नेकपा एमालेको चुनावी अभियान तमानखोला गाउँपालिकामा

बुर्तिबाङ कात्तिक ६ गते
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश शभा निर्वाचनको तयारीमा जुटेका दल तथा स्वतन्त्र उमेद्वारले आफनो प्रचार प्रसार कार्यक्रमलाई व्यापक बनाउँदै लगेका छन ।
यस सन्दर्भमा नेकपा एमालले क्षेत्र नं. २ बागलुङले वडा स्तरमा जभेटघाट तथा चुनावी प्रचार प्रसारका कार्यक्रमलाई अगाडी बढाएको हो ।
निसीखोला गाउँपालिकाको सात वटै वडामा घरदैलो र जनभेटघाट कार्यक्रम अगाडी बढाएसंगै उमेद्वार सहितको टोलीले तमानखोला गाउँपालिकामा चुनावी अभियान अगाडी बढाएको तमानखोला गाउँपालिका १ वोङगादोभान बजारमा पालिका स्तरको चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेर साविक गाविस स्तरीय जभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम भइरहेको नेकपा एमाले ढोरपाटन नगर उपसम्योजक ज्ञानप्रसाद कंडेलले बताउनु भयो । साविक गाविस स्तरमा अभियान सञ्चालन गरीएको बताउँदै तमानखोला गाउँपालिकाका सवै क्षेत्रमा पुग्ने र ढोरपाटन नगरपालिकामा अभियान सुरु हुने कंडेलले बताउनु भयो
प्रतिनिधी सभाका उमेद्वार मन्जु सर्मा र प्रदेश सभा (ख) तर्फका उमेद्वार लक्ष्मण पुन , ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, नेकपा एमाले ढोरपाटन नगर अध्यक्ष गणेश कुमार थापा, उपाध्यक्ष ज्ञान प्रसाद कंडेल, लगाएतको टोलिद्धारा मतदातालाई भेट गर्दे नेकपा एमालेका उमेद्वारलाई मंसिर ४ को निर्वाचनमा मतदान गरी विजयी गराउन अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित