपलब्धी जोगाउन सफल भएको बताउँदै देश विकास समृद्धि र जनताको हकअधिकार स्थापित गर्न तथा संविधानको रक्षार्थ साझा गठवन्धनको विकल्प नभएको बताउनु भयो ।
मन्त्री पौडेलले थप वोल्दै बागलुङ जिल्लाका दुई निर्वाचन क्ष्ोत्र र चार प्रदेशसभामा गठवनधनका उमेद्वारको जित सुनिश्चत भइसकेको बताउँदै विपक्षसंग भारी मत अन्तरले जितको अग्रता कायम राख्न मंसिर ४ सम्म सक्रिय पूर्वक खटिन नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
कार्यक्रमका अवसरमा क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फको उमेद्वार दोर्ण कुमार कुवंरले वोल्दै नेकपा एमालेले आफु सरकारमा रहँदा पनी जनतालाई भ्रमित पार्ने आश्वासन मात्र दिएको तर कुनै काम गर्न नसकेको उल्टै हालसम्म प्राप्त उपलब्धी र संविधान माथी प्रहार गरेका कारण देश विकास र जनताको हक अधिकार स्थापित गर्न तथा जनताको अवस्था वदल्न गठवन्धनको जीत आवस्यक रहेका कारण प्रतिनिधी सभा तर्फ क्षेत्र नंं २ बागलुङमा देवेन्द्र पौडेल र प्रदेश सभामा आफुलाई विजयी गराउन मतदातालाई आब्ह्वान गर्नुभयो । यस क्ष्ोत्रको विकास निर्माण र समृद्धिका निम्ती आफु र माननीय देवेन्द्र पौडेलले सम्मोन्य र सहकार्य गरेर काम गर्ने बताउंदै आफुहरुसंग ज्ञमता, र भिजन भएको हुँदा सरकारमा रहेर जनताको काम गर्ने आफुहरुको चाहाना पुरा गरीदिन समेत अपिल गर्नुभयो ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता जिल्ला उपसभापती तारानाथ पौडेल, क्षेत्रीय सभापती जोकलाल बुढा, प्रदेश सभापती मेशलाल सर्मा नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश सदस्य प्रेम घर्तिमगर, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे , गण्डकी प्रदेश उपाध्यक्ष खिम विक्रम शाही लगाएत नेताको आतिथ्यता र मन्तव्य रहेको थियो ।
नेताहरुले वोल्दै देशलाई बचाउन, संविधानको रक्षा गर्न र देशलाई प्रतिगठनको दिशामा लैजाने नेकपा एमालेलाई परास्त गर्नका निम्ती साझा गठवन्धन भएको बताउँदै यस पटकको निर्वाचनमा कुनै अलमल नपरी गठवन्धनका साझा उमेद्वारलाई विजयी बनाउने अभियानमा होमीन आफना कार्यक्रतालाई नेताहरुले आग्रह गरेका हुन् ।

तपाइँहरुकै सेवक हुँ, विकास र समृद्धि मार्फत जनताको सेवा गर्ने अवसर दिनुहोस नेता दोर्ण कुवँर

0

बुर्तिबाङ कात्तिक ६ गते
नेपाली काँग्रेसका युवा नेता तथा क्षेत्र नं. २ बागलुङ प्रदेश सभा (ख) का उमेद्वार दोर्ण कुमार कुवंरले आगामी मंसिर ४ गतेको निर्वाचनमा यस क्षेत्रको विकास र समृद्धिका निम्ती पाँचदलिय साझा गठवन्धनको जित आवस्यक रहेको बताउनु भयो ।
चुनावी प्रचार प्रसार तथा जनभेटघाट कार्यक्रम संगै निर्वाचन सम्पर्क कार्यालय उद्घाटन निसीखोला गाउँपालिका ७ राजकुटमा सम्पन्न गर्दे नेता कुवंरले आफु कुनै पदमा रहँदा वा नरहँदा पनी यस क्षेत्रको विकास र समृद्धिका निम्ती जनतासंग हातेमालो गर्दे आइरहेको बताउँदै आफुले यस क्षेत्रको विकास जनताको हक अधिकार तथा यहाँको आवस्यकता र विकासलाई राम्रोसंग नियाली सकेका कारण यकपटक सत्तामा रहेर काम गर्ने अवसर दिन जनतालाई अपिल गर्नुभयो ।

यतिवेला आफनो र सँयूक्त गठवन्धनको जित आवस्यक रहेको बताउँदै देशको समृद्धि, विकास निर्माण तथा प्रतिगमनकारी तत्ववाट जोगाउन पनी गठवन्धनको जीत आवस्यक रहेको प्रस्ट्याउनु भयो ।

