
बुर्तिबाङ कात्तिक ७ गते
पाँचदलिय साझा गठवन्धनको चुनावी भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम निसीखोला गाउँपालिका ४ मा सोमवार सम्पन्न भएको छ ।
आशन्न मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई सफल पार्न वडा स्तरीय कार्यक्रमलाई प्राथमिकता दिएको गठवन्धनको चुनावी भेलालाई शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गर्दे बागलुङमा गठवन्धनको जित भइसककेको बताउँदै भारी मतले विजयी गराउने अभियानमा होमीन नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
देशलाई नेकपा एमालले प्रतिमगनको दिशामा लगिसकेको अवस्थामा पाँच दलिय गठवन्धन गरेर संविधानको रक्षा र हालसम्म प्राप्त उपलब्धी जोगाउन सफल भएको बताउँदै देश विकास समृद्धि र जनताको हकअधिकार स्थापित गर्न तथा संविधानको रक्षार्थ साझा गठवन्धनको विकल्प नभएको बताउनु भयो ।
मन्त्री पौडेलले थप वोल्दै बागलुङ जिल्लाका दुई निर्वाचन क्ष्ोत्र र चार प्रदेशसभामा गठवनधनका उमेद्वारको जित सुनिश्चत भइसकेको बताउँदै विपक्षसंग भारी मत अन्तरले जितको अग्रता कायम राख्न मंसिर ४ सम्म सक्रिय पूर्वक खटिन नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
कार्यक्रमका अवसरमा क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फको उमेद्वार दोर्ण कुमार कुवंरले वोल्दै नेकपा एमालेले आफु सरकारमा रहँदा पनी जनतालाई भ्रमित पार्ने आश्वासन मात्र दिएको तर कुनै काम गर्न नसकेको उल्टै हालसम्म प्राप्त उपलब्धी र संविधान माथी प्रहार गरेका कारण देश विकास र जनताको हक अधिकार स्थापित गर्न तथा जनताको अवस्था वदल्न गठवन्धनको जीत आवस्यक रहेका कारण प्रतिनिधी सभा तर्फ क्षेत्र नंं २ बागलुङमा देवेन्द्र पौडेल र प्रदेश सभामा आफुलाई विजयी गराउन मतदातालाई आब्ह्वान गर्नुभयो । यस क्ष्ोत्रको विकास निर्माण र समृद्धिका निम्ती आफु र माननीय देवेन्द्र पौडेलले सम्मोन्य र सहकार्य गरेर काम गर्ने बताउंदै आफुहरुसंग ज्ञमता, र भिजन भएको हुँदा सरकारमा रहेर जनताको काम गर्ने आफुहरुको चाहाना पुरा गरीदिन समेत अपिल गर्नुभयो ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता जिल्ला उपसभापती तारानाथ पौडेल, क्षेत्रीय सभापती जोकलाल बुढा, प्रदेश सभापती मेशलाल सर्मा नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश सदस्य प्रेम घर्तिमगर, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे , गण्डकी प्रदेश उपाध्यक्ष खिम विक्रम शाही लगाएत नेताको आतिथ्यता र मन्तव्य रहेको थियो ।
नेताहरुले वोल्दै देशलाई बचाउन, संविधानको रक्षा गर्न र देशलाई प्रतिगठनको दिशामा लैजाने नेकपा एमालेलाई परास्त गर्नका निम्ती साझा गठवन्धन भएको बताउँदै यस पटकको निर्वाचनमा कुनै अलमल नपरी गठवन्धनका साझा उमेद्वारलाई विजयी बनाउने अभियानमा होमीन आफना कार्यक्रतालाई नेताहरुले आग्रह गरेका हुन् ।