म तपाइँहरुकै सेवक हुँ सेवा गर्ने अवसर दिनुहोस मैले देखेका जनताको समस्या र विकास निर्माणमा देखेका सपना पुरा गरेर छोड्छु नेता कुवंरले भन्नु भयो ।
नेकपा एमालेले करिव दुई तिहाई सरकार पाउँदा पनी देशलाई बर्वादी तर्फ धकेलेको बताउँदै संविधानको रक्षा गर्न, हालसम्म प्राप्त उपवल्धीलाई जोगाउन पनी गठवन्धनको जीत आवस्यक रहेको प्रस्ट्याउनु भयो । कार्यक्रममा पाँचदलीय साझा गठवन्धनका नेता कार्यक्रताको उपश्थिती रहेको थियो ।

ढोरपाटन नगरपालिका वडा नं. १ ले वडा भित्र टोल विकास संस्था निमार्ण गर्ने ।

0

बिनोद विश्वकर्मा,बुर्तिवाङ

ढोरपाटन नगरपालिका वडा नं. १ ले आफ्नो वडा भित्र टोल विकास संस्था निमार्ण गर्ने भएको छ ।

टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०७४, मा रहेर वडाका नागारीक बिचमा भएका समस्याको समाधान तथा पहिचाको लागि वडा कार्यालय र टोल विकास संस्थाले समन्वयकारी भुमिका रहने गरी टोल विकास संस्था निमार्ण गर्न लागेको ढोरपाटन नगरपालिका वडा नं १ का वडा सदस्य गोपाल महतले जानकारी दिए ।

वडाले गत शुक्रबार वडा भित्रका बौद्धिक वर्ग ,विभिन्न पार्टीका प्रतिनिधि समाजसेवी,अगुवा कर्मीलाई भेला गरेर संस्था निमार्णको लागि सुझाव संकलन गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले टोल विकास संस्थाको सिमा निर्धारण गर्दा भुगोल,घरधुरी संख्या र जातिय सन्तुलनलाई मिलाई सडक, खोला, खोल्सा तथा सार्वजनिक स्थलहरुलाई अन्तिम बिन्दु बनाएर सिमा निर्धारण गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा समाजसेवी गुन्ज बहादुर भन्डारी,हिरालाल पौडेल,कमल भुषाल,पदम बहादुर वि.क.चुनमान दर्जी,झक प्रसाद वि.क.,हेम प्रसाद वि.क.,नर बहादुर कुमाल,सरण पाण्डे,खगीसरा पण्डे लगाएतले आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा आएका सुझावलाई वडा समितिले छलफल गरी कार्यन्वयनमा लग्ने वडा सदस्य गोपाल महतले जानकारी दिए ।

करीव ६० जना स्थानियको सहभागिता रहेको थियो । वडाले पहिलो पटक सस्था निमार्णको अभ्यास गर्न लागेको वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताए ।

कार्यक्रम वडा अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता र वडा सचिव देवेन्द्र बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेकपा एमालेको चुनावी अभियान तमानखोला गाउँपालिकामा

0
Exif_JPEG_420

बुर्तिबाङ कात्तिक ६ गते
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश शभा निर्वाचनको तयारीमा जुटेका दल तथा स्वतन्त्र उमेद्वारले आफनो प्रचार प्रसार कार्यक्रमलाई व्यापक बनाउँदै लगेका छन ।
यस सन्दर्भमा नेकपा एमालले क्षेत्र नं. २ बागलुङले वडा स्तरमा जभेटघाट तथा चुनावी प्रचार प्रसारका कार्यक्रमलाई अगाडी बढाएको हो ।
निसीखोला गाउँपालिकाको सात वटै वडामा घरदैलो र जनभेटघाट कार्यक्रम अगाडी बढाएसंगै उमेद्वार सहितको टोलीले तमानखोला गाउँपालिकामा चुनावी अभियान अगाडी बढाएको तमानखोला गाउँपालिका १ वोङगादोभान बजारमा पालिका स्तरको चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेर साविक गाविस स्तरीय जभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम भइरहेको नेकपा एमाले ढोरपाटन नगर उपसम्योजक ज्ञानप्रसाद कंडेलले बताउनु भयो । साविक गाविस स्तरमा अभियान सञ्चालन गरीएको बताउँदै तमानखोला गाउँपालिकाका सवै क्षेत्रमा पुग्ने र ढोरपाटन नगरपालिकामा अभियान सुरु हुने कंडेलले बताउनु भयो
प्रतिनिधी सभाका उमेद्वार मन्जु सर्मा र प्रदेश सभा (ख) तर्फका उमेद्वार लक्ष्मण पुन , ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, नेकपा एमाले ढोरपाटन नगर अध्यक्ष गणेश कुमार थापा, उपाध्यक्ष ज्ञान प्रसाद कंडेल, लगाएतको टोलिद्धारा मतदातालाई भेट गर्दे नेकपा एमालेका उमेद्वारलाई मंसिर ४ को निर्वाचनमा मतदान गरी विजयी गराउन अपिल गरेका छन ।